Butwal Today

मुख्यमन्त्री बहादुर सिंह लामाको राजीनामा पत्र प्रदेश प्रमुखको कार्यालयमा

१९ श्रावण २०८२, सोमबार
अ+
अ-

 हेटौंडा, १९ साउन ।

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले आफ्नो पदबाट राजीनामा दिएका छन्। लामाको राजीनामा पत्र सोमबार प्रदेश प्रमुखको कार्यालयमा बुझाइएको हो।

मुख्यमन्त्री लामाका स्वकीय सचिव छत्र लामाले राजीनामा पत्र हेटौंडास्थित प्रदेश प्रमुखको कार्यालयमा पुर्‍याएका हुन्। उनले उक्त पत्र प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेलाइ बुझाएका छन्।

प्रदेश प्रमुख देवकोटा स्वास्थ्य समस्या भएपछि काठमाडौंमा उपचाररत थिए तर अहिले हेटौंडा आइसकेका छन्। यसअघि, मुख्यमन्त्री लामाले आइतबार नै सार्वजनिक रूपमा राजीनामा दिने घोषणा गरेका थिए। घोषणा लगत्तै उनले आफ्नो पत्र आधिकारिक रूपमा बुझाएका हुन्।