© २०२३
काठमाडौँ, २६ साउन ।
नेपाली बजारमा आज सुनको भाउ एकैदिन एक हजार एक सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज छापावाला सुन तोलाको १ लाख ९८ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो सुनको भाउ तोलाको १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यसअघि, यही साउन २० गते सुनको मूल्य १ लाख ९८ हजार ५ सय रुपैयाँमा झरेको थियो।
सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। महासङ्घका अनुसार, चाँदीको मूल्य आज १५ रुपैयाँले घटेर तोलाको २ हजार ३१५ रुपैयाँमा पुगेको छ। हिजो चाँदीको मूल्य २ हजार ३३० रुपैयाँ थियो।
पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा देखिएको उतारचढाव र डलरको भाउमा आएको परिवर्तनका कारण सुनचाँदीको मूल्यमा चाप परेको व्यवसायीहरू बताउँछन्।