ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

सडक बन्छ भनेर ३ करोड छुट्याइयो, तर हालत जस्ताको तस्तै

२० श्रावण २०८२, मंगलवार
२० श्रावण २०८२, मंगलवार

बाँके, २० साउन ।

जमुनाहादेखि सुर्खेतको हर्रे डाँडासम्म फैलिएको सुर्खेत सडक वर्षासँगै हिलाम्मे बन्न पुगेको छ । कालोपत्रे भए पनि उक्त सडक भत्किएर खाल्डा र हिलाम्मे छ ।  एकातिर बजेट अभाव त अर्कोतर्फ मर्मतको लापरबाहीले गर्दा यो सडक मर्मत हुन सकेको छैन ।

सात दशक अगाडि बनेको यो सडक लुम्बिनी प्रदेशको राजधानी दाङ (देउखुरी) सँग सुर्खेत, कर्णाली प्रदेशलाई जोड्ने प्रमुख सडक पनि हो ।  ६९ किलोमिटर लामो यो सडकको महत्त्व झन् बढेको छ, तर अवस्था हेर्दा सरकार र ठेकेदारहरूको आँखा अझै पुग्न सकेको छैन ।

हल्दारपुर, पुरै कोहलपुर बजार, खजुरा चोकदेखि भेन्सीपुर, रामनगर, चिसापानी, बन कटुवा हुँदै हर्रे डाँडासम्मको सडक भत्किदा यात्रुहरूले समस्या झेलिरहेका छन् । ठेकेदार कम्पनीले मर्मतका लागि खनेको ठाउँमा वर्षाले झनै हिलाम्मे बनेको छ ।

‘डिभिजन सडक कार्यालय नेपालगन्जका प्रमुख इन्जिनियर नरेन्द्र भट्ट भन्छन्, “सुर्खेत रोडमा हामीले कमजोर ठाउँहरू मर्मत गर्दै छौँ, तर सबै ठाउँ एकै पटक गर्न सक्ने अवस्था छैन । बजेट सीमित छ । अहिले हल्दारपुर आसपास मर्मत भइरहेको छ ।”

‘सरकारले २०८१/८२ सालमा ६९ किलोमिटर सडक मर्मतका लागि जम्मा ३ करोड ७५ लाख बजेट छुट्टाएको थियो । जबकि आवश्यक रकम यसभन्दा दोब्बरभन्दा बढी हो । “हाम्रो विभागको मर्मतको योजना अनुसार यो बाटोलाई एक पटक पूर्ण कालोपत्रे गरेर त्यसपछि हरेक तीन वर्षमा मर्मत गर्नु पर्ने हो,” इन्जिनियर भट्टले थपे, “तर अहिले हामी टालटुलमै सीमित छौँ ।”

‘कोहलपुर नगरपालिका वडा नम्बर ६ का सुकदेव थारुले वर्षा लागेपछि त सडकमा सवारी चलाउनेले हैरानी भोगिरहेको बताए । कहिले स्कुटर पल्टिन्छ, कहिले बाइक खस्छ । २ महिना पहिला मात्रै कोहलपुरमा खनिएको बाटोमा चिप्लिएर मोटरसाइकल पल्टिँदा एक जनाको मृत्यु भयो, उनले थपे ।

‘प्रहरीका अनुसार, साउन महिना मात्रै नेपालगन्ज–कोहलपुर खण्डमा १३ वटा सवारी दुर्घटना भइसकेका छन् ।’ कोहलपुर नगरपालिकाका प्रमुख पूर्ण प्रसाद आचार्यले सडक सङ्घीय सरकारको अन्तर्गत रहेकाले नगरले काम नगरेको बताए ।

डिभिजन सडक कार्यालयले मर्मतका लागि महात्रिपुरा पञ्चकोशी नागदेव निर्माण कम्पनीसँग १ करोड २४ लाखको ठेक्का सम्झौता गरेको छ । हल्दारपुर क्षेत्रमा काम गरिरहे तापनि वर्षाको बहानामा, सडक खनिएको अवस्थामा छोडिदिएपछि झनै दुर्घटनाको जोखिम बढेको छ ।

नेपालगन्जको सुर्खेत रोड—जहाँ दैनिक हजारौँको यात्रा हुन्छ—आज राज्यको बेवास्ता, बजेटको अभाव, ठेकेदारको लापरबाही, र मौसमको क्रूरताले चर्किंदैछ । सवारी चालक, पैदल यात्री, व्यापारी, विद्यार्थी सबै पीडित छन्

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?