ट्रेंडिंग:

>> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए

३.९६ जिपिएसहित क्याननका राजेशको लक्ष्य– कम्प्युटर इन्जिनियर बन्ने

२१ श्रावण २०८२, बुधबार
२१ श्रावण २०८२, बुधबार

बुटवल, २१ साउन

क्यानन सेकेन्डरी स्कुलका विद्यार्थी राजेश पौडेलले कक्षा १२ को परीक्षामा ३.९६ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन्। विज्ञान संकायबाट उत्कृष्ट नतिजा ल्याउने राजेशलाई विद्यालयले नेपाल प्रथम भएको दाबी गर्दै १५ हजार रुपैयाँ नगदसहित सम्मान गरेको छ।

कपिलवस्तु घर भएका राजेश कक्षा ११ र १२ बुटवलको क्याननमा अध्ययन गरेका हुन्। उनले आफूले हासिल गरेको नतिजाको श्रेय विद्यालयको व्यक्तिगत ध्यान, शिक्षण पद्धति र आफ्नै कडा परिश्रमलाई दिएका छन्। “क्याननमा विद्यार्थी थोरै भए पनि हेरचाह राम्रो छ। मेहनत गरे फल पाइन्छ भन्ने कुरा मैले अनुभव गरें,” उनले भने।

सम्मान कार्यक्रममा राजेशले अबको लक्ष्य नेपालमै कम्प्युटर इन्जिनियरिङ अध्ययन गर्ने बताएका छन्।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष थानेश्वर पौडेलले निजी क्षेत्रको पहलमा सन् २०५३ सालमा स्थापना गरिएको क्यानन सेकेन्डरी स्कुलले शिक्षाको गुणस्तरमा निरन्तर ध्यान दिँदै आएको बताए। “हामी व्यवहारिक शिक्षालाई प्राथमिकता दिन्छौं। शिक्षासँगै आयआर्जन जोड्ने उद्देश्यले आगामी योजना तयार गरेका छौं,” उनले भने।

विद्यालयका प्रधानाध्यापक शंकर भण्डारीका अनुसार विद्यालयले प्रविधिमैत्री शिक्षण पद्धति अपनाउँदै आएको छ। “प्रत्येक कक्षाकोठामा स्मार्ट बोर्ड र क्याबिनेटसहितको पूर्वाधार छ। गुणस्तरीय शिक्षा दिने हाम्रो प्रयास सफल भइरहेको छ,” उनले बताए।

उनका अनुसार कक्षा १२ मा विज्ञान र व्यवस्थापन संकाय गरी कुल १९९ विद्यार्थी परीक्षामा सहभागी भएका थिए। विज्ञानतर्फ २९ जना सबै उत्तीर्ण, व्यवस्थापनतर्फ १२० जनामध्ये ८० प्रतिशत उत्तीर्ण भएका छन्। अतिरिक्त गतिविधिमा पनि विद्यालय सक्रिय रहेको उनले बताए—“हामी नृत्य, कला, नाटक जस्ता कक्षाहरू निःशुल्क सञ्चालन गर्छौं।”

कार्यक्रममा नेपाल पत्रकार महासंघ, रुपन्देहीका उपाध्यक्ष विश्वास ढकालले निजी क्षेत्रको शिक्षामा योगदानबारे चर्चा गरे।

विद्यालयका सह–प्रधानाध्यापक विष्णुप्रसाद न्यौपानेले इण्टर्नसिप र व्यावसायिक अभ्यासमा विद्यालयको ध्यान रहेको बताए। “डिम्याट खाता खोल्ने, आईपीओ भर्ने, इन्सुरेन्स, होटल म्यानेजमेन्टका विद्यार्थीहरूलाई ‘जव प्लेसमेन्ट ग्यारेन्टी’सहित रोजगारीको अवसर दिलाएका छौं,” उनले भने।

गत वर्षको “डिजाइन थिङ्किङ” कार्यक्रम अन्तर्गत कक्षा ११ र १२ का विद्यार्थीलाई “पढ्दै कमाउँदै” अभियानमा समावेश गरिएको उनले जानकारी गराए।

नगरमा सामुदायिकमा कालिका, संस्थागतमा अन्नपूर्ण प्रथम

यसैबिच बुटवलका सामुदायिक तथा संस्थागत विद्यालयहरु आआफनो विद्यार्थीहरुबाट उत्कृष्ट नतिजासहित नेपाल प्रथम भएको दाबी गरेको बेला बुटवल उपमहानगरपालिकाले शैक्षिक सत्र २०८१ को कक्षा १२ को परिक्षाको नगरस्तरीय नतिजाको विश्लेषण गर्दै उत्कृष्ट विद्यालयको सूचि सार्वजनिक गरेको छ ।

परीक्षामा सम्मिलित विद्यार्थी संख्या, उत्तीर्ण संख्या, उत्तीर्ण प्रतिशत, उत्कृष्ट जिपिए र ग्रेड वृद्धि संख्याको आधारमा उत्कृष्ट विद्यालय घोषणा गरेको हो । जस अनुसार कालिका मानव ज्ञान मावि १७ सय ४१ विद्यार्थी सहभागी हुँदै ९१.८४ प्रतिशत उत्तीर्ण र ३.९५ जिपिएसहित १२४ ग्रेड वृद्धि गर्दै प्रथम भएको जानकारी दिएको छ । यसैगरी कान्ति मावि दोस्रो, नविन औद्योगिक कदर बहादुर मावि तेस्रो भएको छ ।
यसैगरी संस्थागत तर्फ १२४ जना विद्यार्थी सहभागी हँुदै ७३.३९ प्रतिशत उत्तीर्ण, ३.७५ जिपिए र ३३ ग्रेड वृद्धिसहित अन्नपूर्ण मावि प्रथम भएको छ । त्रिभुवन युनाईटेड एकेडेमी दोस्रो तथा अक्सफोर्ड मावि तेस्रो भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?