ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

अब असोज १ देखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य, लाइसेन्स छपाइमा पनि तीव्रता

२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार

 काठमाडौं , २० साउन  ।

अब देशभरका सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य हुने भएको छ। भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालको अध्यक्षतामा मंगलबार सम्पन्न संघ, प्रदेश र स्थानीय तहबीचको समन्वय समितिको बैठकले २०८२ असोज १ गतेदेखि यो व्यवस्था लागू गर्ने निर्णय गरेको हो।

निर्णय अनुसार, प्रदेश सरकार अन्तर्गत रहेका सबै यातायात व्यवस्था कार्यालयहरूले सवारी दर्ता, नामसारी र नवीकरणका क्रममा इम्बोस्ड नम्बर प्लेट अनिवार्य रूपमा जडान गर्नुपर्नेछ। यसको प्रभावकारी कार्यान्वयनका लागि यातायात विभागले प्राविधिक सहयोग उपलब्ध गराउनेछ भने ट्राफिक प्रहरी परिचालन गर्न गृह मन्त्रालयसँग समन्वय गरिनेछ।

साथै, सवारी चालक अनुमति पत्र (लाइसेन्स) छपाइमा देखिएको ढिलाइ अन्त्य गर्न पनि बैठकले आग्रह गरेको छ। सुरक्षण मुद्रण केन्द्र र यातायात व्यवस्था विभागबीच २०८२ जेठ ९ गते भएको समझदारी अनुसार, असार मसान्तभित्र छपाइ सुरु गर्ने भनिएको थियो। तर हालसम्म प्रक्रिया सुस्त रहेकाले भदौ मसान्तभित्र छपाइ शुरू गर्न केन्द्रलाई औपचारिक अनुरोध गर्ने निर्णय भएको छ। कोशी, बागमती र गण्डकी प्रदेशले लाइसेन्स छपाइका लागि आवश्यक खरिद प्रक्रिया अघि बढाइसकेको सन्दर्भमा छपाइ कार्य यथाशीघ्र प्रारम्भ गर्न निर्देशन दिइएको हो।

बैठकले सवारी चालक अनुमति पत्रलाई १० वर्षे अवधिमा रूपान्तरण गर्दा राजश्वमा एकरूपता कायम गर्नुपर्ने, तथ्याङ्क डिजिटलाइज गर्ने, भुक्तानी प्रणाली विद्युतीय बनाउने, सफ्टवेयर प्रणाली व्यवस्थित पार्ने, बेरुजु फर्स्योट प्रभावकारी बनाउने र राइड सेयरिङमा एकरूपता ल्याई कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ।

संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन, २०७७ को दफा २२ अनुसार सम्पन्न उक्त बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले संविधान र कानुनले तोकेअनुसारका व्यवस्थाहरू कार्यान्वयन गर्दै संघीयता बलियो बनाउनुपर्ने बताए। तीनै तहको समन्वय र सहकार्यबाट मात्रै नागरिकलाई प्रभावकारी सेवा दिन सकिने उनको भनाइ थियो।

बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्माले विगतमा भएका निर्णयहरूको समीक्षा गर्दै आगामी योजनाबारे महत्वपूर्ण निर्णयहरू गरिएको जानकारी दिए। बैठकमा संघ र प्रदेश सरकारका मन्त्री, सचिव र स्थानीय तहका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?