ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

फिफा वरियतामा महिला खेलाडीको छलाङ

२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

फिफा महिला वरियतामा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १३ स्थान माथि उक्लँदै ८७ औँ स्थानमा पुगेको छ ।

यो नेपाली महिला टोलीले हासिल गरेको अहिलेसम्मकै उच्च वरियता हो । यसअघि नेपाल ९१ औँ स्थानसम्म पुगेको रेकर्ड थियो । यसअघि १०० औँ वरियतामा रहेको नेपाल यसअघिको अङ्कबाट ४६ दशमलव ४९ अङ्क बढेर नयाँ वरियतामा ८७ औँ स्थानमा पुगेको हो ।

महिला खेलाडीले समेत इतिहास कायम गर्न सक्छन् भन्ने कुरा यो प्रमाण हो । यसअघि गत वर्ष पहिलो पटक नेपालले भारतलाई महिला भलिबलमा हराएर ऐतिहासिक जीत हात पारेको थियो ।

यसका लागि नेपाली महिला टिम बधाईको पात्र बनेको छ । नेपाली महिला खेलाडी पनि अव विश्व स्तरका खेलमा अगाडी आउन सक्छन् र नेपालको नाम राख्न सक्छन् भन्ने नेपालको वरियताले पुष्टि गरेको छ ।

यद्यपि आइतबार भएको एएफसी यू–२० महिला एसियन कपमा छनोट हुन नेपाल असफल भएको छ । समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा उत्तर कोरियासँग ११–० गोलको फराकिलो हारसँगै छनोटबाट बाहिरिएको छ ।

यसले खेलमा जीतसंगै हारपनि स्वाभाविक हुन्छ र महिला खेलाडीहरूलाई अझै मेहनत गर्न बल प्रदान गर्ने विश्वास गरिएको छ । जेहोस नेपाली महिला खेलाडीहरूले फुटवल र भलिवलमा इतिहास रच्दै आएका छन् ।

यो नेपालका लागि गौरवको कुरा हो । नेपाली महिला खेलाडीले अन्तर्राष्ट्रिय खेल जगतमा नेपालको नाम राख्न सफल हुनु नेपालको लागि अत्यन्त महत्वपूर्ण कुरा हो । नेपाल सरकारले समेत नेपाली महिला टिमलाई बधाई दिएको छ ।

अव बधाईले मात्र पुग्दैन, नेपाली महिला खेलाडीले सघन जित हात पार्नु जरूरी छ । अझैपनि भारत नेपालभन्दा धेरै अघि छ । अव नेपालले भारतलाई फुटवलमा पराजित गर्न सक्यो भने नेपाली महिला टिम अझै सशक्त र दक्षिण एसियामा चम्किलो तारा बन्नेछ ।

आगामी दिनमा पनि सरकारले नेपाली महिला खेलाडीको उत्साह बढाउँदै खेलकै माध्यमबाट उनीहरूलाई आत्मनिर्भर बनाउनेतर्फ प्रयास गर्नु जरुरी छ । सरकारले महिला खेलाडीलाई थोरै मात्रै प्रोत्साहन गरेको अवस्थामा उनीहरू विश्व खेल क्षेत्रमा थप सिँढी उक्लिन सक्छन् भन्ने विश्व बरियताको पछिल्लो अवस्थाले प्रमाणित गरिसकेको छ ।

त्यसो त खेलकै माध्यमबाट जीवन निर्वाह गर्न ठूलो चुनौति छ । राष्ट्रिय खेलकुद परिषदले दिएको थोरै तलब र भत्ताले अहिलेको महंगी थेग्न सक्दैन । तसर्थ महिला खेलाडीलाई अव हौसला र प्रोत्साहनको खाँचो छ ।

पछिल्लो बरियताले नेपाली महिला खेलाडीले अवसर पाए अझै राम्रो गर्न सक्छन् भन्ने प्रमाणित भएको छ । यसअघि भएका प्रतियोगितामा पनि विषम परिस्थिति हुँदाहुँदै पनि नेपाली महिला खेलाडीले राम्रो प्रदर्शन गर्दै आएका छन् । चाहे त्यो फुटवलको कुरा होस या अरू खेल क्षेत्रको ।

जसरी नेपाली महिला क्रिकेट आज सफलताको बिन्दुमा उक्लिएको छ, त्यसैगरी भलिबल र फुटवलको क्षेत्रबाट पनि महिला खेलाडी अघि बढ्न सक्छन् । अव उनीहरूलाई प्रेरणा र प्रोत्साहनको आवश्यकता छ । अवको दिनमा खेल क्षेत्रको अगाडिको यात्रा अझ चुनौतीपूर्ण छ ।

सरकारले पनि महिला खेलाडीलाई प्रोत्साहन दिनैपर्दछ । अहिलेको सरकारका प्रधानमन्त्री केपी शर्मा ओली खेलका प्रशंसक हुनुहुन्छ । तसर्थ प्रधानमन्त्रीबाटै महिला खेलाडीले प्रोत्साहन पाउँछन भन्ने आशा एवं विश्वास गर्नु अन्यथा होइन ।

खेलाडीले हासिल गर्ने सफलतामा गौरव गर्न सम्बद्घ निकायले त्यस्तो वातावरण बनाउन सक्नुपर्छ । सरकारले बढाउने मनोबलले नै नेपालको खेल क्षेत्रको विकास संभव छ । अतः सरकारको होस्टेमा खेलाडीले हैसे गरेर नेपालको खेल क्षेत्रको विकासमा ऐक्यबद्धता प्रकट गर्न अव ढिलाई नगरौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?