ट्रेंडिंग:

>> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन

महिलामैत्री शहर तर्फ सुनवल : प्रदेशकै एक मात्र महिला मेयरको पहल

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

नवलपरासी पश्चिम्, १९ साउन ।

पश्चिम नवलपरासीको सुनवल नगरपालिकालाई महिलामैत्री सहरको रूपमा विकास गर्न आवश्यक प्रक्रिया सुरु भएको छ ।

लुम्बिनी प्रदेशकी एक मात्र महिला मेयर विमला अर्यालको नेतृत्वमा सुनवललाई महिलामैत्री सहर बनाउन लागिएको हो ।

महिलामैत्री सहरका लागि स्थानीय समुदायको सहभागितामा उनीहरूकै चाहना बमोजिमको योजना डिजाइन प्रक्रिया अघि बढेको मेयर अर्यालले जानकारी दिइन।यसका बारेमा अन्य सम्भाव्यता समेत अध्ययन भइरहेको अर्यालले बताइन ।

सार्वजनिक स्थलमा महिला, बालबालिका र शारीरिक अपाङ्गता भएका व्यक्तिहरूको सहज पहुँच र सुरक्षाको अवधारणा अनुसार महिलामैत्री सहर निर्माणको काम अघि बढाइएको हो ।

आइतबार सुनवल–६ विशासयमा स्थानीय जनप्रतिनिधि र समुदायसँग उक्त वडाको सम्भावित योजना र डिजाइनका विषयमा समूहगत छलफल गरिएको छ ।

उक्त वडामा रहेका खुल्ला क्षेत्रमा कस्तो पूर्वाधार निर्माण गर्न सकिन्छ भनेर वडामा रहेका सबै टोल विकास समितिका प्रतिनिधि र जनप्रतिनिधिसँग समूहगत छलफल गरिएको सुनवल नगर प्रमुख अर्यालले बताइन ।

महिलाहरूको सुरक्षा,पहुँच, सशक्तीकरण र समावेशी विकासलाई प्राथमिकता दिँदै नगरपालिकाले वडा स्तरमा छलफल र अन्तरक्रिया मार्फत सम्भावनाको खोजी गरिरहेको उनले उल्लेख गरिन ।

“हामीले समुदायका व्यक्तिहरूको चाहना र स्थानीय सम्भाव्यताका आधारमा समुदायकै सहभागितामा योजना छनौट गरी महिलामैत्री पूर्वाधार निर्माणलाई जोड दिएका छौँ”, मेयर अर्यालले भनिन “परियोजनाको नाम महिलामैत्री सहर भए पनि यस अन्तर्गत अल्पसंख्यक मैत्री,अपाङ्गतामैत्री,ज्येष्ठ नागरिकमैत्री नगरका रूपमा पनि सुनवललाई विकसित गर्ने लक्ष्य हो अर्यालको भनाई छ ।

देशभरका सात स्थानीय तहलाई छनौट गरी महिलामैत्री सहर निर्माण गर्ने योजना अनुसार पश्चिम नवलपरासीको सुनवल नगरपालिका पनि छनौटमा परेको हो ।

सुनवल नगरपालिकाले सहरी विकास मन्त्रालयसँगको सहकार्यमा यूनोप्स संस्था सँगको साझेदारीमा यो परियोजना सञ्चालनमा ल्याएका हो ।

मेयर अर्यालका अनुसार पहिलो चरणमा नगरका सबै वडाका विभिन्न खुल्ला क्षेत्रहरूको पहिचान गर्ने र समुदायको प्राथमिकताको आधारमा स्थान छनौट गरी योजनाको डिजाइन गर्ने काम भइरहेको छ ।

समुदायमा आधारित महिलामैत्री सहर निर्माण गर्ने योजना अनुसार स्थानीय समुदायको सहभागिता र आवश्यकताको आधारमा योजनाको डिजाइन गरिएको यूनोप्सका आर्किटेक्ट अनुप घिमिरेले बताइन ।

“खुल्ला क्षेत्रमा संरचना बनाउँदा स्थानीयहरूको सहभागिता,अपनत्व र दीर्घकालीन रूपमा सञ्चालन गर्न समुदायको सहभागितामा छलफल गरिरहेका छौँ”, उनले भनिन । खुल्ला स्थानको पहिचान गरेर शिक्षा, स्वास्थ्य, पूर्वाधार लगायतका संरचना महिलामैत्री बनाउने परियोजनाको उद्देश्य रहेको छ ।

परियोजनाले वडा नं. १,४,५,८ मा स्थानीयसँगको छलफलको आधारमा खुल्ला स्थानको पहिचान गरी योजना छनौट गरी नक्सांकन गरेको छ ।

आर्किटेक्ट घिमिरेका अनुसार वडा नं.१ मा सोमनाथ हाटबजार,बाल उद्यान,वडा नं. ५ मा विष्णु पाण्डे स्मृति पार्क,वडा नं. ४ मा महाकवि देवकोटा क्याम्पस अगाडिको खुल्ला स्थानमा पार्क र वडा नं। ८ मा हाटबजारमा पूर्वाधार निर्माण गर्ने योजना अघि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?