© २०२३
बर्दिया, २५ साउन ।
बढैयाताल राहत शिक्षक समितिको आयोजनामा राहत शिक्षकहरूले आइतबार बढैयाताल गाउँपालिकाको मुख्य गेटमा विरोध सभा गरेका छन् । केन्द्रीय शिक्षा समितिले राहत शिक्षकका मागप्रति बेवास्ता गरेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् ।
नेपाल राहत शिक्षक केन्द्रीय समितिको सर्कुलर अनुसार आयोजना गरिएको विरोध कार्यक्रममा समितिका अध्यक्ष अजय शर्माले सरकारले विगतमा भएका सहमतिबाट राहत शिक्षकलाई छुटाउन खोजेको आरोप लगाए ।
उनले सरकारले ल्याउन लागेको शिक्षा विधेयकमा राहत शिक्षकको व्यवस्थापनसम्बन्धी कुनै स्पष्ट प्रावधान नरहेको र राहत शिक्षकलाई अपमानित गर्दै हटाउन खोजिएको भन्दै असन्तोष व्यक्त गरेका छन् ।समितिका कोषाध्यक्ष सूर्य प्रसाद भट्टराईले नेपाल सरकार, शिक्षा मन्त्रालय र शिक्षा समितिले माग सम्बोधन नगरे कडा भन्दा कडा आन्दोलन गर्न बाध्य हुने चेतावनी दिए ।