ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

सर्वोच्च अदालतको फैसला : ऋण हिसाबका लागि ठोस कानुनी आधार बिना अदालत जान मिल्दैन

२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

काठमाडौँ  ।

सर्वोच्च अदालतले ऋणीले “हर हिसाब गराइपाऊँ” भन्ने मागका आधारमा अदालतमा उजुरी दर्ता गर्न नमिल्ने ठहर गर्दै एक महत्वपूर्ण फैसला गरेको छ । काठमाडौँ टोखा नगरपालिका–७ की उषा श्रेष्ठ र भीष्मभूषण श्रेष्ठले एल्पिक एभरेस्ट फाइनान्स लिमिटेड (हाल सिनर्जी फाइनान्स लिमिटेड) विरुद्ध दिएको पुनरावेदन र रिट निवेदन सर्वोच्चले खारेज गरेको हो ।

श्रेष्ठ दम्पतीले ऋण लिँदा धितोमा राखिएको जग्गा फाइनान्सले आफूलाई जानकारी नदिई साकार गरेको भन्दै, सम्पूर्ण ऋणको हिसाब गरेर मिलान गराइदिनुपर्ने मागसहित अदालतमा निवेदन दिएका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको संयुक्त इजलासले स्पष्ट कानुनी आधार नहुँदा यस्तो माग दर्ता हुन नसक्ने ठहर गरेको हो ।

अदालतले ऋणीले लिएको ऋणको हिसाबकिताब गर्ने अधिकार सम्बन्धित बैंक वा वित्तीय संस्थामै सीमित रहने र अदालतको क्षेत्राधिकारबाहिर पर्ने टिप्पणी गर्दै भनेको छ, “साफ नियतका आधारमा मात्र कुनै दाबी गर्न मिल्दैन; कानुनले स्पष्ट व्यवस्था नगरेका विषयमा अदालतले हस्तक्षेप गर्नु औचित्यहीन हुन्छ।”

नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ७९ र बैंक तथा वित्तीय संस्था ऐन, २०७३ को दफा १३१ मा बैंक तथा वित्तीय संस्थाको नियमन, सुपरिवेक्षण, लेखा परीक्षण तथा निर्देशन दिने जिम्मेवारी राष्ट्र बैंकलाई दिइएको स्पष्ट गर्दै, अदालतले लेखा मिलानको दाबी पनि सोही निकायमार्फत हेर्नुपर्ने उल्लेख गरेको छ।

श्रेष्ठ दम्पतीले फाइनान्सबाट लिएको एक करोड रुपैयाँ ऋणमध्ये ८० लाख लिएका थिए। सो रकम अपुग भएपछि उनीहरूले थप रकम फाइनान्समा बुझाएको दाबी गरे पनि बाँकी २ लाख ७५ हजार रुपैयाँ जग्गा फुकुवा भएपछि मात्र बुझाउने शर्तमा रोकिएको बताएका छन्। तर, फाइनान्सले रकम चुक्ता नभएको भन्दै सूचना प्रकाशित गरी धितो लिलामीमा लगेको थियो।

लिलामीपछि जग्गा साकार भइ नामसारी प्रक्रिया पूरा भएपछि श्रेष्ठ दम्पतीले अदालतमा “ऋणको हिसाब गराइपाऊँ” भनी मुद्दा दायर गरेका थिए। तर, जिल्ला अदालत र उच्च अदालत दुबैले सो निवेदन खारेज गरेपछि उनीहरू सर्वोच्च अदालत पुगेका थिए।

सर्वोच्चको यो फैसला वित्तीय विवाद र अदालतको अधिकार क्षेत्रबीचको सीमा स्पष्ट पार्ने दृष्टिकोणले महत्त्वपूर्ण मानिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?