ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

पुल नबन्दा यात्रुलाई सास्ती, दुबै पुल अलपत्र

२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार

समाचार सारांश


  • तीन वर्षदेखि पुलको निर्माण कार्य अलपत्र परेको छ । 

  • वर्तमान मन्त्री भुमिश्वर ढकालले अवलोकन गरी पहल गर्ने आश्वासन दिएका थिए, तर कुनै कार्यान्वयन भएन ।

  • एक पुल नबनिँदै पाँच सय मिटर दक्षिणमा अर्को पुलको शिलान्यास, अहिले दुबै पुल अधुरो ।

  • उक्त पुल भएर विश्व बैंकको ६२ करोड लगानीमा पण्डितपुर सडक परियोजना सञ्चालन हुँदैछ ।


 

नवलपरासी,२० साउन ।

जिल्लाको परासी—पण्डितपुर पर्यटन मागमा पर्ने तुरियाखोला पुल तीन वर्षदेखि अलपत्र परेपछि सरोकारवालाले पुल निर्माणका लागि लुम्बिनी प्रदेश सरकारको ध्यानाकर्षण गराएका छन् ।

मन्त्री आउने र पुल बनाई दिने आश्वासनमा सीमित बनेको उक्त पुलको निर्माणमा ध्यान दिइनु पर्ने उद्योग वाणिज्य सङ्घका अध्यक्ष ओम प्रकाश अग्रहरीले बताए । स्थानीय रूपमा गुनासो आएपछि लुम्बिनी प्रदेश सभा सदस्य बैजनाथ कलवारले लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमिश्वर ढकालको ध्यानाकर्षण गराएका छन् ।

औपचारिक रूपमा नेता तथा मन्त्रीहरूले आश्वासन दिए पनि ठेकेदारको सामु ती नेता र मन्त्रीको केही नचल्ने गरेको आरोप स्थानीयले लगाएका छन् ।

पुल तीन वर्षदेखि अलपत्र रहेको सङ्घका अध्यक्ष अग्रहरीले पुल देखाउँदै भने, हेर्दै जाऊ कहिले पुल बन्छ ? सडक बन्यो, तर पुल अहिले अलपत्र छ, उनले थपे, सरकारले चाह्यो भन्ने के हुँदैन, तर गर्न चाहेको जस्तो देखिएन ।

रामग्राम–१५ स्थित तुरियाखोला पुलको डिजाइन फेल भएर निर्माण कार्य रोकिएको पण्डितपुर पर्यटन मार्गको पुल म्याद सकिएको तीन वर्ष पुग्न लाग्दा पनि निर्माण कार्य पुनः सुचारु हुन सकेको छैन ।

पुरानो हुलाकी मार्गमा पर्ने सो तुरियाखोला पुलको उचाइ नै कम राखेर डिजाइन गरेको कारण अहिले पुलको डिजाइन नै फेल भएर अलपत्र परेको छ । उक्त पुलको डिजाइन परिमार्जन गरी पुलको निर्माणका लागि यस क्षेत्रका प्रदेश सांसदले पहल गर्नु भन्दा छुट्टै पुल निर्माण तर्फ लाग्दा पुल अलपत्र परेको स्थानीयले बताएका छन् ।

एउटा पुल नबन्दै त्यसको पाँच सय मिटर दक्षिणमा सोही नदीमा अर्को पुलको गत आर्थिक वर्षमा शिलान्यास भएको थियो । अहिले दुवै पुल निर्माण कार्य अलपत्र छन्, नागरिक समाजका अध्यक्ष समेत रहेका स्थानीय राधेश्याम सिंह सैथवारले भने, जनप्रतिनिधिको गैर जिम्मेवारी र प्राविधिकको लाचारीको यो प्रमाण हो ।

जनताको करले बन्ने करोडौँका पुल जनप्रतिनिधि र प्राविधिकको खेलाँची भएको छ । एउटा पुलको कार्य सम्पन्न नहुँदै अर्को पुलतर्फ प्रयास गर्नु र अहिले दुवै पुलको काम नभएर आखिरमा जनता नै मर्कामा पर्ने गरेको अध्यक्ष सैथवारले बताए । यसप्रति सरकार गम्भीरताका साथ काम गर्नु पर्ने उनले औँल्याए ।

सडक पूर्वाधार विकास कार्यालय (आरआईडिओ) मणिग्राम रुपन्देहीले उक्त पुलको डिजाइन गरी ठेक्का लगाएको थियो । उक्त पुलको निर्माण कार्यको जिम्मेवारी एम÷एस सगुन ओम इन्फ्राटेक जेभि कालिकानगर बुटवल रुपन्देहीले ठेक्का साकार गरी निर्माण सुरु गरेको थियो ।

पुलको शिलान्यास तत्कालीन लुम्बिनी प्रदेश सरकारका पहिलो भौतिक पूर्वाधार विकास मन्त्रालयका मन्त्री बैजनाथ चौधरीले ठुलै समारोहको बिच शिलान्यास गरेका थिए । पुल निर्माणको डिजाइन नै फेल होला भनेर लागेको थिएन होला ।

अहिले चार जना भौतिक पूर्वाधार मन्त्री फेरिए तर पुलको अवस्था फेरिएन । गत वर्ष नै सो पुलको स्थलगत अवलोकन गरी फर्केका हालका भौतिक पूर्वाधार मन्त्री ढकाल तत्कालै पुल निर्माणका लागि पहल गरिने भनेका थिए,तर उनले भनेको पनि वर्ष दिन पुग्यो, काम सुरु भएन, सोही वार्डका वार्ड अध्यक्ष धनपत यादवले बताए ।

अहिले मन्त्रीलाई पुनः भेटेर ध्यानाकर्षण गराएका छौँ, फेरी आश्वासन दिएका छन् । २०७७ साल वैशाख ३१ गते सम्झौता भई २०७९ कार्तिक ३० भित्रमा पुलको निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो । अहिले २०८२ को कार्तिक आउन थाल्यो । ६० मिटर लामो पुलको स्पान ३० बाई २ रहेको छ ।

स्विस सरकार विकास सहयोग (एसडिसी) को ८ करोड ७९ लाख ९५ हजार ४ सय १९ रुपियाँमा पुलको निर्माण कार्य सम्पन्न गर्नु पर्ने थियो । पुलको प्राविधिक सहयोग स्थानीय सडक पुल कार्यक्रम (एलआरविपी) र स्थानीय सडक पुल सहयोग इकाई (एलआरविएसयु) मणिग्रामले नै गर्दै आएको छ ।

प्राविधिक लापरबाहीले पुलको डिजाइन नै फेल भएको छ । पुलको उचाइ करिब ढाई मिटर अझ अग्लो बनाउनु पर्नेमा कम गरिएको थियो ।
सोही पुल भएर अहिले विश्व बैङ्कको ६२ करोड लगानीमा प्राचीन कोलिय गणराज्यको राजधानी भएको (हाल पण्डितपुर) जोड्ने सडकको निर्माण कार्य भइरहेको छ ।

सडक बन्यो तर पुल बनेन भन्ने अर्को समस्या देखिन सक्छ । पुलको डिजाइन फेलले स्थानीय बासीलाई निराश बनाएको एक स्थानीयले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?