ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

लुम्बिनी प्रदेशको स्वास्थ्य सेवा: एक वर्षमा झण्डै ४ हजारको उपचार

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

लमही, १९ साउन ।

लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले एक वर्षको अवधिमा नसर्ने (क्यान्सरजन्य), मुटुको भल्ब फेर्नेदेखि मिर्गौला प्रत्यारोपण रोगको उपचारमा १ करोड रकम खर्चिएको छ । जसमध्ये ३ हजार ८ सय ५१ जनाले सो उपचारार्थ खर्च लिएको जनाइएको छ ।

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्री खेम बहादुर सारुले पत्रकार भेटघाट कार्यक्रम गरी वार्षिक कार्य विवरण सार्वजनिक गर्दै यस्तो बताए । मन्त्री सारुले, मन्त्री भएको एक वर्ष पुगेकै दिन आफ्नो वार्षिक कार्यक्रम सार्वजनिक गरेका हुन् ।

उनले आफ्नो कार्यकालमा ८६.५१ प्रतिशत वित्तीय प्रगतिसँगै स्वास्थ्य क्षेत्रमा नवीनतम कार्यक्रम गरेको बताए । त्यसैगरि प्रदेश स्वास्थ्य सूचकाङ्क सुधार गर्ने गति १३ वटा पालिकामा २९ वटा रोमिङ नर्स नियुक्ति गरिएको, ९ वटा विभिन्न नियमावली, निर्देशिका र कार्यदिशा स्वीकृत गरिएको उनले बताए ।

मन्त्रालयमा सुशासन कायम गर्न मन्त्रालय मातहतका ४१ वटा सवारी साधनमा जिपिएस ट्रयाकिङको व्यवस्था, प्रादेशिक अस्पतालमा ५४ प्रकारका औषधिको मूल्यमा एकरूपता, ४ वटा स्वास्थ्य संस्थाको भवन निर्माण, ७ वटा निर्माणाधीन अवस्थामा रहेको तथा ९ जिल्लामा डाइलाइसिस सेवा उपलब्ध गराएको मन्त्री सारुले बताए ।

लुम्बिनी प्रदेशका १२ वटै जिल्ला पूर्ण खोप सुनिश्चितता, ३० स्थानीय तह पूर्णसस्थागत प्रसूति सेवायुक्त, पालिका घोषण, ३ वटा जिल्लामा फेम्ली प्रोफाइल तयार भएको बताए । प्रादेशिक अस्पतालहरूमा सेवा बिस्तारदेखि औजार, उपकरणको व्यवस्थापन प्राविधिक कर्मचारी करारमा भर्ना, मन्त्रालयमा ग्लम्स् सिस्टम मार्फत सेवा प्रवाह र ३९ हजार १ सय ७५ जना ज्येष्ठ नागरिकको लागि घर नै स्वास्थ्य सेवा, ६९ हजार महिलाको प्रसूति सेवा लगायत कार्य गरेको वार्षिक प्रतिवेदन उल्लेख्य रहेको छ ।

मन्त्री सारुले आगामी आर्थिक कार्यक्रम अन्तर्गत प्रदेशमा देखिएको नकारात्मक स्वास्थ्य सुचाङला सुधार गर्नेगरि विशेष पोषण सुधार कार्यक्रम, सबैको पहुँच हुने गरी एकीकृत स्वास्थ्य बिमा कार्यक्रम, मातृ मृत्यु कम गर्न तालिम प्राप्त विशेषज्ञ सहित ग्रामीण अल्टासाउन सेवा सुविधा सञ्चालन गर्ने बताए ।

मेरो स्वास्थ्य मेरो आहार बिहार, भान्सा सुधार लगायतका कार्यक्रम रहेको बताए । यति गर्दा गर्दै राजनैतिक हस्ताक्षर, तीनै वटै सरकारको स्वास्थ्य सम्बन्धी नीति, कार्यविधिले बँझिएको लगायतको चुनौती रहेको बताए ।

गत बर्ष १ करोड ८० लाख बजेट विनियोजन भएको स्वास्थ्य मन्त्रालयमा यस आर्थिक वर्षमा १ करोड बजेट विनियोजन भएका कारण नवीनतम कार्यक्रम सञ्चालनमा भने चुनौती देखिन्छ । कार्यक्रममा स्वास्थ्य सचिव दुर्गालक्ष्मी श्रेष्ठले स्वास्थ्य प्रभावदेखि नीति निर्माणमा नवीनतम कार्य गरेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?