ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रक्तदानमार्फत युवामा सामाजिक जिम्मेवारीको सन्देश

२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

बुटवल, २५ साउन ।

एक कार्यक्रममा वक्ताहरूले सभ्य र मर्यादित समाज निर्माणमा युवाहरूको भूमिका अत्यन्त महत्वपूर्ण हुनेमा जोड दिएका छन्। उनीहरूले राजनीतिक, सामाजिक र आर्थिक सबै क्षेत्रमा युवाको अग्रसरता आवश्यक रहेको उल्लेख गर्दै समाज रूपान्तरणमा गम्भीर रूपमा लाग्न आग्रह गरे।

नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका अनुसार हाल अस्पतालमा बिरामीका लागि रगतको अभाव देखिएको छ। यस समस्याको समाधानका लागि विभिन्न संघ–संस्था र कार्यालयहरूले नियमित रक्तदान अभियान सञ्चालन गर्दै आएका छन्। सोही क्रममा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेसको २२औँ वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व स्वरूप बुटवलमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो।

कार्यक्रम संयोजक अभ्युदय ढकालका अनुसार अस्पताल र रक्त संचार सेवा केन्द्रमा रगतको अभाव हुन नदिने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा ४३ युनिट रगत संकलन भएको छ। नेपाल नियमित रक्तदाता संघ र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा बुटवल शाखाले राजमार्ग चौराहामा कार्यक्रम सम्पन्न गरेको हो।

बुटवल उपमहानगरपालिका–९ का वडाध्यक्ष प्रदीप कुमार श्रेष्ठले रक्तदानको महत्वबारे प्रकाश पार्दै यस्ता सामाजिक अभियानमा स्थानीय समुदायको सक्रिय सहभागिता अपरिहार्य रहेको बताए।

ईलाका प्रहरी कार्यालयका प्रमुख, प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाले युवाहरूलाई व्यक्तित्व विकास, सामाजिक उत्तरदायित्व तथा सभ्य, व्यवस्थित र सुसंस्कृत समाज निर्माणमा अग्रसर हुनुपर्ने आवश्यकता औंल्याए। उनले शान्ति–सुरक्षा कायम गर्न खटिएका प्रहरीलाई सहयोग गर्नु पनि नागरिकको महत्वपूर्ण दायित्व भएको स्मरण गराउँदै, युवावर्गले अब गम्भीर रूपमा समाजको रूपान्तरणबारे सोच्नुपर्ने समय आएको बताए।

संस्थाका प्रमुख शंकर सापकोटाले विगतका वर्षझैँ यस वर्ष पनि सरसफाइ, हरियाली प्रवर्द्धन र रक्तदानजस्ता सामाजिक गतिविधिलाई निरन्तरता दिइएको उल्लेख गरे। संयोजक ढकालका अनुसार रक्तदान केवल रगत संकलनका लागि मात्र नभई रक्तदातामा जनचेतना अभिवृद्धि गर्ने, युवामा सामाजिक जिम्मेवारीको भावना विकास गर्ने र “रक्तदान नै जीवनदान हो” भन्ने सन्देश फैलाउने उद्देश्यले आयोजना गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?