ट्रेंडिंग:

>> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु

अधिकारकर्मीले बुझाए गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र

२१ श्रावण २०८२, बुधबार
२१ श्रावण २०८२, बुधबार

कपिलवस्तु,  २१ साउन  ।

कपिलवस्तु जिल्लाका १८ वटा मानवअधिकारका क्षेत्रमा क्रियाशील सङ्घ संस्थाका प्रतिनिधिले बहु विवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यताका लागि प्रस्तावित मस्यौदा ल्याउन नहुने माग गर्दै गृहमन्त्रीलाई ध्यानाकर्षण पत्र पठाएका छन् ।

महिला मानव अधिकार रक्षक सञ्जालकी पुष्पा रेग्मी र अधिकारकर्मी मिना परियार नेतृत्वको टोलीले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ मार्फत गृह मन्त्रालयमा ध्यानाकर्षण पत्र बुझाएको हो ।

अधिकारकर्मीले बुझाएको ध्यानाकर्षण पत्रमा नेपाल सरकारले बहुविवाहलाई निश्चित परिस्थितिमा कानुनी मान्यताका लागि प्रस्तावित मस्यौदा ल्याउने तयारी गरिरहेको विभिन्न सञ्चार माध्यम वाट जानकारी प्राप्त भएको हुँदा ध्यानाकर्षण भएको उल्लेख छ ।

मुलुकी अपराध संहिता लागू भएको २०७५ भाद्र महिनाको १ गतेका दिन देखि पूर्णता निषेध रहेको बहुविवाह निश्चित परिस्थितिमा छुट दिने गरि सरकारले कानुन ल्याउनका लागि विवाहित पुरुषले पर स्त्री सँग सम्बन्ध राख्दा गर्भ रहे वा बच्चा जन्मिए दोस्रो विवाह कायम हुने गरि संविधानको धारा १७५ संशोधन गरि कानुन मन्त्रालयले यसको मस्यौदा तयार गरि सकेको विषय पत्रमा लेखिएको छ ।

नेपालमा बहुविवाह अपराध हो भन्ने स्पष्ट कानुनी व्यवस्था रहँदै आएको सन्दर्भमा नेपाल सरकारले लिएको यो कदम नेपालको संविधान लैगिक समानता, महिला अधिकार तथा मानव अधिकारको मुल भावना विपरीत रहेको ठहर गरिएको छ ।

नेपालको संविधान धारा १८ र ३८ अन्तर्गतको समानता र महिला अधिकारको प्रतिकुल हुने यो मस्यौदाले नेपालले अवलम्बन गरेको अन्तर्राष्ट्रिय सन्धि महिला विरुद्धका सबै प्रकारका भेदभाव उन्मुलन गर्ने महासन्धि (सिड) को समेत उलङ्घन गरेको स्मरण गराउँदै बहुविवाहमा हाल सम्म भएका कानुनी सुधारहरू र महिला आन्दोलनको उपलब्धि समेतलाई उपहास गरेको जनाइएको छ ।

संविधान र अन्तर्राष्ट्रिय महासन्धिलाई समेत चुनौती दिने खालका हर्कतलाई अविलम्ब रोक्न र मस्यौदा तयार गर्न नेतृत्व गर्ने व्यक्तिलाई समेत कारबाहीको दायरामा ल्याउन पत्र मार्फत माग गरिएको छ ।

ज्ञापन पत्र बुझ्दै प्रजिअ तामाङले यस्ता किसिमको मस्यौदा प्रस्ताव भएको विषय आफूले व्यक्तिगत रूपमा जानकारीमा नपाएको जनाउँदै मानवअधिकारवादीको एकताले मानव अधिकार संरक्षणमा भूमिका निर्वाह गर्न भूमिका खेल्ने बताए ।

जिल्लामा अझै पनि महिला माथिको हिंसा दयनीय रहेको देखिएकाले सबैले सहकार्य गरेर समुदाय स्तरमा सचेतना प्रवाह गर्नु पर्ने बताउँदै पत्र सम्बन्धित निकायमा प्रेषित गर्ने उनले बताए ।

ध्यानाकर्षण पत्रमा महिला मानव अधिकार रक्षक सञ्जाल, गैसस महासङ्घ, पत्रकार महासङ्घ, दलित गैसस महासङ्घ, फिडो, डिएसडिसी, दियालो नेपाल, माहुरी होम, दलित मानव अधिकार निगरानी समिति, सिद्धार्थ सामाजिक विकास केन्द्र, कालिका स्वावलम्बन सामाजिक केन्द्र, नवजीवन संस्था, फातिमा फाउण्डेशन, किशोरी अधिकार मञ्च, साथी संस्था, सगरमाथा महिला बचत तथा ऋण सहकारी, रेडियो भ्वाईसका प्रमुख र प्रतिनिधीहरुले हस्ताक्षर गरि ऐक्यबद्धता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?