ट्रेंडिंग:

>> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस

पूर्वाधार विकासले गाउँमा ल्यायो परिवर्तन

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

समाचार सारांश


  • सल्यानको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ मा भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय उपलब्धिहरू हासिल गरेको छ ।

  • स्थानीय तहले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सरसफाइ, पर्यटन र रोजगारजस्ता दीर्घकालीन महत्त्वका क्षेत्रमा योजनाबद्ध ढंगले काम गरिरहेको छ ।

  • गाउँपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार भएका योजनाहरूलाई प्राथमिकता दिँदै समुचित सन्तुलनमा आधारित विकासलाई अघि बढाइरहेको छ ।


सल्यान, १९ साउन ।

सल्यानमा स्थानीय सरकारले भौतिक पूर्वाधारको क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका छन् । विभिन्न योजना, कार्यक्रम र साझेदारी प्रयासमार्फत स्थानीय तहहरूले शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, सरसफाइ, पर्यटन र रोजगारीजस्ता क्षेत्रमा दीर्घकालीन महत्त्वका काम गरिरहेका छन् ।

यस क्रममा जिल्लाको छत्रेश्वरी गाउँपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा पूर्वाधार विकासको क्षेत्रमा विभिन्न उपलब्धि हासिल गरेको छ । एकै वर्षमा गाउँपालिकामा ३० किलोमिटरभन्दा बढी नयाँ सडक निर्माण गरिएको छ भने दुई हजार १८६ मिटर सडक कालोपत्रे गरिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै ३८ किलोमिटर सडक स्तरोन्नति र ६८ किलोमिटरभन्दा बढी सडक मर्मत सम्भार गरिएको छ ।  गाउँपालिकाका नागरिकसँग प्रत्यक्ष सम्बन्ध भएका योजनाहरूलाई प्राथमिकतामा राखेर काम गरिएको र पालिकामा सामाजिक, भौतिक तथा संस्थागत विकासमा सन्तुलन कायम गर्ने प्रयास गरिएको गाउँपालिकाका अध्यक्ष ओज बहादुर बुढाथोकीले बताए ।

“जनजीवन सहज, सुरक्षित र समुन्नत बनाउनेतर्फ हाम्रो ध्यान सुरुदेखि नै छ”, उनले भने, “हामीले सबैसंगको हातेमालोमा योजनाबद्ध ढङ्गले काम गर्ने प्रयास गरिरहेका छौँ । आगामी दिनमा दिगो विकासको आधार बन्ने हाम्रो विश्वास छ ।”

छत्रेश्वरी गाउँपालिकाले पूर्वाधार विकास तर्फ नै ३ नं. वडाको कार्यालय भवन, ६ नं. वडामा तला थप, २ वटा गाउँघर क्लिनिक भवन, ३ वटा सार्वजनिक शौचालय, २ नं. वडामा स्वास्थ्य संस्थाको भौतिक पूर्वाधार व्यवस्थापन तथा एउटा मन्दिर निर्माण गरेको जनाएको छ ।

शिक्षा र पर्यटनमा पनि गाउँपालिकाको अग्रसरता देखिन्छ । २ वटा विद्यालयमा नयाँ पक्की भवन, ३ वटा सामुदायिक भवन निर्माण र छत्रेश्वरी सतिपीठमा पर्यटन विभागमार्फत पदमार्ग लगायत संरचना निर्माण गरिएको छ । गाउँपालिकाको पहल र माथिल्लो सरकार तथा साझेदार संस्थाको सहयोगमा अन्य ठुला भौतिक संरचनाहरू पनि निर्माण गरिएको प्रमुख प्रशासकीय अधिकृत गुरु प्रसाद योगीले बताए ।

गाउँपालिकाले खानेपानी, सिँचाइ तथा सरसफाइ क्षेत्रमा सर्वसाधारणको जीवनस्तरमा प्रत्यक्ष प्रभाव पार्ने खालका कार्यहरूलाई प्राथमिकतामा राखेर काम गरिएको जनाएको छ । जस अनुसार गाउँपालिकाभित्र २१ वटा नयाँ पानी टङ्की, ३० वटा च्यामबर, १ प्लास्टिक पोखरी, १ सिँचाइ पोखरी तथा १२०० मिटर सिँचाइ कुलो निर्माण गरिएको छ ।

सुस्वा परियोजना अन्तर्गत ४ वटा ठुला आयोजनामार्फत २८२ घरधुरीलाई सेवा प्रदान गरिएको र जस अनुसार १६७ घरमा नयाँ धारा जडान गरिएको छ । साथै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रममार्फत थप १२२७ मिटर पक्की सिँचाइ कुलो, २ वटा लिफ्ट खानेपानी आयोजना तथा करिब २२१ मिटर सहायक सडकमा पक्की नाला निर्माण गरिएको छ ।

खानेपानी सुरक्षा योजनाअन्तर्गत ४ वटा योजनामा मर्मत कार्य सम्पन्न गरिएको छ । साथै, खानेपानी क्षेत्रका १२ जना ग्रामीण मर्मत कार्यकर्तालाई तालिम प्रदान गरिएको छ । ३ विद्यालयमा सुविधायुक्त शौचालय निर्माण, एउटा विद्यालयमा मर्मत र अति विपन्न वर्गका ५ घरधुरीमा नयाँ शौचालय निर्माण गरिएको छ ।

१६ वटा खानेपानी तथा सरसफाइ उपभोक्ता समितिहरूलाई जलस्रोत समितिमा दर्ता गरिएको वास इकाई ले जनाएको छ । रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि गाउँपालिकाको तर्फबाट समेत साझेदारी बजेट विनियोजन गर्दै सल्यान निर्माण, विद्यालय घेरवार, गाउँघर क्लिनिक, विद्यालयको गेट निर्माण, पक्की सिचाई कुलो निर्माण, गोरेटो बाटो निर्माण जस्ता पूर्वाधार विकास सँगै बेरोजगारहरूलाई रोजगारी समेत प्रदान गरिएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?