© २०२३
बुटवल, २० साउन ।
अक्सफोर्ड बोर्डिङ स्कुलका सानासाना बालबालिकाहरू सोमबार फरक कार्यक्रममा सहभागी भए, मनोरञ्जनसहितको स्वास्थ्य सचेतना कार्यक्रम । एलकेजीका बालबालिकाहरूले “म जङ्क फुड खान्न“ भन्ने नारासहित विद्यालय परिसरमा मार्च पास गरे ।
४–५ वर्षका ती नानीहरूमध्ये कोहीले ग्लोब्स लगाए, कसैले मास्क, त कतै शिरमा खानेकुराका परिकारका तस्बिर सजाइएका थिए । उनिहरुले छोटो नाटकमा अभिनय गरे जसमा अस्वस्थ खानपान र मोबाइल लतले पार्ने असर दर्शाए ।
बालबालिकामा मोबाइलको अत्यधिक प्रयोग र जङ्क फुडप्रति आकर्षण बढ्दै जाँदा यसबाट निम्त्याउने स्वास्थ्य समस्याप्रति सचेत गराउने गरि कार्यक्रम गरिएको प्रधानाध्यापक दिनेश भुसालले बताए । ‘विद्यालयको नियमित गतिविधिको हिस्सामा यो पर्छ ।’– उनले भने । व्यावहारिक ज्ञान र जीवनशैलीका संस्कार दिने उद्देश्यका साथ रचनात्मक कार्यक्रमलाई निरन्तरता दिदै आएको उनको दाबी छ ।
करीब १५० बालबालिकालाई समेटिएको कार्यक्रममा एलकेजीका विद्यार्थीहरूले आफ्नै साथीहरूलाई ‘दालभात खानुपर्छ’, ‘बाहिरी खाना खाँदा बिरामी हुन्छौं’ भन्ने सन्देश दिएका थिए । उनीहरूको प्रस्तुतिमा अभिभावकहरू समेत प्रभावित देखिन्थे ।
कार्यक्रममा सहभागी अभिभावक कल्पना चिदीले आफनो छोराबाट गरेको प्रर्दशन धेरै राम्रो भएको बताईन । नाटकबाट कस्ता खाना खाने भन्ने कुरा समेत सिकाई भएको उनले बताईन ।
विद्यालयमा बाहिरी खाना प्रतिबन्ध गरिएको छ । स्वस्थ जीवनशैलीको विकास, सरसफाइको महत्व र मोबाइलको सीमित प्रयोगबारे सचेतना जगाउने उद्देश्यले गरिएको कार्यक्रमका बारेमा प्री–स्कुल इञ्चार्ज गीता थापाले जानकारी दिइन् ।
स्वास्थ्य सहायक स्वास्तिका थापाले विद्यार्थीहरुलाई सरसफाइ, राम्रो बानीका बारेमा विद्यालयमा सचेतनात्मक भिडियोमार्फत सहज भाषामा जानकारी दिने गरेको बताईन ।