ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

तरकारी बारीमा पसिना बगाउँदै वडाध्यक्षहरू, लाखौँको आम्दानी

२६ श्रावण २०८२, सोमबार
२६ श्रावण २०८२, सोमबार

सल्यान, २६ साउन ।

सल्यान कपुरकोट गाउँपालिकाका पाँच जना वडाध्यक्षहरूले व्यावसायिक रूपमा बेमौसमी जातको तरकारी तथा फलफूल खेती गर्दै आएका छन् ।

जनसेवा तथा विकास निर्माणका कामसँगै व्यावसायिक तरकारी खेतीबाट उनीहरूले मनग्ये आम्दानी गर्दै अरू किसानहरूको समेत प्रेरणा बनेका हुन् ।

वडा नं. १ का वडाध्यक्ष बालाराम खड्काले आफ्नो माथिल्लो बारीको आठ रोपनी र तल्लो बारीको चार रोपनी गरेर जम्मा १२ रोपनी क्षेत्रफलमा बेमौसमी ताजा तरकारी खेती गरेका छन् । “दुई–चार रोपनीबाट सुरु गरेको हुँ ।

अहिले तरकारी खेतीलाई बिस्तार गर्दै लगेको छु”, उनले भने, “तरकारी बिक्रीबाट मूल्य राम्रो भएको सिजनमा ११ लाखसम्म र भनेजस्तो भाउ गएन भने सात लाखसम्म आम्दानी हुन्छ ।” वडा कार्यालय तथा नागरिक सेवाको काम बाहेक तरकारी बारीमा बिहान बेलुकी दुई-दुई घण्टा काम गर्ने गरेको खड्काको भनाइ छ ।

अरू तीन जनाले पनि वडाध्यक्षको तरकारी बारीमा दैनिक रोजगारी पाएका छन् ।कपुरकोट गाउँपालिकाका वडाध्यक्षहरू गाउँ विकासका योजना मात्र होइन आफ्नै पाखो बारीमा व्यावसायिक तरकारी खेतीमा समेत व्यस्त छन् ।

गाउँपालिकाका ६ वटा वडामध्ये ५ वडाध्यक्षहरू आफैँ खेतबारीमा पसिना बगाउँदै गाउँमा आत्मनिर्भर कृषि अभ्यासको उदाहरण बन्न थालेका छन् । वडा नं. ४ का वडा अध्यक्ष मित्र कठायतले पनि विगत १० वर्षदेखि तरकारी खेती गर्दै आएका छन् ।

“मैले करिब करिब ८ रोपनी जग्गामा खेती गर्दै आयको छु । विशेषगरि काउली, बन्दा, टमाटर, खुर्सानी खेती गरिन्छ”, उनले भने, “वार्षिक ५ लाख सम्म आम्दानी हुन्छ । वैशाख महिनादेखि मङ्सिर सम्म बेमौसमी तरकारी लगाउँछौँ ।”

जनप्रतिनिधिहरू आफैँ खेतबारीमा लागेपछि गाउँका अन्य किसानहरूलाई पनि व्यावसायिक खेतीतर्फ प्रेरणा मिलेको पाइएको छ । कपुरकोट–२ का वडाध्यक्ष ईश्वर बुढाले आफ्नो ठाउँको माटोको विशेषता नै तरकारी खेती फस्टाउने भएकाले व्यावसायिक रूपमा लागेको बताए ।

“शनिबार र सार्वजनिक बिदाको दिनमा नागरिकका काम नपरेको बेला मैले तरकारी बारीमा पुरै दिन काम गर्छु ”, उनले भने, “अरू दिनमा साँझ बिहान खेतीका लागि समय दिन्छु । वार्षिक छ लाखसम्म आम्दानी हुन्छ ।”

वडा नम्बर ३ का अध्यक्ष प्रदीप खड्का, वडा नं. ५ का वडाध्यक्ष होमराज खड्का पनि व्यावसायिक रूपमा तरकारी खेतीमा व्यस्त छन् । बेमौसमी तरकारी खेतीका लागि देशमै प्रख्यात कपुरकोट क्षेत्रमा जनप्रतिनिधिहरूसँगै अन्य किसानहरूले समेत मनग्ये आम्दानी गर्दै आएका छन् ।

“हाम्रो क्षेत्रमा २०६०–०६१ देखि नै तरकारी खेती सुरु भएको हो”, वडा नं. ५ का वडाध्यक्ष खड्काले भने, “मैले पनि नौ रोपनीमा खेती गरेको छु । कहिलेकाहीँ भाउ नजाँदा समस्या हुन्छ । नत्र भने सात लाखसम्म बचत हुने गरेको छ ।”

वडा नं. ३ का अध्यक्ष प्रदीपले पनि टनेलमा तरकारी खेती गर्दै आएका छन् । “चार वटा टनेल र टनेल बाहिर पनि काँक्रा, काउली लगायतका तरकारीहरू फलाउने गरेका छौँ । विशेष गरेर २०५२ सालदेखि खेती सुरु गरेका हौँ”, उनले भने ।

परम्परागत कृषिलाई व्यवसायीक रूप दिँदै कपुरकोट क्षेत्रका वडा अध्यक्षहरू र अरू किसानहरू कृषि प्रवर्द्धनमा जुटेको देख्न सकिन्छ ।
वडाध्यक्षको अग्रसरताले किसानहरूमा आत्मविश्वास बढेको छ ।

यस्ता प्रयासका कारण विदेश गएका केही युवा पनि गाउँ फर्केर व्यावसायिक खेतीमा लाग्ने गरेका छन् । कपुरकोट गाउँपालिकाले पनि व्यावसायिक खेतीलाई प्राथमिकता दिँदै सोही अनुसारको नीति तथा कार्यक्रम लागू गरेको छ ।

वि.सं. २०४७ सालदेखि नै बेमौसमी ताजा तरकारी एवं फलफूल खेती हुँदै आएको कपुरकोट क्षेत्रमा हाल आएर करिब तीन हजार घरधुरीका किसानले व्यावसायिक रूपमा खेती गर्दै आएको कृषि उपज बजार केन्द्र कपुरकोटले जनाएको छ ।

देशकै ठुला तरकारी बजारहरू मध्ये पर्ने कपुरकोट तरकारी हाटबजारमा ताजा तरकारी र फलफूल खरिदका लागि विभिन्न सहर बजारबाट व्यापारीहरू आउने गर्दछन् ।

कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारी बजार लाग्ने गर्दछ भने गाउँपालिकाकै सितलबजार र बगालेमा पनि अन्य बारमा बजार लाग्ने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?