ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

कर्णाली बैंक घोटाला प्रकरण : पूर्वअध्यक्षसहित ३ जनालाई थुनामा राख्न आदेश

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

नेपालगञ्ज, २२ साउन ।

कर्णाली विकास बैंकमा भएको अर्बौं रुपैयाँको घोटालासम्बन्धी चर्चित मुद्दामा अदालतले तीन जनालाई पूर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।

उच्च अदालत तुलसीपुरको नेपालगञ्ज इजलासले पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र, संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालिन वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरीलाई थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको हो ।

त्यस्तै राष्ट्र बैंकका पूर्वकर्मचारी भुवन बस्नेतलाई भने दुई लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश भएको छ । आदेश न्यायाधीशद्वय चन्द्रबहादुर सारु र पुनम सिंहको संयुक्त इजलासबाट जारी गरिएको हो ।

१६ साउनमा प्रतिवादीको बयान सकिएपछि १७ साउनदेखि मुद्दाको सुनुवाइ ‘हेर्दा हेर्दैमा’ राखिएको थियो ।

उक्त घोटाला प्रकरणमा हालसम्म चार जना मात्र पक्राउ परेका छन् भने १०३ जना फरार रहेको अदालतमा पेस गरिएको आरोपपत्रमा उल्लेख छ । त्यसैगरी दुई जना प्रतिवादीको मृत्यु भइसकेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरेको अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्यालयले १४ साउनमा बैंकका तत्कालीन अध्यक्षसहित १०९ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो ।

सरकारी वकिलको कार्यालयले अदालतमा दायर गरेको अभियोग पत्रमा कुल बिगो रु ३ अर्ब २० करोड ११ लाख ५४ हजार १५७ देखाइएको छ । त्यसमध्ये, पूर्वअध्यक्ष राजेन्द्रवीर रायमाथि एक्लै २ अर्ब ६३ करोड बढीको बिगो र जरिवाना दाबी गरिएको छ ।

पशुपतिदयाल मिश्रमाथि ८२ करोड ४६ लाख, भुवन बस्नेतमाथि १० करोड ८९ लाख, वित्त प्रमुख वेदप्रकाश सिंह ठकुरीमाथि २४ करोड ६३ लाख बिगो र जरिवाना माग गरिएको छ ।

राष्ट्र बैंकका तत्कालीन अनुगमन अधिकृत भुवन बस्नेतको खातामा १० लाख रुपैयाँ कर्णाली विकास बैंकबाट आएको प्रमाण भेटिएको अनुसन्धानबाट खुलेको छ ।

घोटालामा राष्ट्र बैंकको निरीक्षण टोलीको संलग्नता समेत देखिएको छ । बस्नेतले बैंक समस्याग्रस्त अवस्थामा रहे पनि सकारात्मक प्रतिवेदन बुझाएका थिए ।

२०६६ सालमा मध्यपश्चिमकै पहिलो विकास बैंकका रूपमा स्थापना भएको कर्णाली विकास बैंकमा सुरु देखिनै आर्थिक अनियमितता हुँदै आएको अनुसन्धानले देखाएको छ ।

राष्ट्र बैंकले २०८१ पुस १० गते बैंकलाई समस्याग्रस्त घोषणा गर्दै नियन्त्रणमा लिएको थियो । त्यसयता बैंकको व्यवस्थापन टीकाराम खतिवडाको संयोजकत्वमा बनेको तीन सदस्यीय समितिले सम्हाल्दै आएको छ । यसको शीर्षक के हुन सक्छ

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?