ट्रेंडिंग:

>> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत

ग्रामीण क्षेत्रका विद्यालयका चुनौतीहरू

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

सामान्य वस्तीहरूलाई घना शहर बनाउदै लैजानुमा वस्तीमा उपलब्ध शैक्षिक सुविधाहरू पनि प्रमुख तत्वहरू मध्ये एक भएको पाईन्छ । विगतमा शिक्षाका केन्द्रहरू बनेका ठाउँहरू नै अहिले विस्वका ठुला शहरहरू बनिरहेका छन् ।

विगतमा गाउँघरका पाठशाला र गुरुकुलहरूमा शिक्षा आर्जन गर्ने र उच्च शिक्षा तथा जागिरको लागि अन्यत्र लाग्ने चलन भएपनि अहिले सामान्य शिक्षा प्राप्तिको लागि गाउँबाट शहरतर्फ मानिसहरूको बसाइसराई भइरहेको छ ।

२०३० को दशकपछि नेपालमा शैक्षिक जागरण चलेपछि गाउँगाउँमा विद्यालयहरू खुले र शिक्षाको पहुँचमा धेरै बालबालिकाहरू पुग्न सके । विगतमा जनसंख्याको ठुलो हिस्सा नगरपालिका बाहिरको ग्रामिण क्षेत्रमा बस्ने भएकोले नेपालको साक्षरता दर ग्रामिण क्षेत्रको साक्षरताले निर्धारण गरेको देखिन्थ्यो ।

नेपालको साक्षरता दर र ग्रामिण क्षेत्रको साक्षरता दरमा औशत ३ प्रतिशतको मात्र भिन्नता रहेको पाइन्छ । ६ दशक अघि नेपालको ग्रामिण क्षेत्रको साक्षरता दर १२.९ प्रतिशत रहेकोमा २०७८ सालमा आइपुग्दा यो दर ७१.८५ प्रतिशत पुगेको देखिन्छ ।

ग्रामिण क्षेत्रमा समुदाय र सरकारले गरेको लगानीको फलस्वरूपम साक्षरतामा वृद्धि भैरहेको छ । अहिले धेरै ग्रामिण क्षेत्रमा विद्यालयहरू छन्, तर विद्यालयमा शिक्षक, विद्यार्थी र पूर्वाधार नभएको गुनासो बढिरहेको छ ।

ग्रामिण क्षेत्रका विद्यालयका चुनौतीहरू
नेपालमा शैक्षिक जागरण फैलाउन र शिक्षित जनशक्ति उत्पादन गर्नमा महत्वपूर्ण भूमिका खेलेका विद्यालयहरू अहिले भने धेरै किसिमले समस्यामा परिरहेका छन् । नेपालका ग्रामिण क्षेत्रका विद्यालयहरूले सामना गर्नुपरेका चुनौतीहरू मुख्यत निम्नानुसार रहेको देखिन्छ ।

१. बसाईसराईको चपेटामा विद्यालय
पछिल्ला अढाई दशकमा ग्रामिण क्षेत्रबाट शहर र पहाडबाट तराईमा धान्नै नसक्ने गरि बसाईसराई भैरहेको छ । माओबादी द्वन्दको समयमा शुरु भएको बसाईसराइलाई उच्च बनाउन ग्रामिण क्षेत्रमा भित्रिने रेमिट्यान्सले ठुलो मद्दत गरेको छ । परिवारमा रेमिट्यान्स आउन थाल्नासाथ बच्चा पढाउने बहानामा, सुविधाको खोजीमा गाउँ छोड्ने प्रवृति निकै बढेको छ । बसाईसराईले पहाडका वस्तीहरू रित्तिदै छन् । विद्यालयहरू बेकामे भएका छन् , विद्यार्थीहरू नहुदा शिक्षकहरू विद्यालयमा गएर घाम तापेर वा एक दुईजनालाई पढाएर बस्नुपरेका समाचारहरू आउने क्रम बढ्दो छ ।

२. गरिबीको दुस्चक्र
आर्थिक कारणले शहरमा जान वा पहाडबाट तराई झर्न नसकेका विद्यार्थीहरू पहाड र गाउँका स्कूलमा पढ्ने गरेको पाइन्छ । आर्थिक अवस्था कमजोर भएका परिवारका बालबालिकाहरूले परिवारको अर्थाेपार्जनमा समेत सघाउनुपर्ने भएकोले नियमित रूपमा विद्यालयमा उपस्थित हुन सक्दैनन् ।

आर्थिक कारणले गर्दा शैक्षिक सामग्री, ट्युशन, कोचिंग जस्ता काममा खर्च गर्न पनि सक्दैनन् । यस्ता कारणले ग्रामिण क्षेत्रका विद्यार्थीहरूको पढाई कमजोर हुने, आवस्यक योग्यता हासिल नगरी माथिल्लो कक्षामा चढाउनुपर्ने , विद्यार्थीले विचमै पढाई छोड्ने समस्या धेरै देखिन्छ ।

३. शिक्षक टिकाउने मुस्किल
विगतमा शहर पढ्न गएका युवाहरू गाउमै फर्केर निजि, अस्थायी वा करारमा गाउँमै बसेर पढाउने गर्थे तर अहिले आयोग लडेर स्थायी भएर गएका शिक्षकहरू समेत गाउँमै बस्न मान्दैनन । गाउमै घर भएका व्यक्तिले समेत आफ्नै गाउँका विद्यालयलाई रोज्दैनन् ।

स्थायी जागिरको बाध्यताले नियुक्ति लिएर पहाडी गाउँमा पुगेका शिक्षकहरूको ध्याउन्न तराई र शहरी क्षेत्रमा कसरी सरुवा गर्ने भन्नेमा हुन्छ । तराईमा आफ्नो गाउँ पाएमा बस्ने प्रवृति भएपनि पहाडका विद्यालयका शिक्षकहरूले सन्तानलाई तराई र शहरमा पठाएर आफु पनि सरुवा मिलाएर त्यतै जान खोज्छन् ।

व्यक्तित्व विकास, ट्युशन र कोचिंगको अवसर पाईदैन भनेर राम्रो विषय पढाउने शिक्षकहरू सरुवा गर्न हतारिने भएकोले विद्यार्थीहरूको अध्ययनमा प्रतिकूल असर पुगेको मात्र छैन, विद्यालयहरू समेत लथालिंग भैरहेका छन् ।

४. पूर्वाधार विकासमा समस्या
ग्रामिण क्षेत्रका अधिकांश विद्यालयहरूको भौतिक संरचनाहरू समुदायको चन्दा, दान र श्रमदानबाट तयार भएका हुन् । ग्रामिण क्षेत्र चलायमान हुँदा विद्यालयहरूले पनि समुदायबाट राम्रो सहयोग पाउथे । वस्ती पातलिदै जादा विद्यालयको भौतिक विकासको लागि काम गर्ने, सहयोग गर्ने मानिसहरूको कमि भएको छ ।

विद्यालय शिक्षा स्थानीय सरकारको अधिकार क्षेत्र अन्तर्गत पर्ने भएपनि स्थानीय सरकारले ग्रामिण क्षेत्रका विद्यालयको पूर्वाधार विकासको लागि लगानी गर्न सकिरहेका छैनन् । ग्रामिण क्षेत्रका सामुदायिक विद्यालयमा आफ्ना बालबालिकाहरू नपढ्ने भएपछी समुदायका अगुवाहरूले पनि विद्यालयको लागि बजेट माग गर्न, विद्यालय सुधार गर्न दौडधुप गर्ने जाँगर देखाउदैनन् ।

तराईका ग्रामिण क्षेत्रका विद्यालयहरूले समुदाय र सरकारको साथ पाउने भएपनि पहाडी क्षेत्रमा यस्तो सहयोग घट्दै गएको छ । यसले गर्दा विद्यालयको भौतिक पूर्वाधारको संरक्षण, विकास जस्ता कार्यमा वाधा उत्पन्न भैरहेको छ ।

५. यातायातले रित्याउदै
अहिले गाउँवस्तिसम्म सडक संजालले जोडिएका छन् । गाउँमा बाटो पुगेपछि शहरका निजि र ठुला सामुदायिक विद्यालयका बसहरू विद्यार्थी ओसार्न गाउँगाउँ छिरिरहेका छन् । खासगरी तराई क्षेत्रका गाउँबाट ठुलो संख्यामा विद्यार्थीहरू स्कूल बस चढेर शहरका विद्यालयमा पुग्ने गरेका छन् ।

विद्यार्थी र अभिभावक सुविधाभोगी भएकोले गाउँका विद्यालयहरूले पनि बस नराखे गाउँका विद्यालयमा पठाउन छोडेका छन् । गाउँका विद्यार्थीहरू गाडी चढेर लामो समय खर्चेर सहरमा पढ्न जादा बालबालिकाको पढ्ने , खेल्ने समय खेर गैरहेको मात्र छैन, शहरी क्षेत्रमा ट्राफिक जाम, प्रदुषण जस्ता समस्याहरू बढेका छन् । विद्यालय चलाउनको लागि ग्रामिण क्षेत्रका विद्यालयहरूले पनि सकिनसकी गाडी राख्न थालेका छन् । यसले विद्यालयलाई थप आर्थिक भार परिरहेको छ ।

६. बोर्डिंङ मोह
गाउँमै बसिरहेका मानिसहरूमा पनि बोर्डिंग मोह अचम्मै संग बढेको छ । रेमिट्यान्स र ज्याला मजदुरिका अवसरले गर्दा मानिसहरू बोर्डिंग स्कूलको शुल्क तिर्न सक्ने भएका छन् । बोर्डिंगमा पढाउदा इज्जत बढेको ठान्ने ठुलै जमात नेपालमा छ । गाउँका विद्यालयलाई विस्वास नगरी शहर बजारका बोर्डिंग स्कूलमा छोराछोरी पढ्न पठाउने प्रवृतिले गर्दा गाउका सामुदायिक स्कूलहरूलाई विद्यार्थी पाउन र जोगाउन समस्या परिरहेको छ ।

७. राजनीतिको छायाँ
ग्रामिण क्षेत्रमा दलको छायाँ धेरै छ । समितिका पदाधिकारीहरूले आफ्नो विपरित दलका शिक्षक र प्रधानाध्यापकलाई दुख दिने, शिक्षक छनौट, नियुक्ति र सरुवामा प्रत्यक्ष हस्तक्षेप गर्ने, आफ्नो दलका शिक्षकलाई काखी च्यापेर अन्य शिक्षकको विरुद्धमा मोर्चा तयार गर्ने, विद्यार्थी र शिक्षक उचालेर आन्दोलन गराउने समेत देखिएको छ । पालिकाहरूले पनि मेयर वा वार्ड अध्यक्षको विपरित हुने शिक्षक, प्रधानाध्यापक र समितिलाई काम गर्न अप्ठ्यारो पार्ने, शैक्षिक र भौतिक सुधारमा सहयोग नगर्ने गरेको समेत भेटिन्छ । राजनैतिक प्रतिशोध साँध्न स्कूल मर्ज गर्ने, शिक्षकलाई अपायक सरुवा गर्ने, शिक्षकलाई वृत्ति विकासका अवसर प्रदान नगर्ने जस्ता काममा स्थानीय राजनैतिक नेतृत्व लाग्दा न त विद्यालयको भौतिक (शैक्षिक प्रगति हुन्छ, न त शिक्षक) विद्यालय प्रशासनले विद्यालयमा राम्रोसंग पठनपाठन गर्न नै पाउँछन् ।

सम्भावनाहरू
ग्रामिण क्षेत्रका विद्यालयहरूको लागि धेरै प्रतिकूलताहरू भएपनि विद्यालयलाई माथि उठाउने केही अवसरहरू विद्यमान छन् । ती सम्भावना र अवसरहरू यसप्रकार देखिएका छन् ।

१. स्वस्थकर वातावरणमा पठनपाठन
ग्रामिण क्षेत्रमा प्रसस्त हरियाली, खुला ठाउँ, स्वच्छ वातावरण भएकोले पढाईको लागि उपयुक्त वातावरण प्राप्त छ । ग्रामिण क्षेत्रका विद्यालयहरूले शहरका विद्यालयहरूले जस्तै शिक्षा प्रदान गर्न सक्छन् भन्ने विस्वास दिलाउन सकेमा अहिले पढ्न शहरमा गएजस्तै शहर छेउछाउका गाउँमा शहरबाट विद्यार्थीहरू पढ्न जान खोज्नेछन् ।

२. सामाजिक दर्शनमा आधारित शिक्षालय
ग्रामिण क्षेत्रका विद्यालयहरूलाई सामाजिक आवस्यकता र दर्शनमा आधारित शिक्षा प्रदान गर्ने थलोको रूपमा विकास गर्न सकिने प्रसस्तै सम्भावनाहरू छन् । यसले विद्यार्थीलाई गाउँ छोडेर बाहिर जान रोक्ने मात्र हैन, गाउँ छोडेकालाई फर्काउन पनि सक्छ ।

३. पढ्दै कमाउँदै कार्यक्रमको अवसर
अहिले गाउँमा बाहिरका शिक्षकहरू बस्न नचाहनुको कारण अतिरिक्त कमाईको अवसर कम हुनु हो । त्यसैगरी गाउँका विद्यालयहरू छोडेर शहर जानुको मुख्य कारण गाउँमा कमाईका अवसर नहुनु हो । गाउँमा प्रसस्त जग्गा जमिन उपलब्ध छ । यो उपलब्ध जमिनको सदुपयोग गरेर विद्यालयले विद्यार्थीि शिक्षक र अभिभावकलाई उत्पादनसँग जोड्नसकेमा गाउँमै आयआर्जनका अवसरहरू प्राप्त हुन्छन्, यसले शिक्षक र विद्यार्थीलाई गाउमै टिकाउन त मद्दत मिल्नेछ नै, विद्यालयलाई दीगो आर्थिक श्रोत समेत प्राप्त हुनेछ ।

४. थोरै विद्यार्र्थी, व्यवहारिक अभ्यासको अवसर
ग्रामिण क्षेत्रमा अहिले थोरै विद्यार्थीहरू छन् । कक्षाकोठामा थोरै विद्यार्थीहरू हुँदा प्रभावकारी शिक्षण गर्न सकिन्छ । शिक्षक–विद्यार्थी विचमा प्रत्यक्ष सम्पर्क हुने भएकोलेले ग्रामिण क्षेत्रका विद्यालयमा विद्यार्थीहरूले बढी शिक्षण लाभ लिन पाउँछन् । थोरै विद्यार्थी भएको ठाउँमा विद्यार्थीहरूलाई व्यवहारिक अभ्यास गराउन पनि सजिलो हुन्छ । थोरै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सकेमा गाउँमा पनि राम्रो पढाई हुन्छ भन्ने कुरामा विद्यार्थी र अभिभावकहरू विस्वस्त हुनेछन् र उनीहरूले गाउँका विद्यालय छोडेर अन्यत्र जानेछैनन ।

५. सरकारसँग सिधा पहुँच
विद्यालयको भौतिक, शैक्षिक उन्नयनको लागि स्थानीय सरकारले नै काम गर्न भएकोले हिजोका दिनहरूमा जस्तै स–सानो कामको लागि जिल्ला र केन्द्र धाउनु पर्दैन । पालिकाबाट अधिकांश कामहरू हुने भएकोले प्रधानाध्यापक र व्यवस्थापन समितिले अधिकांश समय विद्यालयमा रहेर विद्यालयको भलाईका कामहरू गर्न समय पाउछन् । स्थानीय सरकारलाई समस्या राख्न र समाधानको लागि घच्घचाउन सजिलो हुन्छ । सरकारको सफलता शिक्षा क्षेत्रमा भएको प्रगतिबाट देखिने भएकोले स्थानीय सरकारहरूले पनि विद्यालयको भौतिक–शैक्षिक सुधारमा आफुलाई संलग्न गरेर आफुलाई अब्बल सरकारको रूपमा प्रस्तुत गर्ने अवसर पाउँछन् ।

निष्कर्ष
समस्याहरू हुँदाहुँदै पनि ग्रामिण क्षेत्रका विद्यालयहरूमा अनेकौ शैक्षिक सम्भावनाहरू कायमै छन् । ग्रामिण क्षेत्रका विद्यालयहरूलाई विकास र विस्तारका अवसरहरू छन् । नयाँ पद्धतिले विद्यालय संचालन गर्ने र व्यवहारिक शिक्षा दिन सक्ने सम्भावनाहरू छन् । विद्यालयका शिक्षक र विद्यालय प्रशासनले विद्यालय सुधारको वास्तविक अग्रसरता देखाउने र स्थानीय सरकारले त्यसमा टेवा दिने हो भने ग्रामिण क्षेत्रका विद्यालयहरूले शिक्षा मात्र प्रदान नगरेर स्थानीय रोजगारी समेत सिर्जना गर्न सक्नेछन् । यसो भएमा विद्यालय तहको शिक्षा गाउमै बसेर पुरा गर्नुपर्छ भन्ने धारणा र व्यवहारको विकास हुन सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?