ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

नगरप्रमुखको प्रतिवद्धता पुरानै, गुनासाको भारी झन् चर्को

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

दाङ, १९ साउन

घोराही उपमहानगरपालिकाको सार्वजनिक सुनुवाईमा सेवाग्राहीले गुनासै गुनासाको चाङ पोखेका छन् ।

“विकासको नाममा ढिलासुस्तीले जनतालाई सास्ती मात्र होइन, निराशा पनि थपेको छ“, सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै एक नगरबासीले भने । आर्थिक वर्ष २०८१÷८२ को वार्षिक योजना, बजेट तथा सार्वजनिक सेवा प्रवाहको प्रभावकारितामाथि गरिएको कार्यक्रममा अधिकांश सेवाग्राहीले पालिकाको कामप्रति असन्तुष्टि व्यक्त गरे ।

सुनुवाइमा सहभागी नागरिकहरूले निर्माणाधीन भौतिक पूर्वाधारमा देखिएको ढिलासुस्ती र समन्वयको अभावप्रति गम्भीर ध्यानाकर्षण गराए । संघ र प्रदेश सरकारसँगका योजनामा पालिकाले समन्वय गर्न नसकेको, बहुवर्षीय योजनाहरू जीवनसँग नजोडिएको, र सडक मर्मत तथा अन्य आधारभूत सेवा कार्यान्वयनमा प्रभावकारिता नदेखिएको गुनासो प्रमुख रूपमा उठाइयो ।

विद्यार्थी तथा अभिभावकले शिक्षा क्षेत्रमा ध्यान दिन माग गर्दै बालमैत्री वातावरण सिर्जना, पुस्तकालयको व्यवस्था, सकारात्मक सोच विकासका कार्यक्रम विस्तार गर्न माग गरे । अभिभावकले संस्कारयुक्त शिक्षा र विद्यालयस्तरमै उत्प्रेरणात्मक गतिविधि सञ्चालनको खाँचो औँल्याए ।

स्वास्थ्य सेवा क्षेत्रमा स्वयंसेविकाको समस्या सम्बोधन, शिक्षक दरबन्दी मिलानमा ढिलाइ, र फोहरमैला करको वैज्ञानिक निर्धारणको माग पनि प्रष्ट रूपमा राखिएको थियो । “हामी जनताको पैसा तिर्छौं, तर सेवा भने झन् जटिल र ढिलो पाइन्छ”, एक सहभागीले टिप्पणी गरे ।

यस्ता गुनासोहरूमाझ नगर प्रमुख नरुलाल चौधरीले समृद्ध उपमहानगर बनाउने पालिकाको नीतिलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाए । फोहरमैला करलाई वैज्ञानिक बनाउने र टोल टोलमा सरसफाइ कार्यक्रम विस्तार गर्ने योजनाबारे जानकारी दिए । सडक मर्मत सडक बोर्डमार्फत हुने स्पष्ट पार्दै कार्यसम्पादनमा गृहकार्य भइरहेको बताए ।

उपप्रमुख हुमाकुमारी डिसीले शिक्षा, स्वास्थ्य, कृषि तथा युवा उद्यमशीलता जस्ता क्षेत्रमा परिणाममुखी काम भइरहेको बताइन् । तर सेवाग्राहीको अनुभव र गुनासो भने त्यो दाबीसँग मेल खाँदैन भन्ने आभास सुनुवाइभरि देखियो ।

पालिकाका सूचना अधिकारी भीमबहादुर चौधरीले वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै कुल बजेटको ७७.६७ प्रतिशत खर्च भएको जानकारी दिए । तर त्यस खर्चले जीवनमा कति प्रभाव पारेको भन्ने सवालमा नागरिक अझै सन्तुष्ट देखिएनन् ।

कार्यक्रममा कार्यपालिका सदस्य, वडा अध्यक्ष, टोल विकास संस्था, शिक्षक, स्वास्थ्य स्वयंसेविका, विद्यार्थी र नागरिक अगुवाको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?