© २०२३
काठमाडौँ ।
नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन हिजोकै दरमा, अर्थात् तोलाको एक लाख ९८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ ।
अस्ति भने सुनको भाउ अहिलेसम्मकै उच्च विन्दुमा पुग्दै तोलाको एक लाख ९८ हजार पाँच सय रुपैयाँ पुगेको थियो । त्यसको भोलिपल्टदेखि भने भाउमा सय रुपैयाँको गिरावट आएको हो, जुन आजसम्म कायम छ ।
यता चाँदीको भाउमा भने २५ रुपैयाँको वृद्धि भएको छ। हिजो तोलाको दुई हजार दुई सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज दुई हजार तीन सय पाँच रुपैयाँमा पुगेको महासङ्घले जानकारी दिएको छ ।