काठमाडौं, २१ साउन ।
बुधबारको सेयर बजार कारोबारमा सामान्य गिरावट देखिएको छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १.९४ अंकले घट्दै २८३२ अंकमा आएर बन्द भएको हो। अन्तिम १५ मिनेटको भारित औसत मूल्य गणनापछि बजार हरियोबाट रातोमा गएको हो, यद्यपि त्यसअघि बजार २ अंकले बढेको थियो ।

कारोबार अवधिमा बजार उच्चतम २८५६ अंकसम्म पुगेको थियो भने न्यूनतम २८२८ अंकमा झरेको थियो। दिनभरको कारोबारमा ११२ कम्पनीको मूल्य बढ्दा १३८ कम्पनीको घटबढ भएको देखिएको छ।
बजारमा सबैभन्दा बढी आकर्षण माइक्रोफाइनान्स समूहमा देखिएको छ। गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशतभन्दा बढी लाभांश दिन सकिने सम्भावनाले गर्दा यो समूहमा लगानीकर्ताको चासो बढेको हो। माइक्रोफाइनान्स समूह १.४१ प्रतिशतले उकालो लागेको छ। त्यस्तै लगानी र अन्य समूहले क्रमशः ०.४९ र ०.४४ प्रतिशतको वृद्धिदर देखाए।
यता, बैंकिङ, विकास बैंक, फाइनान्स, होटल तथा पर्यटन, हाइड्रोपावर, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा र व्यापार समूहमा सामान्य गिरावट आएको छ। व्यापार समूह सबैभन्दा बढी ०.६६ प्रतिशतले घटेको हो।
मूल्य वृद्धि गर्ने कम्पनीहरूमा विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर १० प्रतिशतले अगाडि रहे। त्यस्तै, समाज लघुवित्त र स्वाभिमान लघुवित्तको मूल्य क्रमशः ७.९३ र ७.८३ प्रतिशतले बढ्यो। गिरावट हुने प्रमुख कम्पनीहरूमा थ्रीस्टार हाइड्रोपावर, समता घरेलु लघुवित्त र युनिलिभर नेपाल रहेका छन्।
आज सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा ङादी ग्रुप, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, एनआरएन इन्फ्रास्ट्रक्चर र बलेफी हाइड्रोपावर अग्रपंक्तिमा देखिए। सेयर बजारमा हाल माइक्रोफाइनान्स क्षेत्रले चलायमानता ल्याएको देखिए पनि अन्य समूहहरूमा भने स्पष्ट दिशातर्फ संकेत देखिएको छैन ।



