ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

अनुदान वितरणमा सरकारको बेवास्ता !

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

उखुको अनुदान रकम राज्यले नदिएपछि देशैभरका उखु किसानहरू यतिबेला आन्दोलित भएका छन् । राज्यले प्रदान गर्ने प्रति क्विन्टल ७० रूपैयाँ अनुदान रकमबाट ३५ रूपैयाँ बाँकी राखेको र आर्थिक वर्ष २०८२/०८३ को बजेटमा अनुदान रकम कटौती गरेकोले किसानहरू आन्दोलनमा जान बाध्य भएका छन् ।

सरकारले उखु किसानलाई राहत दिनुपर्ने बेला उल्टो आन्दोलन गर्न बाध्य वनाएको छ । गत वर्षको बाँकी अनुदान रकम प्रतिक्वीण्टल ३५ रूपैयाँ राज्यले दिनुपर्ने र यस आर्थिक वर्षमा कटौती गरिएको ७० रूपैयाँ अनुदान रकम दिने सुनिश्चितता नगरेसम्म आन्दोलन नरोकिने किसानहरूको भनाई छ ।

आफूहरूको माग पूरा नभए काठमाडौं केन्द्रित आन्दोलन गर्ने चेतावनी किसानहरूले दिएका छन् । राज्यले अनुदान रकम कटौती गरेर किसानमाथि ठूलो अन्याय गर्न खोजेको छ । अन्य बालीझै उखुलाई पनि पकेट जोन घोषणा गरेर किसानलाई प्रोत्साहन गर्नुको साटो राज्यले किसानलाई विभेद गर्न खोजेको छ ।

त्यसो त उखु किसानहरूले बर्षौदेखि सरकारविरूद्ध आन्दोलन गर्दै आएका छन् । बर्षौदेखि किसानहरूले सरकारका मन्त्रीहरूलाई पटकपटक ज्ञापनपत्र दिने र आन्दोलन गर्दै आएका छन् । किसानले आश्वासन पाए पनि माग भने पूरा नभएको दुःखेसो पोखेका छन् । उखु किसानले पाउनुपर्ने रकममा विभेद किन ? उनीहरूले पाउने अनुदानमा समेत विभेद गरिनु सरकारको चरम लापरवाही हो ।

उता नेपाल सरकारले दिने निर्णय गरेको रकम पनि अहिलेसम्म नदिएको भन्दै उखु किसानले ठूलो चिन्ता ब्यक्त गरेका छन् । यही अवस्थामा उखु खेती गर्न नसकिने किसानहरूको पीडा राज्यले सम्बोधन गर्न नखोज्नु चिन्ताको कुरा हो । पटकपटक आन्दोलन गर्दासमेत सुनुवाइ नभएकोले किसानहरूले आफूहरूको पीडा सुन्ने निकाय को हो ? भन्दै जवाफ खोजेका छन् ।

तराईका उखु किसानले अवको चार महिनापछि उखु क्रसिङ सुरु गर्नेछन् तर सरकारले उखुको मूल्य समयमै नतोक्दा पनि किसानले सास्ती खेप्दै आएका छन् । जसका कारण किसानहरूमा ठूलो चिन्ता देखिएको छ । बर्षौदेखिको यो चिन्ताको मलम लगाउने जिम्मेवारी सरकारको हो तर सरकार आफै गैर जिम्मेवार बन्दा किसानको चिन्ता झनै बढ्नु स्वाभाविक छ ।

उता चिनी मिलहरूले उखु किसानको भुक्तानी समयमै नगर्दा समेत किसानहरू समस्यामा पर्दै आएका छन । यसरी पाईला पाईलामा उखु किसान पीडामा छन् । ठगिदै आएका छन तर समस्या ज्यूँको त्यूँ छ । सरकार उखु किसानका समस्याप्रति किन उदासिन ? सरकार आफैले सहमति र प्रतिवद्धता जनाएको अनुदान रकम दिन अहिले किन आनाकानी ? यो कुराबाट सरकार उखु किसानका समस्याप्रति गैर जिम्मेवार बन्न खोजेको हो कि भन्ने आभाष भएको छ ।

उखु किसानको समस्या समाधान गरी मुलुकलाई चिनी उत्पादनमा आत्मनिर्भर वनाउनुको साटो उल्टो किसानलाई निरुत्साहित गर्ने काम राम्रो होइन । मुलुकमा बार्षिक करोडौं मूल्यको चिनी आयात भैरहेको छ । जसका कारण नेपाली पैसा विदेश गैरहेको छ । नेपालमै प्रशस्त उखु उत्पादन गरि चिनीमा आत्मनिर्भरमात्रै होइन विदेश निर्यात गर्न सकिने संभावना छ तर सरकार उल्टो बाटोमा हिँडेको छ ।

पहिला उचित मूल्य र समयमै भुक्तानी पाउने हुँदा किसान उखुतर्फ आकर्षित भएका थिए तर अहिले मूल्य र भुक्तानीको समस्याले गर्दा किसान उखु खेती छाड्दै गएका छन् । उखु किसानले हरेक वर्ष भुक्तानी नपाएर विभिन्न समस्या झेलिरहेका छन । अनुदान समेत दिन आनाकानी गर्ने सरकारले किसानका समस्या सम्बोधन गर्ने विश्वास र आधार टुटदै गएको छ ।

सरकारले धेरै पहिलेदेखि नै यस विषयमा उदासीनता मात्र देखाएको होइन, बेवास्ता नै गरेको छ । अव सरकारले उखुको अनुदान रकम छिटोभन्दा छिटो वितरण गरोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?