ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

शाहरूख खानले पाए २ लाखको पुरस्कार, त्यो पनि पाउन कुरे ३३ वर्ष

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

मुम्बई, १९ साउन ।

भारतको ७१औँ राष्ट्रिय चलचित्र पुरस्कारको घोषणा भएको छ ।

यस पटक धेरै नामले चकित भए पनि सबैभन्दा ठुलो आश्चर्य शाहरुख खानको नामको घोषणाले थियो । उनलाई विक्रान्त मेसी ‘१२ औँ फेल’ सँगसँगै फिल्म जवानका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ ।

तीन दशकभन्दा बढीको अभिनय करियरमा यो उनको पहिलो राष्ट्रिय पुरस्कार हो। शाह रुखको नाम घोषणा हुने बित्तिकै उनलाई देशबाट मात्रै नभई विश्वभरबाट बधाई आएको छ ।

चारैतिरबाट प्रशंसा र बधाई पाइने यो अवार्डका सबै विजेताले अवार्डसँगै पुरस्कार राशि पनि पाउँछन् ? यो प्रश्न धेरैको मनमा उठ्छ। हामी तपाईँलाई जवाफ दिनेछौँ ।

वास्तवमा, राष्ट्रिय पुरस्कार जित्नु कुनै पनि पुरस्कार रकम भन्दा ठुलो कुरा मानिन्छ। तैपनि भारत सरकारले कलाकार र फिल्म निर्माताहरूलाई पुरस्कारको साथमा केही नगद रकम पनि दिने चलन छ।

सबैभन्दा धेरै रकम दादासाहेब फाल्के अवार्डका विजेतालाई दिइन्छ । यो सम्मान प्राप्त गर्ने व्यक्तिलाई पदक, सर्टिफिकेट बाहेक १५ लाख रुपैयाँ पाउँछन् ।

यसपछि स्वर्ण कमल अर्थात् गोल्डेन कमल आउँछ, जसको विजेतालाई ३ लाख रुपैयाँ नगद दिइन्छ । सिल्बर लोटस तेस्रो स्थानमा छ। यसका विजेताहरूलाई २ लाख नगद प्रदान गरिन्छ ।

शाह रुख खान, विक्रान्त मेसी र रानी मुखर्जी जस्ता स्टारलाई रजत कमल अवार्ड दिइनेछ । अर्थात् मेडल र प्रमाणपत्र बाहेक २ लाख रुपैयाँ नगद दिइने छ ।

रजत कमल सर्वश्रेष्ठ अभिनेता, सर्वश्रेष्ठ अभिनेत्री, सर्वश्रेष्ठ सह अभिनेत्री, सर्वश्रेष्ठ सहायक अभिनेता, उत्कृष्ट पार्श्व गायक पुरुष र उत्कृष्ट पार्श्व गायक महिला जस्ता विधाका विजेताहरूलाई पुरस्कृत गरियो। जसमा २ लाख रुपैयाँ नगद दिइएको छ ।

 

सर्वोत्कृष्ट निर्देशक, सर्वोत्कृष्ट फिचर चलचित्र, सर्वोत्कृष्ट लोकप्रिय मनोरञ्जन चलचित्र र उत्कृष्ट बाल चलचित्र जस्ता विधाका विजेताहरुलाई स्वर्ण कमल अवार्डबाट सम्मानित गरिएको छ । अवार्डसँगै उनलाई तीन लाख रुपैयाँ पुरस्कार प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?