ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

रोटरी डाउनटाउनको अफिसर लर्निङ सेमिनार सम्पन्न

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

बुटवल, २१ साउन ।
रोटरी क्लब अफ बुटवल डाउनटाउनले आफ्ना पदाधिकारीहरूको क्षमता अभिवृद्धिका लागि क्लब अफिसर लर्निङ सेमिनार सम्पन्न गरेको छ । कार्यक्रममा क्लबका एजी शिवप्रसाद गौडेलले पेशा र व्यवसायमा व्यस्तताका बाबजुद सामाजिक उत्तरदायित्व वहन गर्न रोटरी जस्तो संस्था महत्वपूर्ण रहने बताए ।

जीवनभर सिकाइको प्रक्रिया निरन्तर हुने बताउँदै यस्ता तालिमहरू ब्यक्तित्व र संस्थागत विकासका लागि अत्यावश्यक रहेको बताए । सन् १९०५ मा अमेरिकाको शिकागोमा पॉल पी. हैरिसले स्थापना गरेका रोटरीको मूल उद्देश्य पेशागत, नेतृत्व र सेवा माध्यमबाट शान्ति, स्वास्थ्य, शिक्षा, वातावरण संरक्षण तथा स्वच्छपानी जस्ता क्षेत्रमा योगदान पु¥याउनु रहेको उनले बताए ।

कार्यक्रममा रोटरी गर्भमेन्ट रिलेसन चेयर तथा क्लबका पूर्वअध्यक्ष राजेन्द्र ढकालले रोटरी सदस्यताको लचकता, अन्तर्राष्ट्रिय संरचना र संस्थागत योगदानको महत्त्वबारे प्रशिक्षण दिए । उनले आरआई र डिष्ट्रिकतर्फ गरिने नियमित रिपोर्टिङका प्रक्रियाहरू पनि स्पष्ट पारे ।

सेमिनारमा क्लबका पूर्वअध्यक्ष तथा डिष्ट्रिक मेम्बर रिटेन्सन को–चेयर नरबहादुर श्रीषले क्लब प्रशासनको भूमिकाबारे प्रकाश पारे । कार्ययोजना बनाउनेदेखि मिटिङको व्यवस्थापन र अन्तरक्रियामार्फत सदस्यहरूको समझदारी बढाउन प्रशासनको जिम्मेवारी हुने उनले बताए ।

कार्यक्रममा सहभागी डिष्ट्रिक मेम्बर चेयर लक्ष्मण ज्ञवालीले रोटरीको सबैभन्दा चर्चित परियोजना विश्वव्यापी पोलियो उन्मूलनमा ऐतिहासिक सफलता भएको भन्दै क्लबहरु डिष्ट्रिकमा वृहत परियोजनातर्फ लाग्न सुझाव दिए ।

कार्यक्रममा रिजन ५ का ट्रेनिङ चेयर बासुदेव घिमिरे, सर्भिस प्रोजेक्ट चेयर पिताम्बर ज्ञवाली, निवर्तमान अध्यक्ष शिव ज्ञवाली, सचिव केशव बश्यालले क्लबमा आवद्ध भएसंगै हरेक सदस्य आफनो अधिकार र उत्तरदायित्वप्रति जानकार हुनुपर्ने बताउदै समाजसेवाको मुल उदेश्य प्राप्तीमा लाग्न सुझाव दिए ।

कार्यक्रममा अध्यक्ष बाबुराम बन्जाडेले सामाजिक उत्तरदायित्व अन्तर्गत डिष्ट्रिकबाट धेरै परियोजना स्वीकृत हुन गैरहेको भन्दै अर्घाखाँचीको कुमाल गाउँमा १०० घरधुरीलाई विद्युतीय चुलो वितरण गर्ने आगामी परियोजनाबारे पनि जानकारी दिए ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?