© २०२३
काठमाडौँ ।
केही दिनअघि कीर्तिमान स्तरमा पुगेको सुनको भाउ आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेर १,९९,२०० रुपैयाँमा झरेको छ ।अस्ति शुक्रबार सुनको भाउ १,९९,४०० रुपैयाँ पुग्दै हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। त्यसको दुई दिनपछि आज मूल्यमा गिरावट आएको हो ।
यता, चाँदीको भाउ भने सामान्य रूपमा वृद्धि भएको छ। आज चाँदी पाँच रुपैयाँले बढेर तोलामा २,३३० रुपैयाँमा कारोबार भइरहेको छ। अस्ति चाँदीको मूल्य २,३२५ रुपैयाँ थियो । सुन घटेको र चाँदी बढेको यो मूल्य चलनलाई व्यवसायीहरूले बजारको सामान्य समायोजन प्रक्रिया मानिरहेका छन्।