ट्रेंडिंग:

>> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

राजपुरमा दूध संकलन केन्द्र स्थापना

२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार

लमही, २० साउन ।

दाङको राजपुर गाउँपालिका जुन दाङकै सबैभन्दा बढी दूध उत्पादन गर्ने पालिका हो । यस पालिकामा बहुसङ्ख्यक अवधि समुदायको बसोबास रहेको छ । उनीहरूको मुख्य पेशा नै भैंसीपालन गर्दै आएका छन् । उनीहरूले उत्पादन गरेको दूध, दही गाउँमा खपत नहुँदा लामो दुरीमा रहेको लमही, घोराही र भालुबाङ दही बनाएर बेच्नु पर्ने बाध्यता रहँदै आएको थियो ।

अहिले राजपुर–३ प्रतापपुरमा दूध उत्पादन गर्ने किसानहरूलाई लक्षित गर्दै आधुनिक दूध सङ्कलन केन्द्र स्थापना गरिएको छ । किसानको उत्पादनलाई उचित मूल्यमा व्यवस्थापन गर्ने उद्देश्यले स्थापना गरिएको यो केन्द्रले दैनिक रूपमा किसानबाट दूध सङ्कलन गर्न सुरु गरेको छ ।

केन्द्रमा दूध तौल गर्ने डिजिटल प्रणाली, सङ्कलन भण्डारण ट्याङ्की र चिलिङ सिस्टम जडान गरिएको छ । राजपुरका किसानहरू लामो समयदेखि दूधको उचित मूल्य नपाएको, बजार अभाव, र सस्तो मूल्यमा बिक्री गर्न बाध्य रहेको गुनासो गर्दै आएका थिए । स्थानीय किसान दयावन्ती यादब भन्छिन्, ‘अब हामीलाई निश्चित मूल्यमा दूध बेच्न पाइनेछ ।

किसानलाई न्याय हुने विश्वास लागेको छ ।’ पहिले फुटकर स्थानीय व्यापारीलाई ६० रुपैयाँ प्रतिलिटर दूध बेच्दै आएकोमा अहिले सङ्कलन केन्द्रमा बेच्दा १ सय ६ प्रति लिटरमा बिक्री गरिरहेको बताइन ।
यस योजनामा गाउँपालिकाको भिटा कार्यक्रम अन्तर्गत लगानी गरिएको जानकारी भिटा परियोजना संयोजक गिरिराज भट्टले जानकारी दिए ।

केन्द्रको सञ्चालन, व्यवस्थापन र अनुगमन स्थानीय सहकारी संस्थामार्फत गरिनेछ । किसानहरूको दूध उत्पादनलाई गुणस्तर र परिमाणका आधारमा मूल्याङ्कन गरिने प्रणाली पनि लागू गरिनेछ । राजपुर गाउँपालिकाका अध्यक्षले केन्द्र किसानको जीवनस्तर उकास्ने महत्त्वपूर्ण आधार बन्ने आगामी दिनमा पशुपालनलाई व्यवस्थित गर्दै यस क्षेत्रलाई ‘दूधको केन्द्र’ बनाउने योजना रहेको बताए ।

हामीले उत्पादनको मूल्य स्थायित्व, गुणस्तर आधारित मूल्याङ्कन र नियमित सङ्कलन प्रणाली सुनिश्चित गर्नेछौँ । यो केन्द्रले केवल दूध मात्रै होइन, किसानको विश्वास पनि सङ्कलन गर्नेछु बुढाथोकीले भने । त्यस्तै गाउँपालिका कि उपाध्यक्ष धनपती देबि यादवले दूध सङ्कलन केन्द्रको स्थापना हाम्रो गाउँपालिकाको कृषि र पशुपालन क्षेत्रमा उपलब्धि भएकाले यसबाट किसानहरूले अब आफ्नो उत्पादनलाई सस्तोमा बेच्छु कि भन्ने चिन्ता गर्नु नपर्ने बताइन ।

स्थापना गरिएको केन्द्रबाट दैनिक १ हजार घर परिवार बाट २ हजार लिटरभन्दा बढी दूध सङ्कलन गरिने अपेक्षा गरिएको छ । आगामी दिनमा नस्ल सुधार, पशु आहार अनुदान र तालिम कार्यक्रम समेत सञ्चालन गरिने जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?