ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

‘छोरी पढाऊ, समाज बनाऊ’: प्राविधिक शिक्षाबाट सशक्तीकरणतर्फको यात्रा

२४ श्रावण २०८२, शनिबार
२४ श्रावण २०८२, शनिबार

बुटवल, २४ साउन । 

गुल्मीकी चन्द्रकला कुमाल प्राविधिक शिक्षा लिन चाहन्थिन, तर घरको आर्थिक अवस्थाका कारण उनले त्यो चाहाना पुरा गर्न सकिनन् । घरको जेठी छोरी उनी साना २ जना भाइहरू पढाउनुपर्ने बाध्यता ।

एसइई पासपछि ३–४ वर्षको पर्खाइपछि बुटवल उपमहानगरपालिकाले उनको यो प्राविधिक शिक्षा पढ्ने सपना साकार पारेको छ यसका लागी हामी आभारी छौँ । सैद्धान्तिक विषयमा भन्दा पनि प्राविधिक विषयले आत्मनिर्भर बन्न सकिन्छ भन्ने विचार राख्ने कुमाल निकै खुसी छन् ।

बुटवल घर भएकी स्नेहा गुरुङको पनि प्राविधिक शिक्षा पढ्ने सपना पुरा भएको छ । पारिवारिक समस्याले गर्दा आफ्नो पढ्ने चाहानालाई पुरा गर्न नसकेकी गुरुङ उपमहानगरको यो अभियानको सूचना देख्नासाथ फर्म भरेको बताइन ।

यता बेल्वास निवासी क्रिष्टना आचार्य पनि प्लस टु अध्ययनरत छन् तर पनि प्राविधिक शिक्षा भनेपछि हुरुक्क हुँदै फर्म भरेको बताइन । २२ जना छोरीहरूले यो अवसरमा मेकानिकल विषयमा अध्ययन गर्दै छन् ।

छोरीहरूलाई सिपमूलक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ उपमहानगरले बुटवल टेक्निकल ईन्स्टिच्यूटमा निःशुल्क प्रि.डिप्लोमा (ओभरसियर तह) प्राविधिक शिक्षा पढाउने कार्यक्रम सञ्चालन गरेको हो ।

उपमहानगर प्रमुख खेलराज पाण्डेका अनुसार खासगरि इच्छा र चाहना हुँदाहुँदै पनि पारिवारिक समस्या, आर्थिक अभाव लगायतका विभिन्न कारणबाट शिक्षा पढ्न नपाएका ४० जना छोरीहरूलाई प्राविधिक शिक्षा प्रदान गर्न थालेको बताए ।

प्रि.डिप्लोमा इलेकट्रिकल र मेकानिकल इन्जिनियरिङ २०–२० जनागरि कुल ४० जना छोरीहरूले यो अवसर पाएका हुन् । बुटवल टेक्निकल ईन्स्टिच्युटमा ईलेक्ट्रिकल र मेकानिकल विषयमा दुईबर्षे प्रि.डिप्लोमा कोर्ष अध्ययन गर्ने क्रममा सबै शैक्षिक शुल्क उपमहानगरले भुक्तानी गर्ने प्रमुख पाण्डेले बताए ।

प्राविधिक क्षेत्रमा दक्षता बढाउने गरी बुटवल उपमहानगरपालिकाले शिक्षा क्षेत्रमा नमुना कदम चालेको हो ।  उपप्रमुख सावित्रीदेवी अर्याल भन्छिन्–‘प्राविधिक शिक्षा प्राप्त छोरीहरू भविष्यमा सफल व्यवसायीक रूपमा आत्मनिर्भर भएर अघि बढ्ने छन् ।

हामीले बुटवलमात्रै होइन गुल्मी, पाल्पा, अर्घाखाँची, स्याङ्जा, दाङ, रोल्पा, रुकुम, नवलपरासी, कपिलवस्तु जिल्लाका छोरीहरूलाई यो अभियानमा जोडेका छौँ ।

आर्थिक रूपमा कमजोर परिवार, दलित, सिमान्कृत, आदी वासी, जनजाति समुदायका जुन पढ्ने रहर भएर पनि पढ्ने अवसरबाट वञ्चित रहेका छोरीहरूको उज्ज्वल भविष्यको सपना साकार पार्न नेपालमै पहिलो पटक यसरी धेरै सङ्ख्यामा छोरीहरूलाई निःशुल्क रूपमा प्राविधिक शिक्षा पढाउन थालेको उपप्रमुख अर्यालले बताइन ।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणी खनालले बुटवल टेक्निकल इन्स्टिच्युटमा सैद्धान्तिक र देव दह मेडिकल कलेजमा प्रयोगात्मक रूपमा तालिम सञ्चालन गरिने बताए । “छोरी पढाऊ, समाज बनाऊ” अभियानले समाजमा सकारात्मक सन्देश प्रवाह गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?