ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

बर्दिया एकेडेमीको उदाहरणीय सफलता: कक्षा १२ परीक्षामा जिल्ला प्रथम

२२ श्रावण २०८२, बिहीबार
२२ श्रावण २०८२, बिहीबार

बर्दिया, २२ साउन ।

बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका वडा नम्बर ८ मा अवस्थित बर्दिया एकेडेमीले कक्षा १२ को परीक्षामा शतप्रतिशत विद्यार्थी उत्तीर्ण गराउँदै जिल्लामै उदाहरणीय सफलता हासिल गरेको छ । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ साल वैशाख १४ गतेदेखि सञ्चालन गरिएको कक्षा १२ को परीक्षामा सहभागी भएका एकेडेमीका ६१ जना विद्यार्थीमध्ये सबै उत्तीर्ण भएका छन् ।

साउन १९ गते प्रकाशित नतिजामा बर्दिया एकेडेमीको नतिजा जिल्लाका अन्य निजी तथा सार्वजनिक शैक्षिक संस्थाहरूमध्ये उल्लेखनीय रहन गएको छ । विद्यालयले दिएको जानकारी अनुसार ९ जना विद्यार्थीले ३.६० जिपिए भन्दा माथि ल्याउन सफल भएका छन् भने ५२ जनाले ३.०० जिपिएभन्दा बढी अंक प्राप्त गरेका छन् ।

सबैभन्दा उत्कृष्ट प्रदर्शन समिर बर्सौलाले गरेका प्राप्त छन्, जसले ३.८२ जिपिए ल्याएर विद्यालयकै मात्र होइन, जिल्लाभरका विद्यार्थीमध्ये पनि अग्रणी स्थान हासिल गरेका छन् । एकेडेमीका प्रिन्सिपल भोजराज बरालका अनुसार “शैक्षिक नतिजामा मात्रै होइन, समग्र व्यक्तित्व विकासलाई ध्यानमा राखेर हामीले सिकाइको वातावरण तयार गरेका छौँ । निरन्तर अभ्यास, अनुभवी शिक्षकहरूको साथ, विद्यार्थीको परिश्रम र अभिभावकको सहयोग नै यस पटकको सफलता पछाडिको मुख्य कारण हो ।”

बर्दिया एकेडेमीले यसअघि पनि यस्ता सफलता दोहो¥याउँदै आएको छ । २०७४ सालदेखि कक्षा १२ सञ्चालनमा ल्याएको एकेडेमीको पहिलो र दोस्रो ब्याचका विद्यार्थीहरू समेत जिल्लामै प्रथम स्थान प्राप्त गर्न सफल भएका थिए । यस पटकको परिणामले विगतका सफलतालाई निरन्तरता दिएको छ ।

२०७४ सालमा कक्षा १२ सुरु गरे पनि बर्दिया एकेडेमीको स्थापना भने २०६७ सालमा भएको हो । सुरुवाती चरणमा सानो आकारमा सञ्चालन भएको यो शैक्षिक संस्था अहिले जिल्लाकै प्रतिष्ठित निजी विद्यालयहरूमध्ये एक मानिन्छ । हाल एकेडेमीमा करिब १ हजार ४ सय विद्यार्थी अध्ययनरत छन् भने ५८ जना शिक्षक र ३२ जना अन्य कर्मचारीसहित ९० जना जनशक्ति खटिएको छ ।

भौतिक पूर्वाधारका हिसाबले पनि बर्दिया एकेडेमी सुसज्जित छ । विद्यालयमा आफ्नै यातायात सेवा, शुद्ध खानेपानीको व्यवस्था, बालमैत्री खेलकुद सामग्री, सफा तथा सुरक्षित भवन, सिकाइमैत्री कक्षाकोठा, प्रयोगशाला, कम्प्युटर कक्षा र पुस्तकालयजस्ता सेवा उपलब्ध छन् ।

“हामी विद्यार्थीकै भविष्य निर्माण गर्ने उद्देश्यले हरेक पक्षलाई सन्तुलनमा राख्ने प्रयास गर्दै आएका छौँ,” प्रिन्सिपल बरालले भने, “हामी नतिजामा मात्र होइन, विद्यार्थीको व्यवहार, आत्मविश्वास, जिम्मेवारी बोध र नेतृत्व क्षमताको विकासमा पनि विशेष ध्यान दिने गर्छौँ ।”

विद्यालयले अतिरिक्त क्रियाकलापलाई पनि प्राथमिकतामा राखेको छ । कला, सङ्गीत, खेलकुद, वादविवाद, वक्तृत्वकला, समाजसेवा लगायतका विविध गतिविधिमा विद्यार्थीलाई संलग्न गराउने गरिएको छ । यसले विद्यार्थीलाई व्यवहारिक ज्ञानको अनुभूति दिलाउनुका साथै प्रतिस्पर्धात्मक क्षमतामा वृद्धि गर्ने विश्वास एकेडेमीको छ ।

विद्यालयले कक्षा ८ को अन्त्यमा पालिकाले सञ्चालन गर्ने परीक्षा, कक्षा १० को एसइई परीक्षा र कक्षा १२ को राष्ट्रिय परीक्षा बोर्डको परीक्षामा समेत उत्कृष्ट नतिजा हासिल गर्दै आएको दाबी गरेको छ । “यस संस्थाले निरन्तर रूपमा सबै तहमा उल्लेखनीय शैक्षिक परिणाम दिँदै आएको छ, जसले गर्दा विद्यार्थी र अभिभावक दुवैको विश्वास जित्न सफल भएको छ,” एकेडेमीद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यस सफलताले बर्दिया एकेडेमी मात्र होइन, बर्दिया जिल्लाकै शैक्षिक क्षितिजमा सकारात्मक सन्देश दिएको छ । विद्यार्थीको मेहनत, शिक्षकको समर्पण र व्यवस्थापनको दीर्घ दृष्टिले हासिल गरिएको यस्तो नतिजाले अन्य शिक्षण संस्थाका लागि पनि प्रेरणा बन्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?