ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

डा. रानाको पहलमा हङकङबासीबाट २० थान ह्विलचेयर हस्तान्तरण

२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

बुटवल, २५ साउन

बुटवल सेरोफेरो हङकङका आजीवन सदस्यहरूको सहयोगमा रुपन्देहीका विभिन्न स्वास्थ्य संस्थामा २० थान ह्विलचेयर वितरण गरिएको छ। लुम्बिनी प्रादेशिक अस्पताल, देवदह नगर अस्पताल, केरवानी स्वास्थ्य चौकी र सिक्टहन स्वास्थ्य चौकीलाई गरी करिब साढे चार लाख रुपैयाँ बराबरका ह्विलचेयर हस्तान्तरण गरिएको हो।

आईतबार आयोजित एक कार्यक्रममा डा. नेत्र रानाले लुम्बिनी प्रादेशिक अस्पतालको आपतकालीन विभागका इञ्चार्ज रामु अर्याल, विभागीय प्रमुख डा. सुनिल सुनार र फिजियोथेरापी विभागका इञ्चार्ज अरुण ठाकुरलाई ह्विलचेयर हस्तान्तरण गरे।

“विदेशमा भए पनि आफ्नै देश र समुदायप्रति सहयोग गर्ने भावना देखिएको छ, यो महत्वपूर्ण कार्य हो,” आपतकालीन विभागका इञ्चार्ज रामु अर्यालले भने।

डा. रानाका अनुसार लुम्बिनी प्रादेशिक अस्पताललाई १५, देवदह नगर अस्पताललाई २, केरवानी स्वास्थ्य चौकीलाई १, सिक्टहन स्वास्थ्य चौकीलाई १ र अर्घाखाँचीका एक अपांगता भएका व्यक्तिलाई १ थान ह्विलचेयर प्रदान गरिएको हो। उनले यो पहल अस्पतालमा सेवाग्राहीलाई सहज हुने सामग्री उपलब्ध गराउने उद्देश्यले गरिएको बताए।

बुटवल सेरोफेरो हङकङका आजीवन सदस्य तथा संस्कृति ज्वेलर्स हङकङका सञ्चालक प्रकाश थापाबाट १०, बाबुराम क्षेत्रीबाट ५ र राना परिवारबाट ५ थान ह्विलचेयर सहयोग प्राप्त भएको उनले जानकारी दिए।

उनका अनुसार आगामी दिनमा अझ ठूलो सहयोगका लागि पनि पहल भइरहेको छ। साथै, प्रादेशिक अस्पतालको कुरुवा भवनमा गर्मीका कारण हुने असुविधा कम गर्न एसी जडानको समेत पहल भइरहेको उनले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?