ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

महिला नेतृत्वको अभियान: रोल्पामा मिसन ८४ सुरु

महिलाहरूलाई राजनैतिक दलमा पनि ‘उप’ र निर्वाचित हुने पदहरूमा पनि ‘उप’ मा लगेर थन्क्याउने काम प्रति महिलाहरूले असन्तुष्टि पोखे । हरेक आन्दोलन र क्रान्तिहरूमा महिलाहरूको सहभागिता पनि पुरुष भन्दा कम नभए पनि अवसर नदिइएको उनीहरूको भनाई छ ।
१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

समाचार सारांश


  • रोल्पाका महिलाहरूले २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गरी “मिसन ८४” अभियान सुरु गर्ने घोषणा गरे।

  • “महिला नै पहिला” भन्ने नाराका साथ महिला नेतृत्वको सशक्तिकरणमा जोड दिइएको छ।

  • संविधान तथा कानुनमा महिला सहभागिताको व्यवस्था (३३% संसदमा, ४०% स्थानीय तह कार्यपालिकामा) भए पनि व्यवहारमा कार्यकारी पदहरूमा सहभागिता न्यून।


रोल्पा १८ साउन
रोल्पाका महिलाहरूले मिसन ८४ अभियान सञ्चालन गर्ने भएका छन् । रोल्पा सदरमुकाम लिवाङमाा भएको जमघटबाट महिलाहरूले २०८४ सालको स्थानीय तह निर्वाचनलाई लक्षित गरी मिसन ८४ अभियान सञ्चालन गर्ने बताएका हुन ।

महिला नै पहिला भन्ने नारा अन्तर्गत महिलावादी अभियानको रूपमा मिसन २०८४ चलाउने महिलाहरूको भनाइ छ । नेपालको संविधान र कानुनले महिला सहभागितामा जोड दिए पनि मुख्य तथा कार्यकारी पदहरूमा पुरुषकै हालीमुहाली हुँदा महिलाहरूको निर्णायक सहभागिता नभएको प्रति महिलाहरूको गुनासो थियो ।

महिलाहरूलाई राजनैतिक दलमा पनि ‘उप’ र निर्वाचित हुने पदहरूमा पनि ‘उप’ मा लगेर थन्क्याउने काम प्रति महिलाहरूले असन्तुष्टि पोखे । हरेक आन्दोलन र क्रान्तिहरूमा महिलाहरूको सहभागिता पनि पुरुष भन्दा कम नभए पनि अवसरमा भने महिलाहरू सधैँ पछि पारिएको उनीहरूको भनाइ थियो ।

कार्यक्रममा बोल्दै रोल्पा नगरपालिकाका नगर उपप्रमुख गीता आचार्यले आफू जुन सोचका साथ जनयुद्ध लागियो त्यही अनुसारको परिवर्तन हुन नसकेको बताइन । आफू रोल्पा नगरपालिकाको उपप्रमुख भएको तीन वर्ष पुरा भएको बताउँदै अव अवसर आए पनि उपप्रमुखको जिम्मेवारीमा नजाने बताइन ।

स्थानीय तहका प्रमुखहरूमा शक्ति नै म हुँ भन्ने भावना हुँदा उपप्रमुखहरू निरीह भएर बस्नु परेको आचार्यको भनाइ थियो । अव पार्टी भनेर मात्रै हुँदैन राम्रो महिला उम्मेदवार छ भने जुनसुकै पार्टीको भए पनि मतदान गरेर जिताउनु पर्ने उपप्रमुख आचार्यको भनाइ छ ।

आफूले रोल्पा नगरपालिकालाई सडक मानव मुक्त बनाउने अभियान सारे पनि अभियान सफल बनाउन निकै सास्ती भोगेको बताइन । कार्यक्रममा बोल्दै सुनिलस्मृती गाउँपालिका रोल्पाका उपाध्यक्ष मिना थापाले हरेक क्षेत्रको नेतृत्व तहमा महिलाको सहभागिता सुनिश्चित गर्न अझै ठोस कार्यक्रम लिएर अघि बढ्नु पर्ने विचार व्यक्त गरिन ।

स्थानीय तहमा उपाध्यक्ष पद भनेकै महिलाको लागि हो भन्ने बुझाई बन्दै गएको उपाध्यक्ष थापाको भनाइ थियो । कतिपय स्थानीय तहहरूका पुरुष उपाध्यक्ष पनि रहेको बताउँदै ती उपाध्यक्षहरूको महिला उपाध्यक्षको भन्दा फरक मान र सम्मान भएको आफूले अनुभूति गरेको थापाको भनाइ थियो ।

लुंग्री गाउँपालिका उपाध्यक्ष दिलकुमारी गुरुङले खर्चिलो र भड्किलो निर्वाचन प्रणालीले पनि महिलाहरूलाई कार्यकारी पदमा जान वञ्चित गरेको बताइन । पुरुष मान्छे चुनाव लड्न घर घडेरी बेच्न पनि तयार हुने तर महिलाहरू घर घडेरी बेचेर चुनाव लड्ने अवस्थामा नरहेका कारण महिला पछि परेको गुरुङको भनाइ थियो ।

कार्यक्रममा परिवर्तन गाउँपालिका रोल्पाका पूर्व उपाध्यक्ष हितकुमारी बुढामगरले २०८४ सालको निर्वाचनमा धेरै भन्दा धेरै महिलालाई कार्यकारी पदमा पु¥याउन महिलावादीहरू एक भएर अघि बढ्नु पर्ने बताइन । पुरुष प्रधान मानसिकता यति जब्बर छ कि पार्टी केन्द्रको परिपत्र समेत उल्ट्याई आफू अनुकूल निर्णय गर्छ बुढामगरले भनिन ।

नेपाली काँग्रेस रोल्पाका उपसभापति कविता उपाध्यायले महिलाहरूको नेतृत्वमा थप विकास पनि जरुरी रहेको बताइन । पुरुषहरू सँग प्रतिस्पर्धा गर्न महिलाहरू सक्षम छन् भनेर हामीले हाम्रो क्षमतामा पनि विकास गर्दै जानु पर्छ उपाध्यायले भनिन । महिलाहरू एक भए मिसन ८४ पुरा गर्न समस्या नहुने उपसभापति उपाध्यायको भनाइ थियो ।

नेपालको संविधानले महिलाहरूको सहभागिता निश्चित गर्न विशेष व्यवस्था गरेको छ । सङ्घीय संसद्मा कम्तीमा ३३ प्रतिशत प्रतिनिधित्व र स्थानीय तहको कार्यपालिकामा कम्तीमा ४० प्रतिशत हुनुपर्ने कानुनी व्यवस्था भए पनि व्यवहारमा कार्यकारी पदमा महिला सहभागिता निकै न्यून हुने गरेको महिलाहरूको भनाइ छ ।

दश स्थानीय तह रहेको रोल्पामा २०७९ सालको स्थानीय तह निर्वाचनमा कतिपय स्थानीय तहहरूमा मुख्य दलहरूले गठबन्धन गरेका कारण महिलाहरू उम्मेदवार हुन वाटै वञ्चित भएका थिए । जिल्लाको माडी गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेले गठबन्धन गरेका कारण सो गठबन्धनबाट अध्यक्ष र उपाध्यक्षको उम्मेदवार पुरुष थिए ।

यस्तै गङ्गादेव गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले गठबन्धन गरेर निर्वाचनमा भाग लिँदै अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार थिए ।  यस्तै थवाङ गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र स्वतन्त्रले गठबन्धन गरी निर्वाचनमा प्रतिस्पर्धा गर्दा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार थिए ।

जिल्लाको सुनछहरी गाउँपालिकामा नेपाली काँग्रेस, नेकपा एमाले र स्वतन्त्र उम्मेदवारले गठबन्धन गरेर चुनावमा प्रतिस्पर्धा गर्दा अध्यक्ष र उपाध्यक्ष दुवै पदमा पुरुष उम्मेदवार थिए । जिल्लाका दश मध्ये सुनिलस्मृती गाउँपालिकामा मात्रै महिला अध्यक्षको उम्मेदवार थिइन । सुनिलस्मृती गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेले उम्मेदवारी दिएको थियो ।
यस्तै, ७२ वडा रहेको रोल्पाको ५ वटा वडामा मात्रै महिला वडाध्यक्षको उम्मेदवारी परेको थियो । जसमा रोल्पा नगरपालिकाको वडा ४ मा नेकपा एमालेले वडाध्यक्ष उठाएको थियो । यसै गरी सुनिलस्मृती गाउँपालिकाको वडा नं. ४ मा नेपाली काँग्रेसले वडाध्यक्षमा महिला उम्मेदवार बनाएको थियो । यस्तै माडी गाउँपालिका वडा २ मा राप्रपाले महिला उम्मेदवार उठाएको थियो ।

नेकपा माओवादी केन्द्रको तर्फबाट जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं. ३ र रुन्टीगढी गाउँपालिकाको वडा नं. ८ मा महिला उम्मेदवार उठाएको थियो । नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवार वनेको त्रिवेणी गाउँपालिका वडा नं. ३ वाट तिला वली र रुन्टीगढी गाउँपालिका वडा नं. ८ वाट तुलसी पुनले निर्वाचन जितेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?