ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल
निर्मला पन्त हत्या प्रकरण

निर्देशन मात्रै दिने कि अपराधी पत्ता लगाउने ?

२१ श्रावण २०८२, बुधबार
२१ श्रावण २०८२, बुधबार

गृहमन्त्री रमेश लेखकले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको प्रकरण नयाँ शिराबाट गम्भीर डङ्गले अनुसन्धान थाल्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) लाई निर्देशन दिएका छन् । निर्मला पन्तको हत्यापछि धेरैले गृहमन्त्रीको पद सम्हाले तर यो हत्या प्रकरण अझै पनि रहस्यको गर्भमै कैद छ ।

निर्मलाको हत्या भएको ६ वर्ष भैसकेको छ । धेरै पटक अनुसन्धान गर्ने भन्दै छानबिन टोली पनि गठन भयो तर अहिलेसम्म उनको हत्या कसले र किन गरेको भन्ने पत्ता लाग्न सकेको छैन । यो हत्या काण्डमा ठूलो समूहको हात रहेको पुष्टि भैसकेको छ । नेपाल प्रहरी अनुुसन्धानमा अब्बल मानिन्छ ।

अहिलेसम्म धेरै हत्याकाण्डमा उसलाई सफलता मिलेको छ तर निर्मला पन्तको हत्याकाण्ड अहिलेसम्म अनुसन्धानमै सीमित रहनु नेपाल प्रहरीको दुर्बलता हो कि शक्तिकेन्द्रहरूको दवाव ? प्रश्न उत्पन्न भएको छ । जेहोस हरेक गृहमन्त्रीले आफ्नो प्राथमिकीकरणमा निर्मला पन्तलाई जोड्दै आएका छन् र असफल सावित हुँदै आएका छन् ।

यसअघि गृहमन्त्री भएपछिको पहिलो निर्णयमा हस्ताक्षर गर्दै रबि लामिछानेले निर्मला पन्तलाई न्याय दिन अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए । उनको पहिलो प्रतिवद्धताले मुलुकमा शान्ति सुरक्षाको प्रभावकारीतासंगै निर्मला पन्तको परिवारले न्यायको अनुभूति गर्ने केही आशा र विश्वास पलाएको थियो तर उनीपनि त्यही कोटीको गृहमन्त्रीमा परे, प्रतिवद्धता गर्ने तर छानविनलाई किनारा दिन नसक्ने ।

निर्मला हत्याकाण्डमा संलग्नमाथि कारवाही गर्ने भन्दै थुप्रै गृहमन्त्रीले हत्याकाण्ड छानबिन गर्ने प्रतिवद्धता जनाएकै हुन । निर्मला जस्ता अन्य धेरै चेलीको पनि निर्मम हत्या भएको छ । तीमध्ये हत्यामा संलग्न कति अपराधी पक्राउ परे र कतिले सजाय पाएका छन् । आज ती सवै निर्मलाको हत्याको फाईल खुल्नुपर्दछ ।

जेहोस पछिल्लोपटक गृहमन्त्री भएको एक बर्षपछि बल्ल रमेश लेखकलाई निर्मला पन्तको हत्या छानबिन गर्ने सोँच पलाएको छ । यद्यपि उनबाट पनि धेरै आशा गर्न सकिदैन । गृहमन्त्री भएको एक बर्षपछि मात्रै निर्देशन दिएकोले यो घटनाको अनुसन्धानलाई औपचारितामै सीमित गर्ने ध्येय उनको पनि हुन सक्छ । तर उनले प्रहरीलाई निर्देशन दिएका छन् । यसमा उनको परीक्षा हुनेछ ।

निर्मला पन्तको हत्यामा संलग्न दोषीमात्रै पक्राउ परेर सजाय पाएको अवस्थामा रमेश लेखकको कार्यकाल सर्वाधिक सफल कार्यकाल हुनेछ । उनीमाथि लागेको भिजिट भिसाको दाग घटाउन यो महत्वपूर्ण हुनसक्छ । विगतमा निर्मला पन्तको बलात्कार र हत्यापछि राज्यको जिम्मेवार निकायले गंभीर ढंगले दोषी पत्ता लगाउन र कारवाहीमा वेवास्ता गर्दा यो घटना अहिलेसम्म रहस्यको गर्भमै रहेको कुरामा दुईमत छैन ।

नेपालको गृह प्रशासन हत्यामा संलग्न दोषी पत्ता लगाउन असक्षम भएको होइन, बरु यो प्रकरणलाई इतिहासमा बिलीन वनाउने कुत्सित मनसायमा रहेको शक्तिकेन्द्रको दवावमा परेको हो भन्दा अत्युक्ति हुँदैन । उनको हत्याको सेरोफेरोमा थुप्रै हत्याहरू भएका छन् । प्रहरी हिरासतमै पनि कैयौं चेलीले ज्यान गुमाएका छन् ।

ती सवैको अनुसन्धानबाट हत्यारा पत्ता लाग्ने तर निर्मलाको मात्रै दोषी पत्ता लाग्न नसक्ने हुनै सक्दैन । यसमा बर्तमान गृहमन्त्रीको अग्निपरिक्षा सुरु भैसकेको छ । यो नृशंस घटनामा संलग्न दोषी ठूलै राजनैतिक शक्तिकेन्द्र नजिक रहेको आशंका पहिलेदेखि गरिएको हो ।

त्यति नै बेला दोषी पत्ता लाग्ने थुप्रै दसी प्रमाण थिए र ती सवै नष्ट गरिएको प्रहरीको प्रारम्भिक रिपोर्टले बताउँछ । यो घटनामा संलग्न दोषी ठूलो शक्तिकेन्द्र नजिक भएकोले यो केवल औपचारिकता मात्रै हुने हो कि भन्ने चिन्ता छ । तर, न्याय मर्दैन कि भन्ने गृहमन्त्रीको पछिल्लो प्रतिवद्धताले केही आशा अवश्य पलाएको छ । अहिले यो घटनालाई केवल चर्चामा मात्र होइन, दोषी पत्ता लगाएर कानुनी कठघरामा उभ्याउने काममा गृहमन्त्री लेखकलाई सफलता मिलोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?