© २०२३
बुटवल, २२ साउन ।
श्री महेन्द्र विद्याबोध नेत्रलाल राममणि माध्यमिक विद्यालयले हिरक महोत्सवमा प्काशन गरेको स्मारिका वितरण तथा सम्मान कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ ।
विद्यालयले २०८० सालमा हीरक महोत्सव मनाउनुका साथै स्मारिका प्रकाशन गरेको थियो । काठमाडौंमा आयोजित कार्यक्रम स्मारिका वितरणका लागि विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश ज्ञवालीले जानकारी दिए।
कार्यक्रममा बोल्दै संस्थापक सदस्य सचिव गिरिराज पाण्डेले विद्यालयको थप प्रगतिको कामना गरेका थिए । कार्यक्रममा विश्वमणि ज्ञवाली, ताराप्रसाद खनाल, गिरिराज पोख्रेल, छविलाल खनाल, काशी पौडेल, दीपक ज्ञवाली, नारायणप्रसाद भट्टराई, शंकर ज्ञवाली, लेखनाथ पोख्रेल, गिरिराज पाण्डे, पूर्वप्रअ डिल्लिराज भुसाल लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक दिनानाथ पराजुलीले विद्यालयको शैक्षिक अवस्थाबारे जानकारी गराएका थिए ।