© २०२३
रुपन्देही, २६ साउन ।
सुप्रिम सहकारी ठगी सम्बन्धी मुद्दामा संलग्न रहेको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेले दायर गरेको थुनामुक्तिको माग सम्बन्धी बहस सकिएको छ ।
रुपन्देही जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासमा सोमबार भएको बहसमा लामिछानेका कानुनी प्रतिनिधिले बिगो बराबरको बैंक ग्यारेन्टी बुझाइसकेको भन्दै उनलाई मुद्दाबाट छुटकारा दिलाई थुनामुक्त गर्न आग्रह गरेका थिए ।
सुनुवाइपछि अब अदालतले आज आदेश सुनाउने तयारी गरेको छ । आदेशबाट लामिछानेलाई बिगो बुझाएकै आधारमा मुद्दाबाट छुटाइने वा नछुटाइने भन्ने टुंगो लाग्नेछ ।
लामिछानेमाथि सुप्रिम सहकारी प्रकरणमा ठगी र संगठित अपराध सम्बन्धी आरोप लाग्दै आएको छ। उनले बिगो वापत ३ जनाको नाममा २ करोड ७४ लाख ८४ हजार रुपैयाँको बैंक जमानत पेश गरेका छन् ।
यदि अदालतले लामिछानेको पक्षमा निर्णय दियो भने संगठित अपराध अन्तर्गतको थुनावन्धनबाट मुक्त हुने सम्भावना रहनेछ । यद्यपि, संगठित अपराध सम्बन्धी मुद्दामा छुट्टै कानुनी प्रक्रिया अघि बढ्ने सम्भावना अझै बाँकी नै छ । अब अदालतको आदेशले लामिछानेको राजनीतिक र कानुनी यात्राको अर्को मोड तोक्नेछ ।