© २०२३
हेटाैंडा ।
बागमती प्रदेश सरकारमा आठ जना नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले उनीहरूलाई शपथ गराएका हुन्।
शपथ लिने मन्त्रीहरूमध्ये दुई जना नेपाली कांग्रेसका र छ जना एमालेका रहेका छन्। मुख्यमन्त्री बानियाले एमालेतर्फबाट मधुसुदन पौडेललाई कृषि तथा पशुपंछी विकास मन्त्री, डा. दिनेश चन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकासमन्त्री, जयराम थापालाई श्रम, रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको जिम्मेवारी दिएका छन्।
नेपाली कांग्रेसबाट भने कृष्णकुमार तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्री र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्रीको रूपमा नियुक्त गरिएको छ। कांग्रेसको भागमा परेका ७ मन्त्रालयमध्ये दुईमा मात्र मन्त्री पठाइएको छ भने बाँकी ५ मन्त्रालय मुख्यमन्त्री बानियाले आफैं मातहत राखेका छन्।