ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

अमेरिकाले ७ हजार २४४ भारतीयलाई गरायो देश निकाला

१८ श्रावण २०८२, आइतबार
१८ श्रावण २०८२, आइतबार

काठमाडौँ, १८ साउन ।

गत जनवरीमा डोनाल्ड ट्रम्प राष्ट्रपति बनेपछि अमेरिकाबाट भारतीयहरूको निर्वासनमा ठुलो उछाल आएको छ ।  यसअघि जो बाइडेनको कार्यकालको तथ्याङ्कलाई हेर्दा यो सङ्ख्या दोब्बरभन्दा बढी छ ।

सन् २०२० देखि डिसेम्बर २०२४ को बिचमा दैनिक ३ जनाको तुलनामा यस वर्ष औसतमा दैनिक कम्तीमा ८ जना भारतीयलाई देश निकाला गरिएको छ।

भारतीय विदेश मन्त्रालयको मन्त्रालयको तथ्यांक अनुसार जनवरी २०२० देखी जुलाई २०२५ बिचको साढे पाँच वर्षमा ७ हजार २४४ भारतीयहरूलाई विभिन्न कारणले निर्वासित गरिएको छ । ती मध्ये लगभग एक चौथाइ अर्थात् १ हजार ७०३ ट्रम्पले दोस्रो पटक पदभार ग्रहण गरेपछि फिर्ता पठाइएको छ ।

ट्रम्प प्रशासनले २०२५ को सुरुवातमा अध्यागमन नीतिलाई कडा पारेको थियो। विदेश विभागले भन्यो, ‘हामी निरन्तर भिसा धारकहरूलाई जाँच गर्छौँ कि उनीहरूले सबै अमेरिकी कानुन र अध्यागमन नियमहरू पालना गरिरहेका छन्। यदि तिनीहरूले त्यसो गर्दैनन् भने हामी तिनीहरूको भिसा रद्द गर्नेछौँ र तिनीहरूलाई देश निकाला गर्नेछौँ।”

परराष्ट्र मन्त्रालयका अनुसार यस वर्ष देश निकाला भएका एक हजार ७०३ जनामध्ये ८ सय ६४ जना चार्टर र सैन्य उडानमार्फत फर्किएका छन् । यूएस भन्सार र सीमा सुरक्षा (सैन्य उडान) ले फेब्रुअरी ५, १५ र १६ मा ३३३ भारतीयलाई देश निकाला गरेको थियो।

यूएस अध्यागमन र भन्सार प्रवर्तन (आईसीई) ले मार्च १९, जुन ८ र जुन २५ मा चार्टर उडानहरू मार्फत कुल २३१ व्यक्तिहरूलाई निर्वासित गर्‍यो। डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीले पनि जुलाई ५ र १८ मा ३०० जनालाई चार्टरमार्फत भारत फिर्ता पठाएको थियो।

थप रूपमा ७ सय ४७ भारतीयहरूलाई व्यावसायिक उडानहरू मार्फत स्वदेश फर्काइएको थियो। सोही अवधिमा पनामाबाट ७२ जना फर्किएका छन् ।

यदि राज्य अनुसार हेर्ने हो भने पन्जाबका सबैभन्दा बढी अर्थात् ६२० जनालाई देश निकाला गरिएको थियो। यसपछि हरियाणाका ६०४, गुजरातका २४५, उत्तर प्रदेशका ३८, गोवाका २६, महाराष्ट्र र दिल्लीका २०–२०, तेलंगानाका १९, तमिलनाडुका १७, आन्ध्र प्रदेश र उत्तराखण्डका  १२ र कर्नाटकका  ५ जनालाई फिर्ता पठाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?