© २०२३
काठमाडौं, २६ साउन ।
गाजा शहरको अल शिफा अस्पताल नजिकै इजरायली हमलामा अल जजीराका पाँच पत्रकार मारिएका छन् ।
संवाददाता अनस अल शरीफ र मोहम्मद क्रेइकेह, क्यामेरामेन इब्राहिम जाहेर, मोहम्मद नौफल र मोमेन अलिवा अस्पतालको मुख्य गेटमा पत्रकारहरूका लागि बनाइएको टेन्टमा बसिरहेका बेला इजरायली आक्रणमा पाँच जना पत्रकार मारिएको बीबीसीले जनाएको छ ।
अल जजीराका अनुसार आइतवारको ‘लक्षित हत्या’ अझै पनि प्रेस स्वतन्त्रतामा अर्को निर्लज्ज र पूर्वनियोजित हमला हो ।
पत्रकार शरिफले गाजा शहरभित्र तीव्र इजरायली बमबारी भइरहेको रिपोर्टिङ गरिरहेको भिडियो सार्वजनिक भएका छन् ।
कमिटी टू प्रोटेक्ट जर्नलिस्ट्सका अनुसार सन् २०२३ मा गाजामा इजरायलको सैन्य कारबाही शुरू भएयता १ सय ८६ पत्रकारहरू को ज्यान गइसकेको छ ।