© २०२३
काठमाडौं, २२ साउन ।
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले शिक्षकको बढुवासम्बन्धी महत्वपूर्ण प्रस्ताव पारित गरेको छ। आज बसेको बैठकले विद्यालय शिक्षा विधेयकमा शिक्षक बढुवा तीन प्रकारका आधारमा हुने व्यवस्था पारित गरेको हो।
पहिलेको ‘आन्तरिक प्रतियोगिता र आवधिक बढुवा’ को व्यवस्था हटाउँदै अब ‘आन्तरिक प्रतियोगिता’, ‘जेष्ठता’ तथा ‘कार्यसम्पादन मूल्याङ्कन र कार्यक्षमता मूल्याङ्कन’ लाई बढुवाका प्रमुख आधार बनाउने प्रस्ताव बैठकबाट स्वीकृत भएको छ।
उक्त प्रस्ताव परामर्श उपसमितिमा भएको सहमतिको आधारमा तयार गरिएको हो, जसलाई समितिको आजको बैठकमा छलफलपछि पारित गरिएको हो। यस निर्णयसँगै शिक्षक सेवा संरचनामा नयाँ मोड आउने देखिएको छ।