Butwal Today

अदालतले निर्दोष देखिएन भनेको छ, यो हस्ताक्षर अभियान रोक्नुहोस्: विश्वप्रकाश शर्मा

२१ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, २१  साउन  ।

नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीले चलाई रहेको हस्ताक्षर अभियान प्रति प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बोल्दै शर्माले चार वटा अदालतले दोषी भनेको रवि लामिछानेलाई कसरी राजनीतिक दलले निर्दोष सावित गर्न मिल्छ भनेर प्रश्नसमेत गरेका छन् ।

सबैजसो अदालतले उनीलाई निर्दोष भन्न नसकिने उल्लेख गर्दै शर्माले उनीसँगै मुछिएका अरू सबै दोषी तर उनी निर्दोष भन्न नमिल्ने दाबी गर्दै दोषी ठहराइ सकेकाले छुटाउनको लागि हस्ताक्षरको दबाब नदिन पनि अनुरोध गरेका छन् ।

उनले लामिछाने गृह मन्त्री हुँदा सबैभन्दा बढी भिजिट भिसामा गएको तथ्याङ्क पेस पनि गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?