ट्रेंडिंग:

>> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै >> सरकारी कार्यालयमा प्रदेशकै काठ प्रयोग गर्ने लुम्बिनी प्रदेश सरकारको नीति  >> यसवर्षको हिउँदमा सरदरभन्दा कम वर्षा हुने प्रक्षेपण >> बहालमा रहेका जनप्रतिनिधिलाई आगामी निर्वाचनमा कांग्रेसले उम्मेदवार नबनाउने >> दुर्गा प्रसाईं भन्छन् : राजसंस्था र प्रदेशबारे जनमत संग्रह गरौँ

टोलबाट सुरु, नगरमा फैलिँदै: एकीकृत कृषि अभियान

तिलोत्तमा–१० को उद्यमशील टोलबाट सुरु भएको यो अभियान बिस्तारै अन्य वडामा पुगेको छ । धान खेत र करेसाबारीलाई एकीकृत कृषि मोडलमा परिणत गर्दै हाँस पालन समेत जोडिएको छ ।
१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

समाचार सारांश


  • एकीकृत कृषि अभियानले धान खेती, करेसाबारी खेती, र हाँस पालनलाई एउटै मोडलमा समेटेको छ ।

  • वडा नं. १० र १७ मा हाल २०५ भन्दा बढी घरधुरीले हाँस पालन र तरकारी खेती गरिरहेका छन् ।

  • अध्यक्ष विष्णु कँडेल अनुसार यो प्रणाली माटो सुधार, कम लागतमा उत्पादन, र नियमित आम्दानीको स्रोत बन्न सक्छ ।


 

बुटवल, १९ साउन ।

तिलोत्तमा वडा नं. १० का घनसिंह पुन विगत ४ वर्षदेखि आफ्नै करेसाबारीमा तरकारी उत्पादन गर्छन् । उनलाई बजारबाट तरकारी किन्नु परेका छैन । घरकै उत्पादन उनलाई पर्याप्त छ ।

उद्यमशील टोलका संस्थापक अध्यक्ष समेत रहेको उनी बोईलर कुखुरा खान छोडेको ६–७ वर्ष भइसकेको छ । ‘हामी आफ्नो स्वास्थ्यप्रति आफै सचेत हुनुपर्छ,’ उनले भने । उनले घरमा ह्वाईट पेकिङ जातको हाँस पनि पालेका छन् ।

बिरामी भएर धेरै खर्च गर्नभन्दा अर्ग्यानिक खानपिन गर्दा राम्रो हुने उनको तर्क छ । ‘स्वास्थ्य खाने कुरामा हामी चासो दिँदैनौ तर बिरामी हुँदा लाखौँ खर्च गर्न तयार छौँ,’– उनले भने । बजारमा विषादी भएको तरकारी बढी हुने भएकोले आफै उत्पादन गर्न थालेको उनी बताउँछन् ।

अर्ग्यानिक तरकारीसँगै हाँस पनि पालेका उनी अर्ग्यानिक खानेकुरामा जोड दिन्छन् । घरकै गहुँ र मकै हाँसलाई खुवाउँछन् । टोलको नारा ‘अगाडि फूलबारी, प्रत्येक घरको पछाडि करेसाबारी र हरेक घरमा मौरी घार’ लाई आत्मसात् गर्दै अभियानका रूपमा लागेको उनको दाबी छ ।

यसमा स्थानीय पालिकाको सहयोग छ । यो ठाउँलाई अर्ग्यानिक क्षेत्रका रूपमा घोषणा गर्ने लक्ष्य रहेको उनले बताए । उनी मात्र होइन तिलोत्तमा वडा नं. १० का राम बहादुर पुनको पनि आफ्नै करेसाबारी छ । करेसाबारीमा लहरे बालीहरू लगाउँछन् ।

उत्पादन भएका तरकारी उपभोग गर्छन् । बचेको उत्पादन बजारमा बिक्री गर्छन् । खोरमा ६० वटा हाँस पालेका छन् । उनको धान गोड्ने काम यिनै हाँसले गर्छ । ‘धान रोप्नु अघि नै चल्ला राख्छौँ र धान बढ्दै जाँदा एक महिनाभित्र चल्ला खेतमा छोड्छौ,’– उनले भने । पछिल्लो ४ वर्षदेखि उनी नियमित हाँस पाल्दै आएका छन् ।

हाँसले उनको खेतमा गोडमेल गर्ने हुँदा उत्पादन लागत कम गराएको छ भने अर्कोतर्फ हाँसलाई दाना कम दिए पुग्ने हुँदा उनलाई दोहोरो फाइदा मिलेको छ । खेतमा पानी राम्ररी लागेको बेला हाँसले नै सबै झार हटाउने र किराफट्यांग्रा खाने हुँदा धानको गाज राम्रो हुन्छ ।

हाँसलाई बिहान/साँझ १ घण्टा समय दिन्छन् । वर्षाको बेलामा केही समय बाहेक उनी बजारबाट तरकारी किन्दैनन् । तिलोत्तमा नगरपालिकामा इनोभेसन कृषि फर्म, तिलोत्तमा–१० ले उद्यमशील टोलबाट सुरु गरेको यो अभियान बिस्तारै अन्य वडामा विस्तार भइरहेको छ ।

धान खेत र करेसाबारीलाई एकीकृत कृषि मोडलमा परिणत गर्दै हाँस पालन, तरकारी खेती र खाद्य सुरक्षालाई जोड्ने उद्देश्यका साथ कार्यक्रम सुरु गरिएको फर्मका अध्यक्ष विष्णु कँडेलले बताइन ।

कम लागतमा गुणस्तर सहितको उच्च उत्पादन हुने हुँदा यो धेरै उपयोगी भएको उनी बताउँछिन् । माटो सुधार गर्न सकिने उपयुक्त विधि र नियमित रेगुलर आयको पाटोका रूपमा लिन सकिने उनको तर्क छ । वडा नं. १० र १७ मा हाल न्यूनतम २५ देखि १५० वटा हाँससम्म पालिएका करिब २०५ घरधुरी छन् । उत्पादन सुरु भइसकेको र थप बिस्तार हुने सम्भावना प्रबल देखिएको छ ।

अभियानका अगुवा डा. दामोदर भुसाल बङ्गलादेशमा हाँस पालनबाट भएको आर्थिक क्रान्तिको उदाहरण दिँदै यो नेपालमा पनि सम्भव रहेको बताउँछन् । ‘एकीकृत कृषि प्रणाली जुन अर्ग्यानिक खेती हो यसको सुरुवात रुपन्देहीमा भएको छ,’–उनले भने । धानसँगै हाँस पालन गर्दा धानको उत्पादन लागत र हाँस पालनको उत्पादन लागत कम हुने उनको तर्क छ । ‘यसबाट बहु उपयोगी र बहुपक्षीय फाइदा लिन सकिन्छ,’– उनले भने ।

सामान्यतः एक किसानले २५ वटा हाँस पाल्दा ३ महिनामा करिब ८ हजार रुपैयाँ खर्च हुन्छ । जसबाट न्यूनतम २५ हजार आम्दानी गर्न सक्छन् । ‘दुई धुर जमिनलाई बारेर न्यून लगानीमा उच्च उत्पादन सम्भव छ,’– उनले भने ।

बजारमा अर्ग्यानिक खाद्यान्नको माग बढी छ । यस्तोमा सस्तो अर्ग्यानिक उत्पादन गर्ने यो प्रणाली जोड्न सके फाइदा मिल्ने देखिन्छ । बि.सं. २०५७ सालमा युएसआईडिको अभियान स्वरूप चितवनमा यो प्रणाली सुरु गरिएको उनी स्मरण गर्छन् । हाँसलाई बहु बालीसँग जोडेर पाल्ने विषयमा अनुसन्धान नै नेपाल सरकारको प्राथमिकतामा नपरेको उनको दुखेसो छ ।

सरकारबाट ह्याचरी केन्द्र स्थापना र पेलेट फिड मेशिन जडानमा सहयोग गरे यसबाट किसानलाई लागत घटाउन मद्दत मिल्ने उनको तर्क छ ।
देशभित्रै युवाहरूलाई “पढ्दै कमाउँदै” र “कमाउँदै पढ्दै” मोडेल र ज्येष्ठ नागरिकहरूले पाउने भत्ताको रकमलाई उपयोग गर्दै हाँस पालनमा आकर्षित गरेर आयआर्जनमा जोड्ने योजना बनाउन उनको सुझाव छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाका दुई वडामा २०५ भन्दा बढी घरधुरीले हाँस पालनसँगै करेसाबारीबाट तरकारी उत्पादन गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?