ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

बागेश्वरी मन्दिरमा आज १३२ औँ महाआरती, ७ लाख दीप प्रज्वलनको तयारी

१९ श्रावण २०८२, सोमबार
१९ श्रावण २०८२, सोमबार

नेपालगन्ज, १९ साउन ।

श्रावण महिनाको पवित्र सोमबारलाई विशेष बनाउँदै नेपालगन्जस्थित बागेश्वरी मन्दिरमा आज भव्य महाआरतीको आयोजना गरिँदै छ ।

‘श्रावण मास विशेष’ का रूपमा सञ्चालन हुने यस शृङ्खलाको आज १३२ औँ संस्करण हो भने आउँदो साउन २६ गते १३३ औँ शृङ्खलासमेत भव्यताका साथ सम्पन्न गरिने भएको छ ।

बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष गोपालप्रसाद अधिकारीका अनुसार यस वर्षको साउन महिनाका बाँकी सोमबारलाई विशेष र ऐतिहासिक बनाउने तयारी गरिएको छ ।

साउन ५ र १२ गते सम्पन्न महाआरतीहरूलाई पनि भक्तजनको उल्लेखनीय सहभागितामा सफल रूपमा सम्पन्न गरिएको थियो । आजको महाआरती साँझ ६ः५० बजेको शुभ साइतमा सुरु हुनेछ ।

महाआरतीमा ७ लाख दीप प्रज्वलन गरिने लक्ष्य लिइएको छ । ‘लक्ष्य वर्ती’ नाम दिइएको यो दीप प्रज्वलनले बागेश्वरी मन्दिर परिसरलाई दिव्य र आध्यात्मिक वातावरणले भरिपूर्ण बनाउने विश्वास गरिएको छ ।

महाआरतीमा बाँके, बर्दियाका विभिन्न मठ–मन्दिरका मठाधीश, सन्त, महन्त तथा भारतको उत्तरप्रदेशस्थित शक्ति पीठ र मठमन्दिरका प्रमुखलाई विशेष रूपमा आमन्त्रण गरिएको छ । यसले कार्यक्रमलाई धार्मिक एवं सांस्कृतिक दृष्टिले अझ समृद्ध बनाउने आयोजकहरूको भनाइ छ ।

१३३ औँ शृङ्खला अर्थात् साउन २६ गतेको अन्तिम सोमबारको महाआरती अझ भव्य बनाइने तयारी समिति सदस्य सुनिलसिंह हमालले जानकारी दिए । त्यो दिन रुद्राभिषेक सम्पन्न गरिनेछ भने प्रत्येक भक्तजनलाई रुद्राक्ष प्रसाद स्वरूप प्रदान गरिनेछ ।

यस्ता धार्मिक क्रियाकलापमार्फत आस्थाको सन्देश फैलाउनुका साथै भक्तजनमा आध्यात्मिक ऊर्जा प्रसार हुने आयोजकहरूको विश्वास छ ।
महाआरती स्थलमा उत्सवको माहौलमा अझ रौनक थप्न शान्त र सौम्य आतिशबाजीसमेत गरिने जानकारी समितिले दिएको छ ।

नाट्टा बाँके च्याप्टरको संयोजनमा दीप प्रज्वलन तथा व्यवस्थापन कार्य अगाडि बढाइएको हो । महाआरती सञ्चालन तथा व्यवस्थापन उपसमितिका संयोजकसमेत रहेका सुनिलसिंह हमालका अनुसार महाआरतीलाई नियमित र व्यवस्थित रूपमा सञ्चालन गरिँदै आएको छ ।

नेपालगन्जमा आयोजित दोस्रो वेष्टन ट्राभल मार्टको अवसर पारेर २०७९ माघ १५ गतेदेखि महाआरती सुरु गरिएको थियो । त्यसयता बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति र नेपालगन्ज उपमहानगरपालिकाको संयोजनमा निरन्तरता दिइँदै आएको छ ।

महाआरती सुरु भएदेखि प्रत्येक सोमवार बागेश्वरी मन्दिर प्राङ्गण भक्तजनहरूको उपस्थितिले खचाखच भरिएको हुन्छ छ । गर्मी याममा करिब ७ बजेतिर महाआरती सुरु गरिने भए पनि भक्तजनहरू साढे ५ बजे देखिनै आउन सुरु गरेका हुन्छन् ।

श्रावणको पवित्रता, बागेश्वरी मन्दिरको आध्यात्मिक ऊर्जा र महाआरतीको भक्ति भावको सङ्गमले सोमबार साँझको वातावरण उज्यालो, शान्त र भक्तिपूर्ण बनाउनेछ भन्ने विश्वास भक्तजनहरूको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?