ट्रेंडिंग:

>> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे
रुपन्देही–३ उपनिर्वाचन

एमालेका उम्मेदवारको टुङ्गो लगाउने जिम्मा पदाधिकारीलाई

२७ श्रावण २०८२, मंगलवार
२७ श्रावण २०८२, मंगलवार

बुटवल, २७ साउन ।

नेकपा एमाले रुपन्देहीले क्षेत्र नं. ३ को आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको टुङ्गो लगाउन जिल्लाका पदाधिकारीलाई जिम्मा दिएको छ। यसअघि बसेको पार्टीको निर्वाचन क्षेत्र नं. ३ को बैठकले निर्वाचनका लागि ४ जना आकांक्षीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको थियो।

मङ्गलवार बुटवलमा बसेको जिल्ला सचिवालयको बैठकले निर्वाचनका लागि आकांक्षी बनेका ४ जना मध्येबाट उम्मेदवार सिफारिस गर्न पदाधिकारीलाई जिम्मेवारी दिएको हो। एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मीन प्रसाद पौडेलले जिल्ला सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिए अनुरूप पदाधिकारीले उम्मेदवारको नाम प्रदेश र केन्द्रीय कमिटीमा सिफारिस गर्ने जानकारी दिए।

‘‘सचिवालय र क्षेत्रीय कमिटीले जिम्मेवारी दिए अनुरूप सकेसम्म एकजनामा सहमति जुटाउने र त्यो हुन नसके सोही अनुसार निर्णय गरेर प्रदेश र केन्द्रीय कमिटीमा नाम सिफारिस गर्ने गरी पदाधिकारीलाई जिम्मेवारी दिइएको छ,’ पौडेलले भने।

२०७९ सालमा सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभा सदस्य निर्वाचित राप्रपाका दीपक बोहराको निधन भएपछि रुपन्देही क्षेत्र नं. ३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदै छ।

निर्वाचनका लागि एमालेले यसअघि नै क्षेत्रीय कमिटीलाई आकांक्षीहरूको नाम सिफारिस गर्न निर्देशन गरेको थियो। जिल्ला कमिटीको सोही निर्देशन अनुसार क्षेत्रीय कमिटीले आकांक्षीहरू पार्टीका पोलिटब्युरो सदस्य खिमलाल भट्टराई, सिद्धार्थनगर नगरपालिकाका पूर्व नगरप्रमुख हरि अधिकारी, यज्ञ जित शाह र शशि पौडेलको नाम सिफारिस गरेको थियो। निर्वाचनको लागि चार जनाले आकांक्षा व्यक्त गरेपछि पार्टीले सर्वसम्मत सिफारिस गर्न पार्टी भित्र छलफल चलाउन थालेको हो।

मङ्गलवार बसेको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार छनोटका लागि पहल गर्दै प्रदेश कमिटीमा सुझाव सहित २०८२ भाद्र १५ गते भित्र उम्मेदवारको सिफारिस गर्न जिल्लाका पदाधिकारीलाई अख्तियारी प्रदान गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पौडेलले जानकारी दिए। बैठकले उम्मेदवारको विषयसँगै पार्टीको आसन्न विधान महाधिवेशनमा प्रस्तुत हुने संशोधित विधान मस्यौदाको अध्ययन र छलफल गरी थप लिखित सुझाव दिने पनि निर्णय गरेको छ।

पार्टीका जिल्ला अध्यक्ष यज्ञ गैरेले बैठकमा प्रस्तुत गरेको विधान मस्यौदामाथि अध्ययन र व्यापक छलफल गरी आगामी भदौ ३ गते भित्र जिल्ला कमिटीको कार्यालयमा थप लिखित सुझाव पेस गर्न मातहतका कमिटिलाई निर्देशन गर्ने निर्णय पनि बैठकले गरेको छ।

बैठकमा पार्टीका पोलिटब्युरो सदस्य तथा जिल्ला इन्चार्ज लीला गिरि, नेताहरू दधिराम न्यौपाने, खिमलाल भट्टराई, शिवराज सुवेदी, सावित्रा अर्याल, गुमादेवी आचार्य, कमल गौतम, विष्णु पन्थी, राधाकृष्ण कँडेल लगायत जिल्ला कमिटीका उपाध्यक्ष हितराज पन्थी, सचिव चित्र बहादुर कार्कीलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?