© 2026
काठमाडौं, २० साउन।
नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुनको भाउ एकैदिन १ हजार ९०० रुपैयाँले बढेर तोलाको १ लाख ९८ हजार ५ सय रुपैयाँमा पुगेको छ।
यसअघि वैशाख ९ गते सुनको मूल्य अहिलेसम्मकै उच्च विन्दु १ लाख ९७ हजार ९ सय रुपैयाँमा पुगेको थियो। हिजो सुनको भाउ १ लाख ९६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदीको भाउ २५ रुपैयाँले बढेर तोलाको २ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजोको मूल्य २ हजार २ सय ५५ रुपैयाँ थियो।
महासंघले अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धि तथा डलरको भाउमा देखिएको उतारचढावले नेपाली बजारमा सुनचाँदीको मूल्यमा प्रत्यक्ष प्रभाव परेको बताएको छ।