ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

उनी साँच्चै नै स्वर्गकी परी थिइन……..

२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

हामी यो युगमा छौं जहाँ प्रेमलाई लात हान्नेहरू प्रेमका सबैभन्दा ठूला ठेकेदार बनेका छन् । प्रेम बाँड्न हिडेकाहरू धर्तीभर जेल र मसानघाट बनाएर मान्छेको जिन्दगीलाई मृत्यु अघि र पछि पनि आफ्नै कब्जामा राख्न् बल गर्छन् ।

यहाँ प्रेमको नकाब लगाएर कसैको विश्वासमा छुरा चलाउनेहरू, आफन्तको बदनाम गराउन तरिका खोज्नेहरू, बदलाको भावना पाल्नेहरू, ओठको मुस्कान खोस्नेहरू तमाम् भेटिन्छन् । हाम्रो पूर्वीय परम्परामा सुखान्त सँधै प्रिय लाग्छ तर वास्तविकता भने दुखान्तको हो । तर बिडम्वना ! हामी बाँच्न सिक्दासिक्दै मर्छौं र कोही बाँच्न नपाइकनै मर्छौं ।

कुरा २०८२ साल वैशाख ३१ गते बुधवारको हो । मन्त्रालयको आयोजनामा भएको पाल्पा र गुल्मीको कार्यक्रम सम्पन्न पश्चा्त घर पुगी आएको थिएँ । ड्युटी त बिहीवारदेखि थियो तर टाढा भएकोले बुधवार नै फर्केको थिएँ ।

पाल्पा बुटवल चल्ने लोकल बस त्यसमा पनि पुरानो गाडी, अप्ठेरो र बिग्रिएको बाटोमा धुवाँ र धुलो उडाउदै कछुवाको गतिमा ३ बजे बुटवलको पुष्पलाल चोकमा पुगें । तराइको उखरमाउलो गर्मीमा पसिना चुहाउँदै कुनै वैदेशिक यात्राको प्लेन छुट्न लागेजस्तै गरी हतारिएर पुरानो बसपार्क हुदै तिनाउ पुलतिर लागेँ ।

जहाँ नारायणगढ–बुटवल–दाङ–तुल्सीपुर लेखिएको लु २ ख २३७ नम्बरको बस नेपालगञ्ज रोडको तिनाउ पुलमा यात्रुको प्रतिक्षामा थियो । म पनि त्यही बसमा ०३ः२५ बजे दाङको लागि चढें । गाडीमा प्रवेशसँगै एक्कासी एउटी साह्रै रामी महिलातिर मेरो नजर गयो ।

उमेरमा त्यस्तै ३०–३५ वर्षकी जस्ती देखिन्थिन् । हेर्दा लाहुरे वा कुनै सम्पन्नशाली परिवारकी सदस्य जस्तो लाग्थ्यो । वास्तवमा त्यत्तिकी राम्री मान्छे त आजसम्म मैले कहिल्यै देखेको थिइन । हेर्दा मंगोलियन मूलको जस्ती लाग्ने, गोरी, हाइट, रूप, जिउडाल सबै मिलेका ३२ लक्षणकी नभएर १०० लक्षणले सुसञ्जित थिइन् ।

औधी राम्री मानौं स्वर्गकी अप्सरा र धरतीको परी (रानी) जस्ती । साइड बि को ६ नं. सिटमा उनी बसेकी थिइन् भने साइड ए को ४ नं. सिटमा म बसेको थिएँ । मसँग घोराहीका दिनेश बस्नेत भाई बसेका थिए । कामका सिलसिलामा बुटवल गएर फर्केका रहेछन् ।

उनले पनि गाडीमा रहुन्जेल तिनीको निकै प्रशंसा गरे साथै अन्य यात्रुहरूको नजर पनि उनीमा खुबै थियो । सायद त्यो दिनको बहुमूल्य हिरा थिइन् उनी । फूलले सुगन्ध छरेजस्तै छरिरहेकी थिइन् । फूलको सुवासमा भमराहरूको आकर्षण हुनु स्वभाविकै थियो ।

मरुभूमिको लाभा भरिएको तातो जमिनमा एउटा सानो बिरुवाको आसजस्तै थिइन् उनी । उनको उपस्थितिले मात्र पनि जस्तोसुकै कठिन परिस्थितिसँग लड्न सिकाउने शाहस दिलाउँथ्यो । कहाँकी हुन् र कहाँ जाने हुन् त्यो त थाहा थिएन तर उनीले मेरो मात्र नभएर सबैको सम्पूर्ण ध्यान खिचिन् । उनीसँगै अन्दाजी ६०/६५ वर्षकी एउटी महिला बसेकी थिइन् ।

मेरो अनुमानमा शायद उनीको आमा थिइन् होला । बिच–बिचमा गाडी रोक्दा कुनै बहाना बनाएर परिचय गरौं जस्तो लाग्थ्यो तर कसरी बोलाउनु मेरो हिम्मत र शाहस जुटेन । मौका छोपी उनीलाई झुल्क्याउनु बाहेक मसँग कुनै विकल्प थिएन ।

एकपटक भने कसो गर्दा हाम्रो नजर जुधेको थियो । एकछिन तिनका लोलाएका आँखामा हराएँ अनि शब्दको माध्यमद्वारा मैले आफ्नो शाश्वत प्रेम पस्कने चेष्टा गरिरहेको थिएँ तर सकिन । उमेरसँगै सौन्दर्य सधै उस्तै रहँदैन, यो ध्रुवसत्य हो ।

यही यथार्थ बोध गरेर उनीले आफूमा आन्तरिक सौन्दर्य विकसित गरेकी थिइन् होला । तिनको प्रशंसा जति गरे पनि कम हुन्छ । बेला–बेलामा आमासँग कुरा गर्दा उनको मुहारमा पोखिएको प्रेम र सन्तोषको आभा नजिकैबाट देख्न पाएको थिएँ ।

यात्रामा म उनीलाई देखेर नतमस्तक थिए, कहिलेकाँही के–के सम्झेर कल्पनामा हराउँथे र भावनामा डुब्थे । फेरि झल्यास्स ब्युझिएर आफै समालिन्थे । गाडीमा प्रसिद्ध गायक राजु लामाको पर्खाइमा भिज्यो सिरानी भन्ने गीत मन्द स्वरमा बजिरहेको थियो ।

जसले मेरो मनलाई थप दबाब दिन्थ्यो । शायद उनीसँग मेरो एकतर्फी प्रेम बसेछ क्यारे ! त्यसैले तिनका आँखामा प्रेम छल्किएको देख्छु र धन्य हुन्छु । मानिसहरू फरक आस्था र विचारका कारण विभाजित छन्, केवल प्रेमले सबैलाई जोडेको हुन्छ ।

तर म उनीलाई देखेपछि आफैसँग रमाएको छु र भिडभित्रको एकान्तमा मुस्कुराएको छु । घरको छतमा एक्लै बस्दा निलो आकाशमा ताराहरूलाई आपसमा जोडेर उनको आकृति बनाएको छु र आकृतिमा मैले जुनबाट भन्दा बढी शीतलता पाएको छु । आजभोलि मलाई डायरीका हरेक अक्षर उनीजति नै खास लाग्छन् ।

गाडीमा यात्रा गर्दा प्रायः टाउको दुखेर साह्रै तनाब हुन्थ्यो । बाइक नलगेर धेरै समस्या भयो, एक ठाउँबाट अर्को ठाउँमा जान नपाउनु, बस र जिप कुर्दा २÷३ घण्टा व्यर्थमा समय खर्च हुनु । जति टाढा भएपनि प्रायः बाइकमा यात्रा गर्न रुचाउने म यसपाली भने बसको यात्रा गर्ने निधो गरेँ ।

सायद उनीलाई भेट्नु रहेछ क्यारे । यात्रा गर्दा १ घण्टाको बाटो ५ घण्टाजस्तो लाग्ने तर त्यो दिन ४ घण्टाको समय केही पल जस्तो लाग्यो । धेरै फरासिला सवारी चालक (गुरुजी) हेमन्त पोखरेल र उत्तिकै टाठा र बाठा कन्टेक्टर (सहचालक) सन्तोष यादव थिए । गाडीले गति बढाइरहेको छ, सदा बाहिरको प्रकृतिमा हराउने मान्छे आज भित्रै हराइरहेको र रमाइरहेको छु ।

यात्रामा मैले आफूलाई विश्वास नलाग्ने भगवानको पूजा र प्रार्थना गरेको थिए । किन थाहा छ ? उनी मभन्दा पहिला गाडीबाट नओर्लिउन् भनेर । संयोगले उनीभन्दा पहिला नै म ओर्लिए । प्रदेश राजधानी परिसरमा ०७ः१५ मा पुगेको थाहै पाएन । आजसम्म पनि मलाई एउटा प्रश्नले कौतुहलता जन्माइरहन्छ । उनी लमही, घोराही, तुल्सीपुर कहाँ झरिहोलिन् भनेर ।

खासमा तिमीले मलाई सम्झिनुपर्ने कुनै कारण छैन । हाम्रो न कर्म चल्छ, न धर्म । न चुल्हो बल्छ, न घर चल्छ । तर पनि तिमीले मेरो मन जित्यौ । आज तिमी मेरो बारेमा के सोचिरहेको छ्यौ, त्यो त मलाई थाहा छैन । तर एउटा कुरा भने पक्का छ, तिम्रा सुन्दर आकृति मसँग जोडिएका छन् ।

कता–कता तिमी मभित्र हराएकी छ्यौं । कविता र जिन्दगी फरक विषय हुन् । गजल र जीवन अलग चिज हुन तर तिमीलाई सम्झेर एकान्तमा कविता र गजल कोर्न मल लाग्छ अनि गीत गुनगुनाउन रहर जाग्छ । उज्यालो तिम्रा अनुहारभित्र लुकेको पीडा त धेरै हुनसक्छन् ।

मान्छेको भित्री संसार सोचेभन्दा धेरै फरक हुन्छ । आखिर मान्छे मनको कैदी न रहेछ । म त एउटा यात्री मात्र हुँ जिन्दगीको । एउटा निरीह पात्र, जो आज कर्म र विश्वास भन्दा पनि वर्ग र मानको अभिमानमा रुमल्लिएको छु ।

आफ्नै मनभित्र उब्जिएका अनगिन्ती प्रश्नहरू बिच घोत्लिरहेको हुन्छु । कहिलेकाहीँ बहुतै दुःख लाग्छ कि हामी बाँचुन्जेल घृणा गर्ने र मरेपछि गुनगान गाउने समाजमा जन्मेका रहेछौं । मेरो जिन्दगीबाट तिम्रा यादहरू कहिले हराउने छैनन् ।

आफ्नो मनको सन्दुकमा जतन गरेर राखेको छु । मेरो मनमा तिम्रा यादहरूले डेरा जमाएर बसेका छन्, जो जीवनभर बसिरहने छन् । जिन्दगीको चौतारीमा सुस्ताउँदै गर्दा त्यो तिम्रो भेटले प्रेम, प्रेरणा र समर्पणको पक्ष मजबुत बनाइदिएको छ ।

प्रिय तिम्रा सुन्दर नयनले यो लेखमा नजर नलगाउन सक्छन्, संयोगले यदि पढ्ने अवसर मिल्यो भने लेख र यसलाई कुनै प्रेम प्रस्ताव नठान । हो मलाई राम्रोसँग थाहा छ– अब हामी चाहेर पनि मुनामदन, लैजामजनु, मुकुन्द इन्दिरा, रोमियो जुलियट र सारमालिनी बबीको जस्तो जोडी बन्न सक्दैनौं ।

किनकि हामी एक अर्काको लागि बनेकै थिएनौं, हाम्रो आ–आफ्नै बेग्लै संसार, बाध्यता र परिवन्दहरू छन् । त्यसैले मैले केवल आफ्नो मनको उद्वेलन पोखेको मात्र हुँ । यो जुनीमा नभए पनि अर्को जुनीमा तिम्रो प्रेममा मद्होस भएर तिमीसँगै प्रेमिल पाइला पछ्याउँदै हिड्न पाऊँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?