ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

लायन्सको मेघा पदस्थापन

सदस्यता विस्तार र नयाँ परियोजनामा जोड
१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

बुटवल, १९ साउन ।

लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि अन्तर्गत एरिया ४ का रिजन ११ अन्तर्गतका ११ क्लबको मेघा पदस्थापन समारोह बुटवलमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन गर्दै डिष्ट्रिक गभर्नर बालाराम भट्टराईले नयाँ नेतृत्वको सुरुवातसँगै सदस्यता वृद्धि र प्रभावशाली परियोजनामा जोड दिन आग्रह गरे । लायन्स सधै सेवा भावनालाई केन्द्रमा राखेर काम गर्ने हुदा समाजमा प्रभावकारी परियोजनालाई जोड दिनुपर्ने उनको सुझाव छ ।

गभर्नर भट्टराईले क्लबहरूले अघिल्लो वर्ष गरेका परियोजनाहरूको गम्भीर समीक्षा गर्दै नयाँ सामाजिक परियोजनाहरू अघि बढाइने बताए । समाजमा आफ्नो पहिचान बनाइसकेको लायन्सका प्रत्येक क्लब पहिलो बन्ने लक्ष्यसहित सेवा विस्तारमा लाग्न उनले सुझाव दिए । उनका अनुसार, यो वर्ष डिष्ट्रिकमा १४९९ जना नयाँ सदस्य भित्र्याउने लक्ष्य लिइएको तथा सन् २०२७ सम्म १५ लाख सदस्य पुयाउने लक्ष्यसहित ‘मिशन १.५’ अभियान अगाडि बढाइएको उनले बताए ।

कार्यक्रममा पूर्व गभर्नर अर्जुनमान सैजु, डिष्ट्रिक एडभाइजर कुसुमराज ज्ञवाली, रिजन ११ का चेयरपर्सन दिपक गौतम, जोन २३ की चेयरपर्सन लता खड्का, जोन २४ का चेयरपर्सन लोकप्रसाद भण्डारी, जोन २५ की चेयरपर्सन सृजना श्रेष्ठले नया सदस्य क्लबमा भित्रनेमात्र नभई आफ्नो जिम्मेवारी अनुसार लाग्न जरुरी रहेको बताए ।

कार्यक्रममा निवर्तमान गभर्नर पुरुषोत्तम भक्त प्रधानाङले लायन्स, ग्लोबल उद्देश्य र स्थानीय अभियानका बारेमा प्रकाश पारे । ग्लोबल कज अन्तर्गत ९ मुख्य क्षेत्रमा कार्य गर्दै समुदायका लक्षित वर्गहरूमा सेवा पु–याउने योजनासमेत उनले सार्वजनिक गरे । लायन्स ईन्टरनेश्नलमा हाल विश्वभर १४ लाख ५० हजार सदस्य रहेको उनले बताए । डिष्ट्रिकमा ३५ सय बढी सक्रिय सदस्य रहेको तथा क्लब सदस्य विस्तार र प्रभावकारी सेवामा जोड दिएको उनले बताए ।

कार्यक्रममा एलसी बुटवल शुभपाईला क्लबकी अध्यक्ष पुष्पा कंडेलले चार्टर क्लबको नेतृत्व सम्हाल्दै स्थानीय समुदायमा शिक्षा, स्वास्थ्यको क्षेत्रमा योगदान दिने प्रतिबद्धता जनाईन ।

कार्यक्रममा लायन्स क्लब अफ बटौलीका अध्यक्ष विष्णु प्रसाद गौतमले लायनबादको मूल मर्म अनुसार समुदायमा ट्राफिक सचेतना, वातावरण संरक्षण र सदस्यता अभिवृद्धि जस्ता अभियानलाई सशक्त बनाउँदै लायन दर्शनप्रति अभिमुखीकरणमा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?