ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

तीन दिनको गिरावटपछि शेयर बजार सम्हालियो, नेप्से ८.६२ अंकले बढ्यो

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

काठमाडौं , १९ साउन ।

अघिल्ला तीन कारोबार दिन लगातार गिरावट आएको शेयर बजार आज सोमबार सम्हालिएको छ। नेप्से परिसूचक आज ८.६२ अंकले बढ्दै २,८६७ अंकमा पुगेको छ।

गत मंगलबार ३,००२ अंकको उच्च बिन्दु छोएको बजार त्यसयता लगातार ओरालो लागेको थियो। आइतबारसम्म बजार १४४ अंकले घटेर २,८५८ मा झरेको थियो।

आजको कारोबार अवधिभर बजार केही उतारचढावमै रह्यो। दिउँसो १:१२ बजे नेप्से २,८३३ अंकमा झरेको थियो भने २:३४ बजे पुनः २,८८९ अंकको उच्चतम बिन्दु छोएको देखिएको छ। यद्यपि समग्रमा बजार सकारात्मक रहेर बन्द भयो।

बजार सम्हालिए पनि कुल कारोबार रकम भने घटेको छ। आइतबार १३ अर्ब ७ करोड रुपैयाँको कारोबार भएकोमा आज १० अर्ब ८२ करोड रुपैयाँमा सीमित रह्यो। कारोबार भएका कम्पनीमध्ये १४० कम्पनीको मूल्य वृद्धि हुँदा ११० कम्पनीको मूल्य घट्यो।

उद्योगगत समूह हेर्दा बैंकिङ, जीवन बीमा, माइक्रोफाइनान्स, र हाइड्रोपावर समूहमा सामान्य वृद्धि देखिएको छ। बैंकिङ समूह ०.६८ प्रतिशतले बढ्दा, जीवन बीमा ०.४३ प्रतिशतले, माइक्रोफाइनान्स ०.५६ प्रतिशतले, र हाइड्रोपावर ०.०९ प्रतिशतले उकालो लागेका छन्।

उता होटल तथा पर्यटन, उत्पादन तथा प्रशोधन, अन्य, निर्जीवन बीमा, र फाइनान्स समूह भने ऋणात्मक देखिए।

कम्पनीगत रुपमा सिक्लेस हाइड्रोपावरको सेयर मूल्य ५.७३ प्रतिशतले, स्वेतगंगा हाइड्रोपावरको ५.१२ प्रतिशतले, र विन्ध्यबासिनी हाइड्रोपावरको ४.७२ प्रतिशतले वृद्धि भयो। माछापुच्छ्रे बैंकको सेयर पनि ४.५१ प्रतिशतले बढेको छ।

अघिल्लो दिनसम्म १० प्रतिशतले वृद्धि भएको ट्रेड टावरको सेयर मूल्य आज त्यति नै अनुपातमा घट्यो। यस्तै, थ्रीस्टार हाइड्रोपावर, नेपाल फाइनान्स, र सप्तकोशी विकास बैंकको मूल्यमा समेत उल्लेखनीय गिरावट देखियो।

आजको दिन सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरूमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, हिमालयन डिस्टिलरी, ङादी ग्रुप पावर, र नेपाल पुनर्बीमा अग्रपंक्तिमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?