ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो

स्थानीय तहमा प्रशासनिक पहुँच: चन्द्रौटाले घटायो झन्झट

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

समाचार सारांश


  • पहिले राहदानी बनाउन तौलिहवा वा काठमाडौँ जानुपर्थ्यो, अब चन्द्रौटाबाटै राहदानी बन्न थालेको छ । 

  • काठमाडौँजस्तो टाढा ठाउँ जानु परेमा एक दिनको आम्दानी खर्चिने बाध्यता हटेको छ ।

  • पालोको स्पष्टता, सूचना पाटी र जनशक्ति व्यवस्थापनमार्फत सेवा प्रभावकारी बनाइएको छ ।


चन्द्रौटा, १९ साउन ।
“पहिले राहदानी बनाउन जिल्लाको सदरमुकाम तौलिहवा जानुपर्दथ्यो । अहिले चन्द्रौटाबाट बन्न थालेपछि समय र पैसाको बचत हुँदा हर्षित छु”  कपिलवस्तु शिवराज नगरपालिका वडा नम्बर–८ का २१ वर्षीय इजाज अहमद मुसलमान भने ।

आवेदन दिएको २५ दिनमा इलाका प्रशासन कार्यालय चन्द्रौटाबाट राहदानी पाएको उनले खुसी व्यक्ति गरे । विजयनगर गाउँपालिका, कृष्णनगर, शिवराज नगरपालिकाका स्थानीयबासीहरूले सेवा लिन सक्ने प्रशासन कार्यालयले जनाएको छ ।

केही महिना अघिदेखि त्यहाँबाट सेवा सुचारु गरेपछि प्रभावकारी भएको अर्का सेवाग्राही लक्ष्मण खटिकले बताए । दिनभरिको समय खर्चिएर पनि काम नहुने गुनासो रहेको बताउँदै सामान्यतया राहदानी बनाउन काठमाडौँ, तौलिहवा लगायत स्थानमा जानुपर्ने बाध्यता हटेको उनले बताए ।

जिल्लाको सुदूरपश्चिममा पर्ने गाउँपालिकाका सेवाग्राही गौतम आइतबार प्रशासन कार्यालयमा खुसीसाथ  देखिए । उनको खुसीको राज थियो–सहज र छिटोछरितो पालो पाएर काम सकाएर घर फर्किनु ।  दैनिक मजदुरी गर्ने धेरैको त यात्रामा नै एक दिनको आम्दानी सकिने गर्थ्यो ।

आपत्कालीन समयमा मात्र काठमाडौँ जानुपर्छ । “हामीजस्ता गरिबका लागि काठमाडौँ जानु भनेको ठुलो खर्च र समयको बरबादी हो । चन्द्रौटाबाट सेवा पाएपछि राहत महसुस भएको छ । आवेदन गरेको १८ दिनमा राहदानी प्राप्त गरेको छु, खुसी लाग्यो ।”  विजयनगर गाउँपालिका–४ का सेवाग्राही खटिक भन्छन् ।

यस्तै शिवराज नगरपालिका वडा नम्बर १ का खुमराज अधिकारीले नागरिकता बनाउन लाइन बस्नुपर्ने झन्झटबाट मुक्त भएको बताए । विगतका दिनमा सामान्य काम गर्नुपर्दा असहज भएको बताउँदै २-४ दिन धाउनुपर्ने बाध्यता थियो, अब भने हटेको जनाए ।

अधिकारीले थप भने “अब स्थानीय तहमै सेवा पाउँदा निकै सहज भएको छ । पहिले नागरिकता वा सिफारिसका लागि विद्यालय वा काम छाडेर तौलिहवा धाउनु पर्ने अवस्था हुन्थ्यो । अब बिहानै आएर केही घण्टामै काम सकिन्छ । यो व्यवस्था साच्चिकै प्रशंसनीय छ ।” उनले थपे–“समय, पैसा र झन्झट तीनैबाट मुक्ति मिलेको महसुस भएको छ । अझ सेवाहरू यथाशक्य प्रविधिमैत्री र पारदर्शी भए अझ राम्रो हुन्छ ।”

यता प्रशासन कार्यालय प्रमुख घनश्याम न्यौपानेले प्रभावकारी सेवा दिएको बताए । गत आर्थिक वर्ष २०८१/०८२ बैशाखबाट राहदानी सेवा सुरु गरेको बताउँदै असार मसान्तसम्म ८ सय ९ जनाले सेवा लिएको बताए । जसमध्ये ७४ जनाले द्रुत राहदानीको सेवा लिएको उनको भनाइ छ । उनका अनुसार ८ हजार १ सय ९७ राष्ट्रिय परिचयपत्र सम्बन्धी सेवा लिएका छन् ।

यस्तै ४ हजार ५ सय २५ वंशजको नागरिकता लिएका छन्, भने वैवाहिक अङ्गीकृत ३ सय १५, अङ्गीकृत १, जन्मसिद्ध ४ र २ हजार १८८ जनाले नागरिकता लिएको इलाका प्रशासन कार्यालय चन्द्रौटाको तथ्याङ्कमा उल्लेख छ । त्यसै गरी ७५ जनाले नाबालक सम्बन्धी परिचयपत्र लिएका छन्, भने १०५ वटा ठाडो उजुरी परेका छन् ।

८ पटक स्थानीय बजार अनुगमन गरिएको छ, भने ८ सय ६५ वटा विविध प्रमाणित गरिएको कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको छ । प्रमुख न्यौपानेले थपे “स्थानीय तहमा सेवा केन्द्रित गर्दा नागरिकलाई ठुलो राहत मिलेको छ । हामीले सेवा सरल, छरितो र पारदर्शी बनाउन निरन्तर प्रयास गरिरहेका छौँ । राहदानी, नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सेवा एकै ठाउँबाट उपलब्ध गराउँदा सेवाग्राहीहरू सन्तुष्ट छन् ।”

उनले थपे– “हामी जनशक्ति व्यवस्थापन, सेवा  लिने पालोको स्पष्टता, र जानकारीमूलक सूचना पाटीमार्फत सेवामा पारदर्शिता कायम गरिरहेका छौँ । आगामी दिनमा थप प्रविधि प्रयोग गरेर डिजिटल प्रणालीलाई अझै प्राथमिकता दिने योजना छ ।

जसले सेवाग्राहीको समय र स्रोत अझ बचत हुनेछ ।” न्यौपानेले स्थानीय जनप्रतिनिधि, सुरक्षाकर्मी र अन्य सरोकारवालाको सहकार्यले प्रशासनिक काम अझ सहज र विश्वासिलो बनेको कार्यालय प्रमुख न्यौपानेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?