Butwal Today

बहु विवाह गर्न पाउने गरी विधेयक संसद्मा आउँदैन्ः कानुन मन्त्री

२१ श्रावण २०८२, बुधबार
अ+
अ-

काठमाडौँ, २१ साउन ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरसियाले बहुविवाह गर्न पाउने गरी कानुन नबनेको र नबनाइने प्रस्ट पारेका छन् । प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै कानुन मन्त्री चौरसियाले बहुविवाह गर्ने कानुन नबनाएको र भोली पनि सो व्यवस्था राखेर संसद्मा विधेयक नआउने पनि बताएका छन् ।

‘समाजमा नकारात्मक असर पर्ने बहुविवाह सम्बन्धी व्यवस्था गरिएका विधेयक प्रतिनिधिसभामा सरकारले पेस नगर्ने प्रतिबद्धता जनाउँछु,’ उनले सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै भने ।

सभामुख देवराज घिमिरेसँग समय मागेर उनले सरकारको धारणा संसद्मा राखेका हुन् । त्यसअघि नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेलगायतले प्रश्न उठाए पछि कानुन मन्त्रीले जवाफ दिएका हुन् ।