© २०२३
काठमाडौँ ।
काठमाडौँमा अष्ट्रेलियन एजुकेसन फेयर २०२५ नामक शैक्षिक मेला हुने भएको छ।
नयाँ बानेश्वरमा रहेको गोरेटो एजुकेसन कन्सलट्यान्सीको आयोजनामा अध्ययनका लागि अष्ट्रेलिया जाने विद्यार्थीहरूलाई लक्षित गर्दै अष्ट्रेलियन एजुकेसन फेयर २०२५ को आयोजना गर्न लागिएको हो।
शैक्षिक मेला यही १२ अगष्टबाट सुरु हुनेछ। मेला ५ दिनसम्म चल्ने आयोजकले जनाएको छ। अष्ट्रेलियन एजुकेसन फेयर नाम दिइएको शैक्षिक मेलामा अष्ट्रेलियाका विभिन्न कलेजका प्रतिनिधिकै उपस्थितिमा कुन सहरका कुन विश्वविद्यालयमा जाँदा विद्यार्थीलाई उपयुक्त हुन्छ भन्ने विषयमा पनि जानकारी दिइनेछ।
फेयरमा अष्ट्रेलियामा रहेका विश्वविद्यालयको भौतिक संरचनादेखि दक्ष र अनुभवी काउन्स्लरबाट पनि कोर्स सेलेक्सन, अध्ययनमा जाँदा लाग्ने लागतदेखि आईएलट्स, टोफेलका बारेमा जानकारी दिइनेछ।
फेयरमा उपस्थित हुने विद्यार्थीमध्ये १० भन्दा बढी विद्यार्थीलाई आईएलट्स, टोफेलको नि:शुल्क व्यवस्था गरिने बताइएको छ। फेयरमा राष्ट्रिय स्तरका कलाकारले पनि प्रस्तुति दिनेछन्।