ट्रेंडिंग:

>> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ

क्युएए प्राप्तीमा कालिकामा खुशियाली सभा

३४ जना बिद्यार्थीहरुबाट शुरु भएको कलेजले १२ वर्षमा क्युएए प्राप्त गर्दा भौतिक पूर्वाधारसहित हाल ४ हजार विद्यार्थीहरु अध्ययापन गराउदै आएको छ ।
२१ श्रावण २०८२, बुधबार
२१ श्रावण २०८२, बुधबार

बुटवल, २१ साउन ।
नेपालमा स्थापनाको छोटोसमयमा क्युएए प्राप्त गरेको बुटवल कालिका कलेजले बुधबार खुशियाली सभा गरेको छ । ३४ जना विद्यार्थीबाट १२ वर्ष अघि शुरु भएको कलेजमा हाल ४ हजार बढि विद्यार्थीहरु अध्ययरत छन । जहा बिबिस, बिसिए, बिएएसडब्लु, बिएड, एमए आरडि, एम.ए अग्रेजी विषय अध्ययापन हुदै आएको छ भने निकट भविष्यमा एमबिएस पढाउने तयारीमा छ ।

कलेजले विश्वविद्यालय अनुदान आयोगले निर्धारण गरेका आठ वटा मापदण्डहरु निति तथा प्रक्रिया, पाठ्यक्रम, शिक्षण, अध्ययन तथा मुल्याकन, अनुसन्धान, परामर्श तथा अतिरिक्त कार्यक्रम, पूर्वाधार तथा सिकाई श्रोत, विद्यार्थी सहायता तथा मार्गदर्शन, सुचना प्रणाली, सार्वजनिक सुचनामा अब्बल कार्यसम्पादन गर्दै स्वमुल्याकन र सुधारका दिर्घकालिन अभ्यासमार्फत संस्थागत सुदृढिकरण पुरा गरेको हो । त्रिभुवन विश्वविद्यालयअन्तर्गत सञ्चालित क्याम्पसले विश्वविद्यालय अनुदान आयोगद्वारा साउन १६ गते औपचारिक रूपमा मान्यता प्राप्त गरेको हो ।

क्याम्पसका प्राचार्य घनश्याम पाठकले क्युएए प्राप्तिसंगै यसलाई निरन्तरता दिनेमा चुनौती थपिएको बताए । विद्यार्थी, शिक्षक, अभिभावकको भुमिकाकै कारण उपलब्धि हासिल भएको भन्दै विश्वविद्यालय अनुदान आयोगको निर्धारण गरेका आठ वटा मापदण्डहरु पार गर्नु सहज नभएको उनले बताए । योसंगै शैक्षिक विश्वासनियता प्राप्त गरेको उनले दाबी गरे । गुणस्तरका कारण अन्तराष्ट्रिय मान्यता पाउने, छात्रवृत्ति बढ्ने, शिक्षककर्मचारीहरुको क्षमता अभिवृद्धिमा मदत मिल्ने उनले बताए । ‘यात्रा बल्ल शुरु भएको छ ।’– उनले भने । विश्वका विकसित राष्ट्रमा पढाई शैली र प्रविधि अब यो कलेजमा पनि अप्नाउने उनले बताए । क्युएए प्राप्त भएसंगै प्रदेश सरकारबाट अनुदान समेत पाउने भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै बुटवल उपमहानगरपालिकाका नगरप्रमुख खेलराज पाण्डेयले पश्चिम क्षेत्रको शैक्षिक नगरी बुटवलमा दक्ष जनशक्ति उत्पादनमा कालिका क्याम्पस अग्रणी रहेको बताए । बुटवल नगर ऐतिहासिक, सामारिक, ब्यापारिक, खेलकुदसंगै शैक्षिक हबका रुपमा विकास हुन सक्ने गरि उपलब्धि हासिल गरेको उनले बताए ।

कलेजका निवर्तमान अध्यक्ष अर्जुनमान सैजुले विशाल लक्ष्य प्राप्ति भएको भन्दै यसलाई जोगाउने अभिभारा सबैमा आएको बताए । उनले कलेजको उपलब्धिमा सरकार, स्थानिय बासिन्दाबाट राम्रो सहयोग मिलेको बताए । विद्यार्थीहरुमा दलिय राजनिति नहुदा नै सफलता चुमेको उनको दाबी छ । अब बुटवललाई शैक्षिक हबका रुपमा चिनाउने गरि उपलब्धि हासिल भैरहेको उनले बताए ।
कार्यक्रममा कलेजका उपाध्यक्ष नित्यानन्द ज्ञवालीले कुनै बेला विद्यार्थीहरुको आवश्यकताको कारण जन्मेको कलेज अहिले शिखर चुम्न सफल भएको बताए । धेरै मेहनतका कारण प्राप्त उपलब्धिलाई निन्तरता दिने गरि लाग्न जरुरी रहेको उनले बताए ।

कार्यक्रममा कलेजका अध्यक्ष होम बहादुर गलामीले नेपालको ईतिहासमा नै छोटो समयमा क्युएए प्राप्त गर्ने कलेजका रुपमा चिनिने गौरव प्राप्त भएको बताए । यसमा केवल कलेजमात्र नभई सरोकारवाला सबैको उत्तिकै भुमिका र योगदान रहेको बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्री, पब्लिक क्याम्पस संघका लुम्बिनी प्रदेशका अध्यक्ष कृष्ण खनाल, लुम्बिनी प्रदेश सरकारका शिक्षाविद् दल बहादुर गुरुङ, बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीका अध्यक्ष हरि प्रसाद अर्याल, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, प्याब्सन लुम्बिनी प्रदेशका अध्यक्ष लाल हरि पाण्डेय, सहायक प्राचार्य महेश पाण्डेले कालिकाको उपलब्धिलाई हेरेर यस क्षेत्रका अन्य क्याम्पस पनि आफनो शैक्षिक गुणस्तर वृद्धिमा जोड दिनुपर्ने सुझाव दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?