ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

डिङ्गरनगर सहकारी ठगीमा अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध किटानी जाहेरी : फरार हुनुमा राजनीतिक संरक्षणको आशंका

३४ करोड ऋण प्रवाह गर्दा ९ करोडको सम्पत्ति रोक्का
२५ श्रावण २०८२, आइतबार
२५ श्रावण २०८२, आइतबार

बुटवल, २५ साउन ।

रुपन्देहीको तिलोत्तमास्थित डिंगरनगर दूरगामी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, सचिव र व्यवस्थापकविरुद्ध सहकारी ठगीको आरोपमा किटानी जाहेरी परेको छ ।

सहकारीका बचतकर्ताहरुद्वारा गठित छानविन व्यवस्थापन र समन्वय समितिको तर्फबाट इलाका प्रहरी कार्यालय बुटवलमा तीनजनाविरुद्ध किटानी जाहेरी परेको हो । सहकारीका अध्यक्ष घनश्याम तिवारी, सचिव रामबहादुर थापा र व्यवस्थापक वसन्त पराजुलीविरुद्ध किटानी शुक्रबारै किटानी जाहेरी परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताए ।

“किटानी जाहेरी परेसँगै अव अनुसनधान अगाडि बढ्छ, अनुसन्धान टुंगिएपछि अभियोजन गर्छौं”–डिएसपी रानाले बुटवल टुडेसँग भने । यसअघि पनि बचतकर्ताले उनीहरुविरुद्ध छानविनको माग गर्दै उजुरी दिएका थिए । अहिलेको उजुरी सहकारी ठगीमा आएकाले अव यसै अनुसार कारवाही अगाडि बढाइने उनले बताए ।

व्यवस्थापक वसन्त पराजुली एक साता प्रहरीको हिरासत बसेर छुटिसकेका छन् भने अध्यक्ष र सचिव विरुद्ध पनि रुपन्देही जिल्ला अदालतले दुई साता अघि नै पक्राउ पुर्जी जारी गरेको थियो । तर उनीहरु अहिलेसम्म पक्राउ नपर्दा बचतकर्ताले राजनीतिक संरक्षणको आशंका गरेका छन् ।

“करोडौं रकम ठगी हुँदा पनि पक्राउ गरेर अनुसन्धानमा नल्याइनु राजनीतिक संरक्षण नभै अरु होइन, दलीय आडमा सहकारी ठगी गर्नेलाई जोगाउने षडयन्त्र भैरहेको छ”–समन्वय समितिका एकजना सदस्यले भने । सहकारीका अध्यक्ष तिवारी र सचिव थापा स्थानीय काँग्रेस नेता हुन् । काँग्रेस नेता भएकैले जोगाउने षडयन्त्र गरिएको बचतकर्ताको आरोप छ ।

उक्त सहकारीबाट १२ करोड हिनामिना र २५ करोड रुपियाँ अपचलन भएको पुष्टी भएको छ । त्यस्तै सहकारीमा नीतिगत अपचलन भने करिव ८५ करोड भएको अडिट रिपोर्टले देखिएको छ ।

सहकारीमा अपचलन भएपछि यसको सत्यतथ्य पत्ता लगाउन ७ जना स्वतन्त्र लेखापरीक्षकहरु खटिएका थिए । उनीहरुले अन्तिम रिपोर्ट तयार गर्दै छानविन विशेष समितिलाई बुझाएको १० दिन नाघिसकेको छ । समितिले उक्त अडिट रिपोर्ट सोही दिन प्रदेश सहकारी रजिष्टार कार्यालयमा बुझाएको थियो ।

अडिट रिपोर्ट अनुसार सहकारीले विभिन्न व्यक्तिका नाममा ३४ करोड ७ लाख ५५ हजार ८१४ रुपियाँ गैरकानुनी  ऋण प्रवाह गर्दा ९ करोड २८ लाख ३० हजार बरारबरको मात्र धितो राखेको छ । यस हिसावले सहकारीको कुल  ऋणमध्ये २१ करोड ७४ लाख ६६ हजार ५४९ रुपियाँ जोखिममा छ ।

त्यस्तै व्यवस्थापक वसन्त पराजुलीले ४ करोड ७० लाख ७६ हजार १२१ रुपियाँ अनियमितता गरेको अडिट रिपोर्टले औंल्याएको छ । पराजुलीसँग उक्त रकमको व्याजसहित ४ करोड ८० लाख ९७ हजार असुल्नुपर्ने देखिएको पनि अडिट रिपोर्टमा उल्लेख छ ।

त्यस्तै सञ्चालक समितिले ८ करोड २७ लाख ३१ हजार ४७६ रुपियाँ अनियमितता गरेको र उक्त रकम समितिले जिम्मा लिनुपर्ने सुझाव पनि अडिट रिपोर्टमा दिइएको छ ।

सहकारीका अध्यक्ष घनश्याम तिवारी र सचिव रामबहादुर थापा क्षेत्री लामो समयदेखि फरार रहेकाले बचतकर्ताहरु अन्यौलमा परेका छन् । उनीहरुले आफूहरुको बचत फिर्ता गर्न माग गर्दै दिनहुँ बैठक र छलफल गरिरहेका छन् ।

यस प्रकरणबारे जानकारीका लागि प्रदेश राजधानीमा रहेको सहकारी दर्ता अधिकारीको कार्यालयका कोही पनि सम्पर्कमा आउन चाहँदैनन् । यसविषयमा आवश्यक जानकारीका लागि सम्पर्क गर्न खोज्दा सहकारी दर्ता अधिकारीको कार्यालयका प्रमुख सुरेशचन्द्र आचार्य र वरिष्ठ अधिकृत बाबुराम पन्थी दुवैले फोन उठाएनन् । यसले सहकारी दर्ता अधिकारीको कार्यालय पनि राजनीतिक दवावमा परेको आशंका गर्नेहरुलाई बल पुगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?